• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
सन्दर्भ : बीपी स्मृति दिवस

के बीपी कोइराला कवि पनि हुन्?

64x64
प्रकाश गुरागाईं बुधबार, साउन ६, २०७८  ०७:०१
1140x725

राजनेता, पूर्वप्रधानमन्त्री, कथाकार र उपन्यासकार। यी हुन्, बीपी कोइरालाका चिनारी। बीपी उपन्यास र कथाका त ‘ट्रेन्ड सेटर’ नै हुन्। आत्मकथा लेखनीमा पनि जमेका छन्। उनका डायरीको नेपाली अनुवाद दोस्रो र तेस्रो भाग प्रकाशोन्मुख छन्।

के बीपी कवि पनि हुन्? 

यो प्रश्नमा भने अलमलिने धेरै छन्। किनभने, बीपीले आफ्नो जीवनकालमा १२ कृति तयार पारे, तर कुनै कविताका थिएनन्। केही फुटकर कविता भने लेखेका थिए। ती कता छन् र कहाँ प्रकाशित भए, उनैलाई पत्तो थिएन। 

आफूले कविता पनि लेख्ने गरेको बीपीले विभिन्न अन्तरवार्तामा बताएका छन्। तर, कति कविता लेखेका छन् भन्ने अझै यकिन छैन। ती कविता समग्रमा भेटिएका छैनन्। अब एकै ठाउँमा भेटिने संभावना पनि छैन। 

नेपाली कांग्रेसको इतिहासको प्रारुपका लेखक पुरुषोत्तम बस्नेतका अनुसार बीपीले एउटै डायरीमा संगठित रुपमा कविता लेख्दैन थिए। उनले अधिकांश कृति जेलमा लेखेका हुन्, र कविता पनि। २०१७ देखि २०२५ सालसम्म सुन्दरीजल जेलमा बस्दा बीपीले १२ वटा कविता लेखेको बस्नेत बताउँछन्। 

जेलमा उनीसँग लेख्नका लागि पर्याप्त कागज थिएन। उनलाई आवश्यक सामग्री जेलमा पुर्‍याइदिनेमध्ये एक जना बस्नेत पनि थिए। सुन्दरीजल काठमाडौं शहरबाट टाढा थियो। गाडीको सहज सुविधा नभएकाले जान–आउन सहज थिएन। बीपीलाई भेट्न जाने मान्छेमाथि सरकारले पनि निगरानी गर्थ्यो। त्यसकारण आवश्यक सबै सामग्री सहज तरिकाले जेलभित्र लैजान संभव हुँदैन थियो।

जेलमा बीपी बढीजसो उपन्यास र दैनिकी (डायरी) नै लेख्थे। अनि, तिनै डायरी र उपन्यासको पान्डुलिपिको को खाली ठाउँ तथा पेजमा कविता लेख्थे। बीपीको उपन्यास तीन घुम्ती जेलमा हुँदै प्रकाशन गृह पठाइएको थियो।

जेलमा बीपी बढीजसो उपन्यास र दैनिकी (डायरी) नै लेख्थे। अनि, तिनै डायरी र उपन्यासको पान्डुलिपिको खाली ठाउँ तथा पेजमा कविता लेख्थे। बीपीको उपन्यास तीन घुम्ती जेलमा हुँदै प्रकाशन गृह पठाइएको थियो। उक्त पाण्डुलिपिको खाली पेजमा बीपीको एउटा कविता भेटिएको बस्नेत बताउँछन्।  

Ncell 2
Ncell 2
nimb
nimb

कविताको शीर्षक थियो, बारीको कुरो। यो कविता फागुन २०२६ को सिउँडी पत्रिकामा प्रकाशित छ। बस्नेत लगायत कृष्णभक्त श्रेष्ठ, ध्रुवचन्द्र गौतम, द्वारिका श्रेष्ठ र रत्नशमशेर थापाको समूहले सिउँडी प्रकाशन गर्थे। पत्रिकाको सम्पादक थिइन्, साहित्यकार भुवन ढुंगाना। 

सिउँडीको त्यही अंकमा बारीको कुरोसहित बीपीका दुई कविता छापिए। दोस्रो कविताको शीर्षक विष्टापुष्प थियो। उनको पहिलो प्रकाशित नेपाली भाषाका कविता यिनै दुई वटा हुन्। त्यसपछि भने उनका कविता धमाधम प्रकाशित हुन थाले। सिउँडी, कल्पना, बिहान, नेपाल पुकार, राजधानी लगायत पत्रिकाले कविता छापेका थिए।

बीपीले पञ्चायतको सुरुको कालखन्डमा जेल बस्दा लेखेका १२ कविताको संग्रह विश्वेश्वरप्रसाद कोइरालाका कविता साझा प्रकाशनबाट २०५९ सालमा प्रकाशित छ। यो संग्रहमा सिउँडीमा छापिएका सहित ‘छोरी र छाया’, ‘एउटा सन्धि : एक सम्झौता’, ‘नखिचिएको तस्वीर’, ‘पोखरा’, ‘वसन्तमा’, ‘बादल गोलमोल कोमल–कोमल’, ‘वर्षाले पोतेको दृश्य’, ‘कोशी–कौशिकी’, ‘बगरको घोचो’ र ‘टाढाको कल्पना’ शीर्षकका कविता छन्।

उक्त संग्रहमा सम्पादक हरिप्रसाद शर्माले लामो भूमिका लेखेका छन्। बीपीले एउटा पुस्तकका लागि पर्याप्त हुने कविता नलेखेकाले लामो भूमिकासहित ‘पुस्तिका’ प्रकाशन भएको साहित्यकार डा. ज्ञानु पाण्डे बताउँछिन्। ‘विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा अस्तित्ववाद’ विषयमा विद्यावारिधि गरेकी डा. पाण्डे भन्छिन्, ‘सामान्य लेखकका कविता भएको भए पुस्तक बन्न सक्दैन थियो। बीपी साहित्य र राजनीतिका अग्रणी भएकै कारणले कविताको पुस्तक आएको हो।’ आख्यान र आत्मकथा विधामा जस्तो कवितामा बीपीको उल्लेख्य योगदान नभएको उनको भनाइ छ।

तर, उक्त संग्रहमा बीपीले लेखेका सबै कविता छैनन्। उनी मेलमिलापको नीति लिएर २०३३ सालमा नेपाल फर्किएपछि पुनः जेल परे। करीब डेढ वर्षको जेल बसाइमा पनि उनले कविता लेखेको बस्नेत बताउँछन्। ती अधिकांश कविता अझै अप्रकाशित छन्। सो अवधिमा उनले कति कविता लेखे भन्ने यकिन छैन। करीब एक दर्जन जति कविता लेखेको हुनसक्ने बस्नेतको अनुमान छ। सबै कविता भेटिएका छैनन्।

बीपीले केही अन्तरवार्ताहरुमा आफ्नो कविता लेखनी र रुचिबारे बोलेका छन्। जीवनचन्द्र कोइरालाको संकलन र सम्पादनमा २०५८ सालमा ‘बीपी कोइरालाका छरिएका सामग्री’ प्रकाशन भयो। त्यसमा समावेश खेम कोइराला ‘बन्धु’ले लिएको र २०३७ सालमा ‘नौलो नेपाली’मा प्रकाशन भएको अन्तरवार्तामा बीपीले आफ्ना कविता मूलतः रोमान्टिक भएको बताएका छन्।

उक्त पुस्तकमा उनका १३ थान कविता समावेश छन्। तीमध्ये १२ वटा विश्वेश्वरप्रसाद कोइरालाका कविता  पुस्तिकामा पनि समावेश छन्। एउटा भने हिन्दी भाषाको कविता छ। उक्त कविता बम्बई के प्रति नै बीपीको पहिलो प्रकाशित कविता हो। वनारसबाट प्रकाशन हुने हंस पत्रिकाको फेब्रुअरी, १९३१ (वर्ष १, अंक ८) मा सो कविता प्रकाशित छ। हंसका सम्पादक र प्रकाशक चर्चित भारतीय साहित्यकार प्रेमचन्द थिए।

वनारस बस्ने प्रेमचन्दसँग बीपीको विशेष सम्बन्ध थियो। बीपीले माध्यमिक तहको अध्ययन वनासरबाटै गरेका थिए। उनलाई साहित्यमा ल्याउने श्रेय भने वनारसका शान्तिप्रिय द्विवेदीलाई जान्छ। द्विवेदी एक पटक बीपीको कोठामा पुग्दा उनी कागजमा केही लेखिरहेका थिए। त्यो देखेपछि द्विवेद्वीले लेख्नका लागि थप हौसाएका थिए। त्यति मात्र नभइ बीपीलाई सुमित्रानन्दन पन्तका कविता पढ्न पनि दिए। ती कविताको प्रेरणाले नै बीपीले पहिलो कविता बम्बई के प्रति लेखेका थिए। यो कविता छापिन पनि द्विवेदी नै माध्यम बनेका थिए।

वनारसमै रहँदा उनी कवि जयशंकर प्रसादको संगतमा थिए। त्यहीकारण उनले कथासँगै फाट्टफुट्ट कविता पनि लेखे। तर, कति कविता लेखे भन्ने यकिन विवरण उपलब्ध छैन। उनका कतिपय रचनाहरु दिल्लीस्थित जवाहरलाल नेहरु मेमोरियल संग्राहलयमा छन्।

बीपीको पहिलो कथा पनि हंस पत्रिकामा नै छापिएको थियो। उनी त्यति बेला कक्षा ९ मा पढ्थे। एउटा छोटो कथा ‘वहाँ’ लेखेका थिए। त्यो कथा प्रेमचन्दलाई दिए। प्रेमचन्दले सच्याएर सिलसिला मिलाउन सिकाए। उनले फेरि लेखे। त्यही कथा हंसमा छापिएको बीपीले भारतीय लेखक भोला चटर्जीलाई दिएको अन्तरवार्ताहरुको संग्रहको नेपाली अनुवादबीपी कोइराला एक क्रान्तिकारी व्यक्तित्व पुस्तकमा उल्लेख छ।

वनारसमै रहँदा उनी कवि जयशंकर प्रसादको संगतमा थिए। त्यहीकारण उनले कथासँगै फाट्टफुट्ट कविता पनि लेखे। तर, कति कविता लेखे भन्ने यकिन विवरण उपलब्ध छैन। उनका कतिपय रचनाहरु दिल्लीस्थित जवाहरलाल नेहरु मेमोरियल संग्राहलयमा छन्।

बीपी कविताका राम्रा पाठक थिए। उनले भोला चटर्जीसँगको अन्तरवार्तामा आफूलाई अंग्रेजी कविता मन पर्ने बताएका छन्। उनले भनेका छन्, ‘मेरो रुचि निकै फराकिलो छ। म शेक्सपियरका नाटकभन्दा सनेट (चौध पंक्तिका कविता) अझ बढी मन पराउँछु। मर्लोलाई पनि मन पराउँछु। सबै रोमान्टिक कविहरु : किट्स, शेली, वाइरनलाई मन पराउँछु, तर वर्डस्वर्थलाई भने त्यति मन पराउन्नँ।’ उनले अल्फ्रेड लर्ड टेनिसनको कविता क्रसिङ द बार आफूलाई खूब मनपर्ने बताएका छन्।

बीपी कविताको राम्रो पाठक भएको उनीसँग संगत गर्नेहरु पनि बताउँछन्। आफूलाई मन परेका कविता मिहिनेतका साथ डायरीमा सारेर राख्थे। शिखा बुक्सले प्रकाशन गर्न लागेको बीपीको डायरीको दोस्रो भागमा उनलाई मन परेका कविताबारे उल्लेख छ। उनले ती कविता ‘माइ फेबराइट पोएम्स’ भनेर सारेका छन्। कतिपयको समीक्षा पनि गरेका छन्।

बीपीले रुडयाड किप्लिङ, विलियम हेनरी ओगिलवाई, ईई कमिङ्स, विलियम बटलर यिस्ट, इमिली डिकिन्सन, रोबर्ट फ्रोस्ट लगायतका कविता सारेका छन्। प्रकाशक पुष्पराज पौडेलका अनुसार दोस्रो भागमा बीपीले लेखेको हिटलर र यहुदी उपन्यासको रचनागर्भ पनि पाठकले पढ्न पाउनेछन्। त्यसै गरी प्रकाशोन्मुख तेस्रो भागमा बीपीका केही अप्रकाशित कविताहरु छन्।

बीपीका दुई कविता

१‍. वसन्तमा

वसन्तसँगसगै आकाश
स्निग्ध रूपमा आउँछ र 
उसले धरतीलाई धेरै कुरा दिन्छ 
तातो स्पर्श दिन्छ 
न्यानो छहारी दिन्छ 
जताततै मनमोहक सुगन्ध र 
आफ्नो सबै थोक दिन्छ 
वसन्तमा आकाशले 
धरतीलाई माया गरेर चुम्छ।

जाडामा कठाङ्ग्रिएका रुख–गाछीमा 
सहसा जवानी चढ्छ 
उनीहरू आफैं रोमाञ्चित हुन्छन्
आफैं छचल्किन्छन्-आफै पोखिन्छन्
उनीहरूको जवानीको मादकताले 
निदाएको धरती एकपटक फेरि ब्यूँझन्छ 
धरतीका प्रत्येक अङ्ग–प्रत्यङ्ग 
पुष्पित र मर्मरित हुन थाल्छन्
जताततै धरतीभरि वसन्तले 
लुकामारी खेल्दै प्रणयको गीत गाउन थाल्छ 
वसन्तमा धरतीमा बैंस चढ्न थाल्छ
वसन्तमा आकाशले 
धरतीलाई माया गरेर चुम्छ।

२. छोरी र छाया

दिन थियो मध्य माघको याम 
घाम न्यानो आलिङ्गनसरि 
छाप्छाप्ती भुवनभरि 
बिदाको दिन म थिएँ बेकाम 
आविष्काररत जो छ प्रतिपल 
पार्छ जिज्ञासाले धेरै हलचल 
‘त्यो राती जसको ध्वाँसे छ नि ...........’
मैले भनें, ‘हो छाया त्यो 
तरूको, बुझिस् लाटी छोरी!’
छोरी हेर्छ तरूछाया घोरिई–घोरिई 
परेको थियो छाया कपूरतरूको 
‘छाया भनेको के?’ सोध्छे ‘बाबा’ 
अन्योल तीन वर्षे मुखमा देखेँ
के भनूँ भनी धेरै बेर सोचें
भनें, ‘नभएको कुरा देखेको हो फुस्सा हो हावा’
छोरी पिट्छे थपडी हाँसेर 
नाच्छे कुदै भन्दै ‘बुझेँ, 
नभएको करा देखेको फुस्सा
हो सपना बाबा बुझेँ’
‘रूखको सपना तँ!’ छायालाई भन्छे झुकेर 
औधी बलबले छोरी मेरी 
सोध्छे काखमा कुदै आएर 
राति के सपना हो हेरेको दिनले सुतेर?
रातिले हेरेको सपना नि?
सोध्छे फेरि 
‘के त्यो उज्यालो हो दिनको?’
प्रश्नको झरी छोरी लगाउँछे
उत्तरहीन बाबालाई घचघच्याउँछे
के उत्तर दिऊँ? 
छोरी प्रश्न छिनछिनको 
छोरी पुग्छे छायासमीप दुगुरेर 
हेर्छ क्षणभर ‘म घचघच्याउँछु छायालाई’
भन्दै ‘सपना खलबल्याउँछु’ 
विस्तारै छुन्छ छायालाई 
शङ्का, द्विविधा मानेर 
पस्छे स्वयं छायाभित्र सोझै फेरि 
पदमर्दन गर्दै साना–साना कुर्कुच्चाले 
छायालाई खजबजाउने इरादाले 
नाच्छे ठोक्दै पैताला छोरी मेरी 
थाक्छ सायद, भन्छे, ‘बाबा हेर!
सपनामाथि चढ्दा बुई 
चढ्छ साँच्चै ममाथि नै उई 
टुट्दैन सपना रूखको 
नाचेँ म त्यसमाथि कति बेर’
म वाल्ल पर्छु छोरीका कुराले, मुखलाई 
विस्मित भै हेर्छ छोरीलाई
भन्दै जान्छे मलाई घचघच्याई–
‘सपनालाई नकुल्च बाबा, नत्र पनि 
लत्याउँछ तिमीलाई।’

प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रकाश गुरागाईं
लेखकबाट थप
नगरपालिकाको पहिलो चुनाव राणाकालमै, पुरुषलाई मात्र थियो मताधिकार
भारतीय कम्युनिष्ट नेताहरुको प्रभावमा खुलेको थियो नेपालको कम्युनिष्ट पार्टी
नेपालका ५० टी२० खेल : तीन कप्तान, तीन शतक र आठ वर्षमा छुटेको सिंगो पुस्ता
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्यूयोर्कमा सोमबार, असोज ५, २०८३
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्