• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मेलम्चीका जनप्रतिनिधिलाई अपराह्न चार बजे त्यो फोन नआएको भए...

64x64
नेपाल लाइभ बुधबार, असार २, २०७८  २२:४५
1140x725

मेलम्ची (सिन्धुपाल्चोक)- सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र बाढीको बितण्डाले तहसनहस छ। बस्ती र बजार नदीमा मिसिएको छ। केहीको मृत्यु भएको छ, कैयौं हराइरहेका छन् र धेरैका घर, व्यवसाय, खेत सबथोक सखाप भएका छन्। मेलम्चीको अवस्था हेर्दा लाग्छ यहाँ केहीथोक जोगिन पनि सम्भव रहेनछ। तर, यस्तो बितण्डामा पनि ठूलो मानवीय क्षति हुनबाट मेलम्ची बजार र आसपासका धेरै ठाउँ जोगिएका छन्। सम्पति सत्यानाश भएको छ तर त्यसको तुलनामा धेरैको ज्यान जोगिएको छ।

यो कसरी सम्भव भयो? मेलम्ची पुगेका हाम्रा सहकर्मी दुर्गा दुलाल र निमेषजंग राईलाई मेलम्ची नगरपालिकाकी उपमेयर भगवती नेपालले सुनाएको मंगलबार दिउँसोदेखि बुधबारसम्मको त्यो त्रासदः

००००

हिजो (मंगलबार) दिउँसो चारबजे एक्कासि हामीलाई फोन आयो। त्यो माथिल्लो क्षेत्रबाट आएको फोन थियो। फोनमा खबर पनि आयो, हेलम्बु र पाँचपोखरीबाट निकै ठूलो बाढी आएको छ। तत्काल तल्लो क्षेत्रका मानिसहरुलाई सुरक्षित बनाउनुहोला।

सुरुमा त हामीलाई त्यो खबर पत्याउनै मुस्किल भयो। किनभने त्यस्तो भीषण बाढी आउनेगरी पानी परेको थिएन। छेउमै बगिरहेको मेलम्ची पनि त्यस्तो अस्वाभाविक थिएन, सामान्य रुपमै बगिरहेको थियो।

तर, केही समयपछि नै इन्द्रावती नदीमा वाढी आउन सुरु भयो। अनि हामीलाई लाग्यो, माथ्लो बेल्टबाट आएको खबर सही रहेछ।

हामीले तत्कालै प्रहरीलाई खबर गर्यौं र प्रहरीको सहयोगमा माईकिङ शुरु गरायौं। नगरपालिकाका जनप्रतिनिधिदेखि जो जो सकिन्छ, सक्रिय भएर सूचना प्रवाह गर्यौं। र सम्भव भएजति चाँडो सबलाई सुरक्षित स्थानतर्फ लैजान सक्यौं। खबर फैलिएपछि मेलम्ची वजारमा मानिसहरु टार क्षेत्रमा आएर बस्न थाले। 

हामीलाई फोनमा खबर आएको चार बजेतिर थियो। ६ बजेतिर त मेलम्चीमा बाढीको बितण्डा नै सुरु भइसकेको थियो। हामीले त्यो बितण्डा हेरिरहन सिवाय केही गर्न सकेनौं। मैले आफ्नो जीवनकालमा यस्तो नदी र यस्तो लेदो कहिले देखेको थिइनँ। 

Ncell 2
Ncell 2
nimb
nimb

अहिले मेलम्चीको पुरानो बजार पुरै लेदोले भरिएको छ। घरहरु, दुई तीन तला त्यही लेदोमा पुरिएका छन्। यो कसरी भयो, कहाँबाट के कारणले भयो भनेर हामीले कुनै अन्दाज गर्न सकेका छैनौं।

अहिलेसम्म हामीले पाएको सूचनाअनुसार मेलम्ची खानेपानी आयोजनास्थलभन्दा माथि पहिरो गएको भन्ने छ। मेलम्ची खोलामा झण्डै २४ घण्टा भइसक्यो, यही लेदो मात्र बगिरहेको छ। पानी बगिरहेको छैन। 

हिजो माथ्लो बेल्टबाट खबर आउनसाथ हामीले मेलम्ची वजारमा यसरी खबर फैलाउन नसकेको भए आज मेलम्चीबासीको अवस्था के हुन्थ्यो भनेर कल्पना पनि गर्न सक्दिनँ। त्यही एउटा फोनले हामीलाई धेरै ठूलो मानवीय क्षतिबाट जोगायो भन्ने लागेको छ। 

यति हुँदाहुँदै पनि अहिलेसम्म मेलम्चीका १८ जना बेपत्ता हुनुहुन्छ। तीमध्ये केहीको ज्यान गएको पुष्टि भएको छ। नगरपालिकाले अब भोलि (बिहीबार)बाट मात्र प्रारम्भिक क्षतिको विवरण संकलन गर्न सुरु गर्ने तयारी गरेको छ। करिव ४०० परिवारलाई नगरपालिकाले ईन्द्रेश्वरी माविमा खाने र बस्ने व्यवस्था गरेका छौं। 

२०७२ सालको भूकम्पपछि यहाँ सबभन्दा ठूलो क्षति भएको छ। करिब २०० घर पूर्ण तथा आंशिक क्षति भएका छन्। मानिसहरु घरबारबिहीन भएका छन्। हिजो रातिको त्यो त्रासद हामी सम्झन पनि चाहन्नौं। त्यो त्रासदले हामीलाई नै बिछिप्त बनाएको छ। 

अब यो वजारलाई कसरी बस्न योग्य बनाउने? यसलाइ मानववस्तीका रुपमा कसरी फर्काउने भन्ने ठूलो चिन्ता थपिएको छ। यो क्षेत्रको पुनःस्थापनाको कार्य अब नगरपालिकाले मात्र गर्न सक्दैन। अहिले हामीले ज्यान जोगाउन सक्यौं, बिस्तारै ढलेको बस्ती उठाउन पनि त सकौंला !

प्रकाशित मिति: बुधबार, असार २, २०७८  २२:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति
सम्बन्धित सामग्री
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति हिउँदको विद्युत् माग र आपूर्ति व्यवस्थापनका सम्बन्धमा मङ्गलबार प्राधिकरणमा आयोजित बैठकले आवश्यक अध्ययन तथा कार्यलाई तीव्रता दिने निर... बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधवार ललितपुरमा आयोजित २० औँ राष्ट्रिय संरक्षण दिवसका अवसरमा मन्त्री चौधरीले प्रकृतिको संरक्षण र मानव-वन्यजन्तु सहअस्तित्वका लागि त... बुधबार, असोज ७, २०८३
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने अमेरिकाले नेपालमा गत भदौ १० मा आएको विनाशकारी बाढीपछिको पुनर्निर्माणका लागि थप ३ करोड १० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको छ। बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्