• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २२, २०८३ Mon, Jul 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमाले सहमतिको चिरफार : ओली-नेपालले के हासिल गरे, के छुटे?

64x64
नेपाल लाइभ सोमबार, असार २८, २०७८  ००:४०
1140x725

काठमाडाैं- नेकपा एमालेमा देखिएको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु सम्मिलित कार्यदलले आइतबार राति १० बुँदे सहमति गरेको छ। सिंहदरबारस्थित अर्थमन्त्रालयमा झन्डै १३ घण्टा चलेको छलफलपछि भएको सहमतिमा कार्यदलका सदस्यहरुले हस्ताक्षर गरेको एक सदस्य भीम रावलको भनाइ छ। उनले अब सो सहमति पत्र नेतृत्व समक्ष प्रस्तुत गर्ने पनि बताए।

रावलले सहमतिलाई ऐतिहासिक भनेका छन्। ‘नेकपा एमालेभित्र जुन विद्यमान समस्याहरु थिए। त्यसलाई समाधान गरेर एकताबद्ध रुपमा अगाडि बढ्ने दृढताका साथ ऐतिहासिक, महत्त्वपूर्ण निर्णय गरेका छौं’, कार्यदलमा भएको  सहमतिबारे आइतबार राति नै पत्रकारहरुलाई जानकारी दिँदै उनले भने।

एमाले एकताका लागि अवरोध ठानिएका दुई विषय थिए। पहिलो, जेठ २ मा फर्किने विषय। दोस्रो, सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षर फिर्ताको विषय। आइतबार कार्यदलले यी विषयलाई समेत छोएर सहमति गरेको छ।

कार्यदलमा भएको सहमतिको दोस्रो बुँदामा नेकपा एमालेलाई २०७५ जेठ २ को संगठनात्मक अवस्थाबाट क्रियाशील गराउने उल्खेछ छ। साथै, जेठ ३ गतेको केन्द्रीय कमिटीमा सदस्यहरु मनोनयन गर्ने निर्णयलाई पनि स्वीकार गर्ने उल्लेख छ।

ओली यसअघि जेठ २ मा फर्किन तयार थिएनन्। उनी नेकपा गठन गर्दा कायम भएका र अहिलेसम्म आफूसँगै रहेकाहरुलाई समेटेर केन्द्रीय कमिटी कायम गर्न चाहन्थे। त्यसो गर्दा एकताअघि एमालेको केन्द्रीय कमिटीमा थपिएका ४१ जना नेताहरु मात्रै होइन, नेकपा विभाजनपछि एमाले हुन आइपुगेका पूर्वमाओवादी केन्द्रका नेताहरुलाई समेत समेट्नुपर्ने हुन्थ्यो। ओलीको यो चाहनालाई माधव नेपालले अस्वीकार गरेका थिए। उनको भनाइ एकता प्रयोजनका लागि एमालेमा थपिएका केन्द्रीय कमिटी सदस्यहरुलाई समेत छाडेर २०७५ जेठ २ गते एमालेको कमिटीगत अवस्था जस्तो थियो, त्यस्तै कायम राखेर अगाडि बढ्नुपर्ने भन्ने थियो।

त्यतिबेला थपिएका सदस्यहरुलाई कायम राख्दा त्यतिबेलाको कमिटी क्रियाशील हुने सुनिच्चितता नहुने भएकाले माधव नेपाल जेठ २ कै कमिटी ब्युँत्याउनुपर्ने बताउँदै आएका थिए। सहमतिमा उनले भनेजस्तै, माओवादी केन्द्रसँगको एकताअघिको संगठनात्मक अवस्थाबाट क्रियाशील हुने छ। त्यो क्रियाशीलता नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्था अनुसार हुने छ।

सहमतिको तेस्रो बुँदामा २०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट नेकपा (एमाले) पुनर्जीवित भएपछिका पार्टीको वैधानिक व्यवस्था तथा एकतासँग मेल नखाने कुनै पनि तर्फका राजनीतिक र संगठनात्मक काम कार्यवाहीहरु स्वतः बदर भएका छन् भन्ने उल्लेख छ।

२०७७ फागुन २३ गते एमाले र माओवादी केन्द्र ब्युँतिएपछि केपी शर्मा ओलीले आफू अनुकूलका केही केन्द्रीय सदस्यलाई फागुन २८ बालुवाटारमा बोलाएर महत्त्वपूर्ण निर्णय गर्ने श्रृंखला सुरु गरेका थिए। उनले केन्द्रीय कमिटी, स्थायी कमिटीलाई आफ्नो अनुकूलतामा ढालेर दशौं राष्ट्रिय महाधिवेशन समेत गठन गरेका थिए। साथै, विधान संशोधनदेखि अनेक महत्त्वपूर्ण निर्णयहरु लिएका थिए। माधव नेपाल लगायतलाई त पार्टीबाटै निष्कासन गरेका थिए। सहमतिको यो बुँदामा उल्लेख भएको ‘पार्टीको वैधानिक व्यवस्था तथा एकतासँग मेल नखाने’ शब्दको आफू अनुकूल अर्थ लगाइने सम्भावना बढी छ। तर, फागुन २३ पछिका निर्णयहरु बदर हुने सहज अर्थमै यो बुँदामा सहमति भएको हो भने ओली थप पछि हटेको बुझ्नुपर्ने हुन्छ। माधव नेपाल पक्षले पनि महत्त्वपूर्ण निर्णय र गतिविधि गरेका थिए। तर तिनको वैधानिक आधार खडा गर्न सकेका थिएनन्।

nimb
nimb
Ncell 2
Ncell 2

सहमतिको चौथो बुँदामा भने फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि एमालेमा आएका माओवादी  केन्द्रका नेताहरुलाई नेकपामा दिइएको जिम्मेवारी दिने विषय उल्लेख छ।

दोस्रो बुँदामा ओलीलाई परेको घाटा यो बुँदामार्फत प्राप्त भएको छ। उनले नेकपा कालमा आफूलाई अप्ठ्यारो पर्दा साथ दिने पूर्वमाओवादी नेताहरुलाई कुनै हालतमा पार्टीविहीन बनाउन नसकिने बताउँदै आएका थिए। त्यसैले उनी बरु माधव नेपाललाई त्याग्न तयार भएका थिए तर एमाले प्रवेश गरेका पूर्वमाओवादी केन्द्रका नेताहरुलाई छाड्न तयार थिएनन्। ओलीले जहिले पनि पूर्वमाओवादी केन्द्रका नेताहरुसहितको एमाले हुने कुरामा जोड दिएका थिए। यो बुँदाले उनको त्यो चाहनाको सम्बोधन गरेको छ।

अब एमाले प्रवेश गरेका माओवादी केन्द्रको व्यवस्थापन सहज भएको छ। साथै, सूत्रबद्ध पनि भएको छ। अब रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह लगायतका नेताहरु एमालेका दुवै पक्षको स्वीकार्यतामा पार्टी कमिटीमा समेटिनेछन्। 

सहमतिको पाचौं नम्बरमा केन्द्रीय कमिटीको कूल सदस्य संख्याको १० प्रतिशत नबढ्ने गरी मनोनित गर्ने भनिएको छ। जुन वरिष्ठ नेता नेपाल पक्षको मागअनुसार तय गरिएको देखिन्छ। एमाले र माओवादी केन्द्रबीच एकता हुँदा एमालेका २०३ मा ४१ जना थपेर केन्द्रीय कमिटी बनाइएको थियो।

ती थपिने ४१ जनामा अधिकांश ओलीनिकट रहेको भन्दै नेपाल पक्षले विरोध जनाउँदै आएको थियो। यी ४१ बराबरकै योगदान रहेका तर ओलीनिकट नरहेकामाथि अन्याय भएकाले पछि मनोनयन गरिएकालाई केन्द्रीय कमिटीमा दुरुस्तै स्वीकार गर्न नसकिने नेपालको भनाइ थियो। त्यसैले ती ४१ जनालाई स्वीकार्ने क्रममा योगदान भएका तर छुटेकाहरुलाई थप्न ओली पक्ष तयार भएको हो। निर्णय कार्यान्वयन गर्दा यो मर्मलाई ख्याल राखिने देखिन्छ।

सहमतिको छैटौं बुँदामा समेटिएको विषय सुरुदेखि नै पेचिलो थियो र आइतबारको १३ घन्टा यसैले खाइदिएको थियो। यही बुँदामा सहमति नहुँदा एकता प्रक्रिया समेत भाँडिने अवस्थामा पुगेको थियो। तर अन्तिममा सहमति जुट्यो। अन्य ९ बुँदामा शुक्रबार नै सहमति जुटिसकेको थियो। कार्यदलका सदस्य गोकर्ण विष्टले शुक्रबारको बैठकपछि नेपाल लाइभसँग कुरा गर्दै प्रतिनिधिसभाको विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा मात्रै साझा भाषा खोज्न नसकिएको बताएका थिए।

शनिबार भने यसमा पनि सहमति जुटेको थियो। जसको भाषा आइतबार सार्वजनिक भयो भन्दा त्यति फरक थिएन। तर अदालतमा विचारधीन मुद्दालाई यही सहमतिको तेस्रो बुँदाले असर पार्न सक्ने विषयमा नेपाल पक्ष संवेदनशील देखियो। जहाँ भनिएको छ,  'पार्टीको वैधानिक व्यवस्था तथा एकतासँग मेल नखाने कुनै पनि तर्फका राजनीतिक र संगठनात्मक काम कार्यवाहीहरु स्वतः बदर भएका छन्।'

यसले हस्ताक्षार समेत बदर गर्ने अर्थ निस्केपछि आइतबार अबेरसम्म सहमति हुन सकेन। तर पछि त्यो बुँदाको अर्थ समानान्तर कमिटीलगायत मात्रै रहेको ब्रिफिङ भएपछि नेपाल राजी भए। उक्त मुद्दाका सम्बन्धमा फैसलापछि मात्रै पार्टीको निर्णय र सहमति लागू हुने बताइएको छ। फैसलापछि एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवम् संस्थागत निर्णय अनुरुप अगाडि बढ्ने उल्लेख छ। यसको अर्थ नेपाल पक्षका २३ जनाको हस्ताक्षरका कारण कांग्रेस सभापति शेरबहादुर देउवाको सरकार बने पनि नेपाल पक्ष विश्वासको मत दिन बाध्य हुनेछैन।

प्रकाशित मिति: सोमबार, असार २८, २०७८  ००:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन
कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको योजना
सम्बन्धित सामग्री
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन प्रमुख प्रतिपक्ष दलसहित अन्य प्रतिपक्षी दलले बैठक बहिष्कार गरेपछि स्थगित भएको बैठक मुख्यमन्त्री आचार्यले प्रतिपक्षले उठाएका विषयमा स... आइतबार, असार २१, २०८३
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा आइतबार पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको सरकारको सय दिने कामको समीक्षात्मक कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो आरोप लगाएका हु... आइतबार, असार २१, २०८३
चिनियाँ उपमन्त्री यान नेपाल आउँदै काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा चीनका वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउन लागेका छन्। अर्थ मन्त्रालयको... आइतबार, असार २१, २०८३
ताजा समाचारसबै
डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध आइतबार, असार २१, २०८३
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन आइतबार, असार २१, २०८३
कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको योजना आइतबार, असार २१, २०८३
नेतान्याहुसँगको सम्बन्धबारे ट्रम्पले भने–उनलाई थाहा छ, बोस को हो? आइतबार, असार २१, २०८३
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा आइतबार, असार २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
विमलेन्द्र निधि भेट्न निवासमै पुगे शेखर शनिबार, असार २०, २०८३
यस्ता छन् वालेन्द्र नेतृत्वको सरकारका एक सय दिने उपलब्धि शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्