दमौली– तनहुँको भानु नगरपालिका–३, तुरतुरेस्थित मर्स्याङ्दी नदीबाट एक्साभेटर प्रयोग गरी अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेका सवारीसाधनलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ।
ग१क २६४८ नम्बरको एक्साभेटर र लु१त १७०८ नम्बरको ट्र्याक्टरलाई चालकसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए।
‘अवैधरुपमा ढुंगा, गिट्टी बालुवाको उत्खनन र ओसारपोसार गरिरहेको अवस्थामा ती सवारीसाधन फेला परेकाले नियन्त्रणमा लिई कारबाहीका लागि जिल्ला समन्वय समितिको कार्यालयमा पठाइएको हो।’, मल्लले भने।
एक सातायता जिल्ला प्रहरी कार्यालय, तनहुँले मर्स्याङ्दी, सेती, मादीलगायतका नदीबाट नियन्त्रणमा लिएका डेढ दर्जन सवारीसाधन कारबाहीका लागि जिल्ला समन्वय समितिमा पठाएको जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।