काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी नायब निरीक्षक (सइ) विरेन्द्र एडीलाई २४ हजार रुपैयाँ घुस सहित पक्राउ गरेको छ। मंगलबार महाराजगञ्जबाट घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको हो।
एडीलाई २४ हजार रुपैयाँ घुससहित मंगलबार रिचमन्ड रेष्टुरेन्टबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
आयोगका अनुसार २०६३ मा असइबाट प्रहरी सेवामा प्रवेश गरेका एडी दरबारमार्ग अघि काठमाडौंका विभिन्न वृत्त र प्रभागमा कार्यरत थिए।
प्रहरीले धम्की दिँदै रकम असुली गरिरहेको उजुरीको आधारमा प्रहरीले उनीमाथि निगरानी गरिरहेको थियो।
केही समय ट्राफिक प्रहरीमा समेत कार्यभार सम्हालेका एडीले काठमाडौंमा आफू कार्यरत पूर्व वृत्तहरूका क्षेत्रमा रहेका रेष्टुरेन्ट, बालुवा खानी र रात्रिकालीन व्यवसायीसँग मासिक रकम असुल्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।