पोखरा– माछा मार्ने क्रममा करेन्ट लागेर पोखरामा शनिबार एक जनाको मृत्यु भएको छ। पोखरा लेखनाथ महानगरपालिका–१७, बेलघारी फुस्रेखोलामा करेन्ट लगाई माछा मार्ने क्रममा सोही स्थानका ३४ वर्षीय सन्तोष परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।
माछा मार्ने कार्यमा संलग्न अन्य ३ जनालाई समेत शनिबार नै प्रहरीले नियन्त्रणमा लिएको छ। खोलामा माछा मार्न अवैध भए पनि त्यस स्थानमा माछा मार्ने काम नरोकिएको प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्यालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।