इटहरी– सुनसरीको इनरुवा नगरपालिकामा पर्खालबाट लडेर तीन वर्षीय बालिकाको मृत्यु भएको छ।
इनरुवा-१० जाल्पापुरका इरफान मन्सुरीकी छोरी मियाज मन्सुरीको मस्जिदको पर्खालबाट लडेर मृत्यु भएको हो।
लडेर गम्भीर घाइते भएकी बालिकाको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।