विराटनगर– मोरङको बेलबारी नगरपालिका–८ बुधबारे निवासी कुमार थापाको घरमा शनिबार साँझ आगलागी हुँदा ३ लाख मूल्य बराबरको क्षति भएको छ।
विद्युत चुहावट भई सुरु भएको आगोले थापाको दुई तले घर तथा सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
दमकल, प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।