काभ्रे– रोशी गाउँपालीकाका– १ स्थित श्रीजनचेतना माविमा बिहिबार भीड थियो। पूर्व सांसददेखि पत्रकारहरु सम्म पुगेका थिए।
जिल्लाको दुर्गम गाउँ मानिने खहरेपांगुमा अध्ययन गर्ने बालकालिकाहरुले आफ्ना समस्याको कचहरी नाटक मञ्चन गरिरहेका थिए। विद्यार्थीहरुले घर, परिवार र विद्यालयका वेहोर्नु परेको समस्यालाइ समेटर नाटक मंञ्चन गरेका हु्न्।
घर, विद्यालय र ग्रामिण भेगमा रहेको समस्यालाइ समेटेर नाटक प्रस्तुतपछि, उनीहरुका वास्तविक समस्या यकिन गर्न सकिने शैक्षिक क्षेत्रमा सुधारका लागि क्रियाशिल ग्रामीण सामुदायिक सङ्गठन नेपालका कार्यक्रम प्रमुख श्रीकृष्ण थापाले बताए।
विद्यार्थीहरुको शैक्षिक क्षेत्रमा देखिएका समस्याहरुको समाधानमा आगामी दिनमा क्रियाशिल भएर काम गर्ने युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष एव विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अमित लामाले बताए।
कार्यक्रममा पूर्व सांसद रामहरी सुवेदीले शैक्षिक गुणस्तर विश्व वजारमा विक्ने र प्रतिस्पर्दा गर्ने जनशक्ति निमार्ण गर्ने खालको हुनु पर्नेमा जोड दिए। कार्यक्रमका प्रमुख अतिथी एवं पनौती नगरपालीकाका प्रमखु भिम न्यौपानेले विद्यार्थीहरुका लागि शैक्षिक वातावरण राज्य र अभिभावक दुवै पक्षबाट बनाइनु पर्नेमा जिकिर गरे।

विद्यार्थीहरुले तामाङ समुदायका बालबालिकाहरुले पढ्न कै लागि गर्नु पर्ने संघर्ष, विद्यालयमा बालिकाहरु महिनावारी हुदा विद्यालय नै छाड्नु पर्ने समस्या,शिक्षकहरुले गर्ने गैरजिम्मेवारी पुर्ण भुमिकाको बारेमा नाटक मार्फत आफ्ना समस्या दर्शाएका थिए। समस्या समधानका लागि उपस्थित व्यक्तिहरुबाट कचहरी समेत गरिएको थियो।
बिद्यालयको शिक्षा सुधारमा युवा संघका कोषाध्यक्ष लामाले सहयोग गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।