काठमाडौं- नेपाललाई अमेरिकाले १५ लाख डोजभन्दा बढी कोरोनाविरुद्ध खोप उपलब्ध गराउने भएको छ। कही दिनमा नै खोप निःशुल्क उपलब्ध गराउने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले नेपाललाई खोप उपलब्ध गराउनेबारे जानकारी दिएका हुन्। एक ट्वीट गर्दै उनले भनेका छन्, 'आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभीड १९ खोप निशुल्क उपलब्ध गराउँदैछ।'
नेपालस्थित अमेरिकी दूतावासको आधाकारिक फेसबुक पनि नेपाललाई खोप उलपब्ध गराउने बारे जानकारी दिइएको छ।
राजदूत बेरीले लेखेका छन्- "आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभीड १९ खोप निशुल्क उपलब्ध गराउँदैछ। नेपाल-अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा यो मेरो लागि अत्यन्तै खुशीको क्षण हो। अमेरिका सदैव नेपालीहरूको साथमा छ र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरीरहनेछ।"
अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत जोन्सन एन्ड जोन्सनद्वारा उत्पादित १५ लाख भन्दा बढी डोज कोरोनाविरूद्धको खोप नेपाल पठाउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।