कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरका १३ वर्षीय शतेन्द्र साउदको मृत शरीर बुधबार वनहरा नदीमा फेला परेको छ।
नदीमा डुबेको अवस्थामा साउदको शव फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक रवीन्द्र धनुषेले बताए।
उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।