साहित्यकार भुवनहरि सिग्देलको छन्द कविताकृति ‘बहत्तर वसन्त’ बुधबारदेखि बजारमा आएको छ।
भानु जयन्तीको अवसर पारेर वरिष्ठ साहित्यकार नारायण ढकाल, विश्लेषक शंकर तिवारी, गजलकार बाबु त्रिपाठी, आख्यानकार शैलेन्द्र अधिकारी, तर्कना शर्मा र रङ्गकर्मी/डिजाइनर प्रकेश सिन्धुलीयले पुस्तकको लोकार्पण गरे। लोकापर्णपश्चात् विश्लेषक शंकर तिवारीले पुस्तकको पहिलो प्रति खरिद गरेका थिए।
गद्य र पद्य दुवै विधामा समानरूपले कलम चलाउने सिग्देलको यो ३६औं कृति हो। शास्त्रीय छन्दमा सहज, स्वच्छन्द र रसदार कविता लेख्नु उनको विशेषत हो। सिग्देलमा गुण र सौन्दर्य चेत, यथार्थपरक विषयको छनोट केन्द्रीय स्तरमा स्वच्छन्दतावादी भावधारा र मानवतावादी वैचारिकताको अभिव्यञ्जना गर्ने प्रवृत्ति पाइन्छ ।
छन्द कवितामा सिग्देल सिद्धहस्त रहेकाले ‘बहत्तर वसन्त’ पुस्तक छन्द कविताप्रेमी, छन्द कविता सिकारु र छन्द साधकलाई अत्यन्तै उपयोगी हुने प्रकाशक पुष्पराज पौडेलले बताए। शिखा बुक्सले प्रकाशन गरेको यस पुस्तकमा जम्मा ७२ वटा छन्द कविता छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।