गाईघाट- लिम्चुङबुङ गाउँपालिका–२ ताम्लिछामा हावाहुरी र वर्षासँगै आज साँझ परेको चट्याङबाट तीन जनाको मृत्यु भएको छ।
ताम्लिछाका कृष्णबहादुर भुजेलका घरमा चट्याङ पर्दा उनकी आठ वर्षीया छोरी विष्णुमाया, ६३ वर्षीय धनप्रताप राई र खड्गबहादुर भुजेलका ११ वर्षीय छोरा कौशलको मृत्यु भएको प्रहरी प्रमुख नवराज भट्टले जानकारी दिए। चट्याङ लागेर दुई जना घाइते भएको प्रहरीले बताएको छ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालयको जवान र एम्बुलेन्ससहितको टोली पठाइएको जनाइएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।