काठमाडौं- दशकौंपछिको भीषण बाढीका कारण पश्चिम यूरोपमा कम्तिमा पनि १२० जनाको मृत्यु भएको छ भने सयौं वेपत्ता भएका छन्।
भीषण वर्षापछिको बाढीका कारण नदीहरुले किनारा छोडेका छन्, जसका कारण यो क्षेत्रमा ठूलो क्षति पुगेको छ।
जर्मनीमा बाढीका कारण ज्यान गुमाउनेको संख्या १ सय भन्दा धेरै रहेको छ। जर्मनीकी चान्सलर एन्जेला मार्केलले जलवायु परिवर्तनविरुद्ध एक शसक्त लडाइका लागि आह्वान गरेकी छिन्।

बेल्जियममा कम्तिमा पनि २० जनाको मृत्यु भएको छ। नेदरल्याण्ड्स, लक्जेममबर्ग र स्विट्जरल्याण्ड पनि बाढीबाट नराम्रोसँग प्रभावित भएका छन्।

बाढीका धेरै कारण रहेका छन् तर जलवायु परिवर्तनका कारण तातेको वातावरणमा अत्याधिक वर्षाको सम्भावना रहेको बीबीसीले जनाएको छ।
औद्योगिक युग सुरु भएपछि विश्वमा करिब १ दशमलव २ सेल्सियस तापक्रम वृद्धि भएको छ। र, जबसम्म विश्वभरका सरकारले उत्सर्जनमा ठूलो कटौती गर्दैनन् तबसम्म तापक्रममा वृद्धि बढिरहेने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।