रामपुर– सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने पाल्पा–बुटवल सडकखण्ड बन्द गरिएको छ।
सिद्धबाबामा पटक–पटक पहिरो खसेका कारण सडक मर्मत गर्नका लागि बिहान १० देखि दिउँसो ४ बजेसम्मका लागि सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी पवित्रमणि आचार्यले बताए।
सामान्य वर्षातको समयमा पनि सो सडकमा पटक–पटक पहिरो खस्ने गरेका कारण सडक सञ्चालनमा समस्या आएको छ। सडक बन्द हुँदा पाल्पाबाट बुटवल र बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, पर्वत, पोखरा, स्याङ्जा जाने सयौँ सवारी साधन सडकमै अलपत्र परेका छन्।
सो सडक उत्तर दक्षिण जोड्ने प्रदेश नम्बर ५ को मुख्य राजमार्ग हो। सडक अवरुद्ध हुँ प्रदेश ४ र ५ का १२ जिल्लाका यात्रुहरुलाई आवतजावत गर्न कठिनाई परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।