• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रतिशोध र अहंले पतनको यात्रामा

64x64
किशोर दहाल सोमबार, असार २८, २०७८  २१:३०
1140x725

काठमाडौं– प्रतिनिधि सभामा ७५ प्रतिशतभन्दा बढीको समर्थन। इतिहासकै सबैभन्दा बलियो गठबन्धन/पार्टी। स्थानीय तह, प्रदेश र संघमा आफ्नै बहुमत। राष्ट्रपति आफ्नै पार्टी (गुट)को। विरोधी र विपक्षीको कमजोर अवस्था। बाह्य समर्थन र सद्भाव। अन्य पार्टीका नेता-कार्यकर्तामा पनि ओलीले केही गर्छन् भन्ने विश्वास। २०७४/७५ सालतिर प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्था यस्तो थियो।

प्रधानमन्त्रीका रुपमा इतिहासकै सबैभन्दा बढी अनुकूलता प्राप्त गरेका थिए, ओलीले। तर, उनका अनुकूलताहरु प्रतिकूलतामा बदलिन लामो समय लागेन। त्यसको कारण उनी स्वयं थिए। उनकै कारण सबैभन्दा स्थिर भनिएको सरकार लथालिंग भयो। अनि सर्वाधिक शक्तिशाली प्रधानमन्त्रीको निरीहतापूर्ण बिदाइ हुने घडी आइपुगेको छ। सरकारबाट बाहिरिँदै गर्दा विपक्षीलाई हाँक दिने २०७३ सालको जति नैतिक बल उनीसँग छैन। उनी त संविधान मिचेको दण्ड भोगेर पदमुक्त हुन लागेका छन्।

आफ्नो ४१ महिने शासन अवधिमा ओली अनावश्यक शक्ति अभ्यास र अहं प्रदर्शनमा रमाएका थिए। उनी पार्टीभित्र र बाहिरका आलोचकप्रति प्रतिशोध राख्थे। आफू गालीगलौजमा उत्रिन्थे, तर अरुलाई भने मर्यादा सिकाउँथे। उनको यही स्वभावका कारण पार्टी बाहिर र भित्र उनीप्रति असमझदारी सिर्जना भएको थियो। 

तर, उनले आफूमा होइन, अरुमै कमजोरी खोजिरहे। जसले राष्ट्रिय राजनीतिमा उनलाई एक ठाउँ र अरुलाई एक ठाउँमा पुर्‍यायो। कतिसम्म भने उनकै पार्टीका ठूलो हिस्सा विपक्षी गठबन्धन बनाएर उनका विरुद्ध संघर्षमा उभिए। असमझदारीकै कारण उनको पार्टी पनि छिन्नभिन्न भयो।

सोमबार सर्वोच्च अदालतले जेठ ७ गते मध्यरातमा गरिएको प्रतिनिधि सभा विघटन विरुद्ध १४६ जना सांसद्हरुले दायर गरेको रिटमा फैसला सुनाएको छ। सर्वोच्चले आफ्नो फैसलामार्फत प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमलाई बदर गरिदिएको छ। र, उनलाई प्रतिकूल हुने गरी केही परमादेश जारी गरेको छ। गत पुस ५ गते गरिएको प्रतिनिधि सभा विघटनलाई पनि सर्वोच्च अदालतले बदर गरिदिएको थियो। त्यसयता प्रतिनिधि सभा विरुद्ध प्रतिशोधको भावना बोकिरहेका प्रधानमन्त्री ओलीले जेठ ७ गते दोस्रो प्रहार गरेका थिए। त्यसका लागि धेरै प्रपञ्च मिलाएका थिए। तर, उनी  पुनः असफल भएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

पुस ५ गरिएको विघटन बदर हुँदा ओलीले त्यसको कुनै नैतिक जिम्मेवारी लिएका थिएनन्। उनले पद पनि छाडेनन्। बरु केही मुद्दा हार्नु स्वभाविक हो भन्ने खालका तर्क गरेर प्रधानमन्त्रीको कुर्सीमा रहिरहने प्रयास र बचाउ गरेका थिए। तर, त्यसयता उनको प्रधानमन्त्री पद केवल प्राविधिक खालको थियो। संसद्‌मा उनले विश्वास गुमाइसकेका थिए। पार्टीमा एकमत थिएन। प्रधानमन्त्रीको रुपमा उनलाई प्राप्त शक्ति र राष्ट्रपतिमा विद्यादेवी भण्डारी हुनुको अनुकूलताका कारण उनी आफ्नो वैधानिकताको प्राण धानिरहेका थिए।

कम्तीमा पति तत्कालका लागि प्रधानमन्त्री ओलीको राजनीतिक र नैतिक पतनको अवस्था सिर्जना भएको छ। राजनीतिक रुपमा उनीसँग अरु दल र नेतालाई गाली गर्ने, संसद्लाई बेकार देखाउने प्रयत्न गर्ने र सर्वोच्चको सोमबारको फैसलालाई उल्टोसुल्टो व्याख्या गर्दै आफ्नो कृत्रिम दाबी पुष्टि गर्ने लगायतका सिमित विकल्प मात्रै बाँकी छन्। उनले केही समय देश निर्दलीयतातिर गएको कमजोर तर्क गर्न सक्छन्। जसको संकेत उनी निकटका नेताहरुले गरिसकेका छन्। तर, उनको तर्कको औचित्य उनी निकटका केही व्यक्तिमा मात्रै सिमित रहने छ।

ओलीको पछिल्लो उदयको आधार थियो, भारत विरोधी 'राष्ट्रवाद' र विकास। तर, उनी दुवै मुद्दामा चुकेका छन्। भारतीय गुप्तचर संस्था 'रअ' प्रमुख सामन्त गोयलसँगको भेटपछि उनको 'राष्ट्रवाद'माथि अविश्वास बढेको छ। एमालेकै एक नेताको भनाइमा ओलीका पछिल्ला हर्कतको स्रोत भनेको ‘रअ’ सँगको सम्बन्धको नवीकरण नै थियो। त्यसैले पछिल्ला केही महिना ओली संविधान मन नपराउने स्वदेशी शक्तिहरुको नेतृत्व गरिरहेका थिए, दक्षिणी शक्तिले त्यसैमाथि सद्भाव दिइरहेको थियो। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

विकासका सन्दर्भमा पनि उनी खरो उत्रिन सकेनन्। विकासका नाममा उनले आम मान्छेको जनजीवन सुधार गर्ने योजनाको कार्यान्वयन भन्दा पनि आत्मरतिका विषयलाई प्राथमिकता दिए।

अर्कोतिर, ओलीले  संविधान र लोकतन्त्रको चर्चा गर्ने आधार पनि गुमाएका छन्। उनी सहितको सक्रियतामा जारी भएको नेपालको संविधानमाथि सबैभन्दा निर्मम प्रहार उनैले गरे। संविधानका धाराको ठोस अर्थ र मर्मलाई छेउतिर पन्छाएर उनले आफ्नै लहड अनुसार तिनको व्याख्या गर्न थालेका थिए। र, त्यसकै आडमा पटक-पटक प्रतिनिधि सभा विघटन जस्तो महत्त्वपूर्ण निर्णय गरिरहेका थिए। पछिल्लो राजनीतिक परिवर्तनका लागि संघर्ष गरेका राजनीतिक दलदेखि नागरिक समाजसम्मको असहमतिका बाबजुद उनी एक्लै अगाडि बढ्न खोजिरहेका थिए। जसमाथि सर्वोच्चले ‘ब्रेक’ लगाइदिएको छ।

ओलीले शक्तिपृथकीकरणको सिद्धान्तको सामान्य बुझाइलाई समेत बेवास्ता गरेर प्रमुख कार्यकारीका रुपमा एकछत्र शासन गरिरहेका थिए। प्रतिनिधि सभा विघटन गर्दै अध्यादेशबाट शासन गर्ने, संविधानको परिकल्पना विपरीत संवैधानिक आयोगमा आफू निकटलाई भर्ती गर्ने, संविधान विपरीत मन्त्रिपरिषद्‌मा हेरफेर गर्ने, सत्ताको नेतृत्व गरेर सडकमा आफ्ना कार्यकर्ता उतार्ने, मिडियादेखि विपक्षी पार्टीहरुलाई गालीगलौज गर्ने, नागरिकलाई बन्देज लगाउने कानुन ल्याउने जस्ता अलोकतान्त्रिक कामहरु उनीबाट भइरहेका थिए।

यसरी पार्टीभित्र र बाहिरको शक्ति सन्तुलनलाई बेवास्ता गर्दै लोकतन्त्र मास्ने र उपलब्धिलाई बिसर्जन गर्ने दिशातिर अघि बढिरहेका ओलीलाई सर्वोच्च अदाललते रोकिदिएको छ। सर्वोच्चको फैसलासँगै संविधान, लोकतन्त्र, राजनीतिक व्यवस्था र उपलब्धिहरुमाथिको खतरा तत्काललाई टरेको छ। संविधानले परिकल्पना गरेको शासन पद्धतितर्फ मुलुक फर्किने निश्चित भएको छ। यतिबेला ओली भने खेलमा जीत वा हार बेहोर्दै समय गुजारेका खेलाडी होइन, खेलमा झेली गरेका कारण बीचमै निष्कासनमा परेका खेलाडी जस्ता भएका छन्। 
 

प्रकाशित मिति: सोमबार, असार २८, २०७८  २१:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) सातै प्रदेशका मुख्यमन्त्रीहरूले सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रदेशको अधिकार, प्रशासनिक संरचना र स्रोतसाधन हस्तान्तरण गर... बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधवार संसदीय सुनुवाइ समितिमा आफ्नो योग्यता, अनुभव तथा कार्य योजना प्रस्तुत गर्दै उनले दुई देशबीचको सात दशक लामो ऐतिहासिक सम्बन्धलाई... बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरुले आरक्षणको आधारमा सिफारिस हुनुभएको हो ? भन्ने आरोपपछि यस्तो जवाफ दिए... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्