हेटौंडा- प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रदेश नम्बर ३ को प्रदेशसभाको विशेष बैठकलाई सम्बोधन गर्ने भएका छन्।
मंगलबार बिहान ११ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। सचिवालयका अनुसार, प्रधानमन्त्री ओलीले मंगलबार नै हेटौंडामा मुख्यमन्त्री डोरमणि पौडेल तथा अन्य मन्त्रीसँग भेटघाट गर्नेछन्।
प्रधानमन्त्रीले जिल्ला समन्वय परिषद् मकवानपुर, हेटौंडा उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख, उद्योगपति तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री पौडेलका स्वकीय सचिव अनुपप्रसाद पौडेलले जानकारी दिए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।