सोलुखुम्बु– सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा पहिरोले एस्काभेटर पुरिँदा सहचालकको मृत्यु भएको छ।
महाकुलुङ गाउँपालिका–१, पात्लेस्थित बबर्दो भीरमा महाकुलुङ बजार जोड्ने कृषि सडक खन्दै गरको बा२क ८०१७ नम्बरको एस्काभेटर पहिरोले पुरिँदा सोही एस्काभेटरका सहचालक सोलुखुम्बु नेचासल्यान गाउँपालिका–३ का २२ वर्षीय लोचन गौतमको मृत्यु भएको हो।
चालक खाना खान गएको बेला एस्काभेटर ब्याक गर्न खोज्दा एस्काभेटसरसहित गौतमलाई पहिरोले पुरेको थियो। गौतमको शव प्रहरी र गाउँलेहरुले बिहीवार साँझ निकालेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।