जनकपुर– १३ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा नेपाल राष्ट्र बैंक, जनकपुर शाखाका कर्मचारीसहित २ जना पक्राउ परेका छन्। बैंकमा प्राविधिक पदमा कार्यरत ४७ वर्षिय विजय न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो।
गत जेठ ७ गते स्थानीय बालिकालाई घरमा बोलाएर उनले बलात्कार गरेको प्रहरीले जनाएको छ। कसैलाई नभन्न भन्दै उनले बालिकालाई २ हजार रुपैयाँसम्म दिएका थिए।
बालिकाको स्थानीय सुनितादेवी साहसँग चिनजान थियो। उनै साहले नै बालिकालाई न्यौपानेको घरमा बोलाएर बलात्कार गर्न सहयोग गरेकी थिइन्। साहलाई समेत पक्राउ गरी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। जबरजस्तीकरणी मुद्दामा पक्राउ परेका उपर प्रहरीले कारबाही अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।