भक्तपुर- बसले ठक्कर दिँदा आज मोटरसाइकल चालकको मृत्यु भएको छ।
मध्यपुरथिमि नगरपालिका–४ राधेराधे अगाडि भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख २७२२ नं.को बसले निकोसेराबाट आउँदै गरेको बा ४० प २०९४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मध्यपुरथिमि–९ निकोसेरा थिमिका २४ वर्षीय दिपक ख्याजुको मृत्यु भएको हो।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईँका अनुसार मोटरसाइकललाई बाटो पार गर्ने क्रममा बसले ठक्कर दिएको थियो। घाइते भएका ख्याजुको मध्यपुर अस्पतालमा उपचार हुन नसकेपछि ललितपुरस्थित बिएण्डबी अस्पताल पुर्याएपछि मृत्यु भएको प्रसाईले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।