तानसेन– पाल्पामा टिप्पर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।
तानसेन नगरपालिका–८ नयाँपाटीमा गएराति भएको दुर्घटनामा टिप्परका सहचालक नवलपरासीको विनय गाउँपालिका–३ चिसापानी बस्ने १८ वर्षीय विवेक कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु३ख ८९३९ नम्बरको टिप्पर दुर्घटना भएको हो। टिपरका चालक सोही ठाउँकै ३८ वर्षीय भीम परियारको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ।
तीव्र गतिका कारण टिपर दुर्घटना भएको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।