काठमाडौं– यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कर्मचारीसँग मिलेर ट्रायल बिना नै बस र ट्रकको लाइसेन्स बेच्ने थप ४ जना पक्राउ परेका छन्। ड्राइभिङ सेन्टर तथा फोटोकपी सेन्टरका सञ्चालकहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो।
सिन्धुली फोटोकपी सेन्टर एकान्तकुनाका सञ्चालक उद्ववबहादुर खत्री,जो एण्ड एन ड्राइभिङ इन्सिच्युट एकान्तकुनामा मोटरसाइकल सिकाउने दिनेश श्रेष्ठ र सुरेन्द्र श्रेष्ठ तथा मेघा ड्राइभिङ्ग ट्रेनिङ सेन्टर धोबीघाटका सञ्चालक श्यामप्रसाद खनाललाई आयोगले बुधबार पक्राउ गरेको हो।
यसअघि यातायात व्यवस्था कार्यालयका तीन कर्मचारी र ट्राफिकका सइ पक्राउ परिसकेका छन्। उनीहरुले प्रति लाइसेन्स एक लाख रुपैयाँसम्म लिएर ट्रायल बिना नै लाइसेन्स वितरण गर्दै आएको आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।