दोलखा– दोलखाको विगु गाउँपालिका–१ बस्ने २१ बर्षीय वीरवहादुर तामाङ बिहीबार तामाकोशी नदीमा खसेर वेपत्ता भएका छन्। सोही ठाउँस्थित लप्ची जाने सडकमा लेवर काम गर्ने तामाङ ब्लाष्टिङ गराए पश्चात हेर्न जाने क्रममा अचानक भिरबाट लडेर तामाकोशी नदीमा खसेका थिए।
नेपाली सेना र स्थानीयको सहयोगमा उनको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।