काठमाडौं– बजेटबारे धारणा बनाउन नेपाली कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसिरहेको बैठकमा पूर्वअर्थमन्त्री रामशरण महतले बजेटबारे आफ्नो धारणा राखिरहेका छन्। मंगलबार अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदमा आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गरेका थिए। बजेटबारे कस्तो धारणा बनाउने भन्ने र संसदमा कसरी प्रस्तुत हुने भन्ने बारेमा सांसदलाई महतले ब्रिफिङ गरेका हुन्।
आजको बैठक बजेटकै विषयमा केन्द्रित हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।