काठमाडौं- नीलम कार्की निहारिकाद्वारा लिखित उपन्यास ‘द्रौपदी अवशेष’ सार्वजनिक भएको छ।
उपन्यासको औपचारिक बिमोचन हुम्लामा नाम्खा गाउँपालिका( ६ का अध्यक्ष पाल्जोर तामाङलगायत स्थानीयको उपस्थितिमा गरिएको हो।
कर्णाली प्रदेश, त्यसमा पनि हुम्लाको उच्च हिमाली भेगको कथामा आधारित भएर लेखिएको ‘द्रौपदी अवशेष’ सांस्कृतिक उपन्यास भएको बताइएको छ।
लेखक निहारिकाले जुन माटोको कथा थियो, त्यहीँ लोकार्पण भएकोमा आफू निकै खुसी भएको बताइन्। उनले उपन्यास लेख्ने सन्दर्भमा पनि स्थानीयको साथ र सहयोग पाएको बताइन्।
‘बहुपति प्रथा एक संस्कृति हो। भौगोलिक जटिलतासँग पनि प्रत्यक्ष(परोक्ष सम्बन्ध रहेको छ। यही संस्कृतिलाई आख्यानीकरण गरेर पाठक सामु पुराउने मेरो प्रयास हो– द्रौपदी अवशेष’, उनको भनाइ छ।
पुस्तकलाई सांग्रिला बुक्सले प्रकाशन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।