काठमाडौं- शिक्षा पत्रकार मकर श्रेष्ठ रोटरी जर्नो अवार्डबाट पुरस्कृत भएका छन्। कान्तिपुर दैनिकमा कार्यरत पत्रकार श्रेष्ठलाई शिक्षा क्षेत्रमा गरेको योगदानको कदर गर्दै अवार्ड दिइएको हो।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा रोटरी क्लबले उनलाई पुरस्कृत गरेको हो। नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट तथा रोटरीका डिस्ट्रिक गभर्नर सञ्जय गिरी लगायतका पदाधिकारीले नगद २५ हजार तथा कदरपत्रबाट सम्मान गरे।
श्रेष्ठसहित पत्रकारिता क्षेत्रमा उत्कृष्ट कार्य गर्ने विभिन्न विधाका ६ जना पत्रकारलाई पुरस्कार दिइएको छ। पुरस्कृत हुनेहरुमा स्वास्थ्यतर्फ नागरिकका दीपक दाहाल, वातावरण पत्रकारितातर्फ नेपाल वातावरण पत्रकार समूह (नेफेज)का निर्देशक रविन्द्र पाण्डे, अर्थ पत्रकारितातर्फ गोरखापत्र दैनिककी राधा चालिसे, महिलातर्फ सञ्चारिका समूहबाट विनु पोखरेल र रेडियो स्वर्गद्वारीकी बसुन्धरा अधिकारी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।