काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि न्युजिल्यान्डकी राजदूत जोना केम्पर्सबीच भेटवार्ता भएको छ।
राजदूत केम्पर्ससँगको भेटमा मन्त्री पोखरेलले नेपालमा वैज्ञानिक शिक्षाको आवश्यकता रहेको औंल्याउँदै सहयोगका लागि अनुरोध गरेका थिए।
शिक्षा मन्त्रालयमा भएको भेटमा राजदूत केम्पर्सले नेपालको शैंक्षिक अवस्थाको विकासका लागि न्युजिल्यान्ड सरकार सहयोग गर्न तयार रहेको बताइन्।
यस्तै, शिक्षा क्षेत्रको विकाससँगै नेपालको खेल विज्ञान, पर्यटन विकास र राष्ट्रिय उद्यान व्यवस्थापनमा न्युजिल्यान्डले सहयोग गर्ने राजदूत केम्पर्सले प्रतिबद्धता जनाइन्।
भेटमा राष्ट्रिय भर्ना अभियानको सफलता, सरकारको प्राथामिकता र शिक्षामा छुट्याएइको बजेटका सन्दर्भमा पनि छलफल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।