विराटनगर– गृहमन्त्री रामबहादुर थापाले कुनै पनि अपराधीले राजनीतिक आवरणमा छुुटकारा नपाउने बताएका छन्।
प्रदेश १ को सुरक्षा गोष्ठीमा सहभागी हुन आज विराटनगर आएका थापाले जुनसुकै हालतमा अपराधको अन्त्य गर्ने बताए।
मन्त्री थापाले सुन तस्कारीको सञ्जाललाई तोड्ने र जुनसुकै हालतमा तस्कारीमा संलग्नलाई कानुनी दायरामा ल्याउने बताए। सुन तस्कारीबारे सरकारले छानबिन समिति बनाई अनुसन्धान अघि बढाएकाले दोषी देखिएकालाई कुुनै हालतमा नछाडिने गृहमन्त्री थापाले दाबी गरे।
उनले भने, ‘माफियागिरीको अन्त्यका लागि सरकार लागिपरेको छ। तस्करी, सिन्डिकेट र अपराधको अस्तित्व रहँदैन।’
यसैगरी, निर्माण क्षेत्रमा काम गर्ने ठेकेदारलाई पनि सरकारले निगरानीमा राखिरहेको भन्दै थापाले लापरबाही गर्नेविरुद्ध सरकार खरो रुपमा उत्रने चेतावनी दिए।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले गृहमन्त्रालयले देशैभरको शान्ति सुरक्षाबारे जानकारी लिने उद्देश्यले सबै प्रदेशमा सुरक्षा गोष्ठीको आयोजना गरेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।