गाईघााट– खोटाङको खोटेहाङ गाउँपालिकामा बिहीबार साँझ घरले किचेर एक महिलाको मृत्यु भएको छ।
वर्षासँगै आएको हावाहुरीले खोटेहाङ गाउँपालिका–८, बर्रेका बिर्खबहादुर विश्वकर्माको घर भत्किँदा उनकी पत्नी ६० वर्षीया कालीमाया विश्वकर्माको मुत्यु भएको हो। उनलाई घरको बलोले किचेको प्रहरी चौकी सिम्पानीले जनाएको छ।
कालिमायाको घटनास्थलमै मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।