• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मेलम्चीका जनप्रतिनिधिलाई अपराह्न चार बजे त्यो फोन नआएको भए...

64x64
नेपाल लाइभ बुधबार, असार २, २०७८  २२:४५
1140x725

मेलम्ची (सिन्धुपाल्चोक)- सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र बाढीको बितण्डाले तहसनहस छ। बस्ती र बजार नदीमा मिसिएको छ। केहीको मृत्यु भएको छ, कैयौं हराइरहेका छन् र धेरैका घर, व्यवसाय, खेत सबथोक सखाप भएका छन्। मेलम्चीको अवस्था हेर्दा लाग्छ यहाँ केहीथोक जोगिन पनि सम्भव रहेनछ। तर, यस्तो बितण्डामा पनि ठूलो मानवीय क्षति हुनबाट मेलम्ची बजार र आसपासका धेरै ठाउँ जोगिएका छन्। सम्पति सत्यानाश भएको छ तर त्यसको तुलनामा धेरैको ज्यान जोगिएको छ।

यो कसरी सम्भव भयो? मेलम्ची पुगेका हाम्रा सहकर्मी दुर्गा दुलाल र निमेषजंग राईलाई मेलम्ची नगरपालिकाकी उपमेयर भगवती नेपालले सुनाएको मंगलबार दिउँसोदेखि बुधबारसम्मको त्यो त्रासदः

००००

हिजो (मंगलबार) दिउँसो चारबजे एक्कासि हामीलाई फोन आयो। त्यो माथिल्लो क्षेत्रबाट आएको फोन थियो। फोनमा खबर पनि आयो, हेलम्बु र पाँचपोखरीबाट निकै ठूलो बाढी आएको छ। तत्काल तल्लो क्षेत्रका मानिसहरुलाई सुरक्षित बनाउनुहोला।

सुरुमा त हामीलाई त्यो खबर पत्याउनै मुस्किल भयो। किनभने त्यस्तो भीषण बाढी आउनेगरी पानी परेको थिएन। छेउमै बगिरहेको मेलम्ची पनि त्यस्तो अस्वाभाविक थिएन, सामान्य रुपमै बगिरहेको थियो।

तर, केही समयपछि नै इन्द्रावती नदीमा वाढी आउन सुरु भयो। अनि हामीलाई लाग्यो, माथ्लो बेल्टबाट आएको खबर सही रहेछ।

हामीले तत्कालै प्रहरीलाई खबर गर्यौं र प्रहरीको सहयोगमा माईकिङ शुरु गरायौं। नगरपालिकाका जनप्रतिनिधिदेखि जो जो सकिन्छ, सक्रिय भएर सूचना प्रवाह गर्यौं। र सम्भव भएजति चाँडो सबलाई सुरक्षित स्थानतर्फ लैजान सक्यौं। खबर फैलिएपछि मेलम्ची वजारमा मानिसहरु टार क्षेत्रमा आएर बस्न थाले। 

हामीलाई फोनमा खबर आएको चार बजेतिर थियो। ६ बजेतिर त मेलम्चीमा बाढीको बितण्डा नै सुरु भइसकेको थियो। हामीले त्यो बितण्डा हेरिरहन सिवाय केही गर्न सकेनौं। मैले आफ्नो जीवनकालमा यस्तो नदी र यस्तो लेदो कहिले देखेको थिइनँ। 

Ncell 2
Ncell 2

अहिले मेलम्चीको पुरानो बजार पुरै लेदोले भरिएको छ। घरहरु, दुई तीन तला त्यही लेदोमा पुरिएका छन्। यो कसरी भयो, कहाँबाट के कारणले भयो भनेर हामीले कुनै अन्दाज गर्न सकेका छैनौं।

अहिलेसम्म हामीले पाएको सूचनाअनुसार मेलम्ची खानेपानी आयोजनास्थलभन्दा माथि पहिरो गएको भन्ने छ। मेलम्ची खोलामा झण्डै २४ घण्टा भइसक्यो, यही लेदो मात्र बगिरहेको छ। पानी बगिरहेको छैन। 

हिजो माथ्लो बेल्टबाट खबर आउनसाथ हामीले मेलम्ची वजारमा यसरी खबर फैलाउन नसकेको भए आज मेलम्चीबासीको अवस्था के हुन्थ्यो भनेर कल्पना पनि गर्न सक्दिनँ। त्यही एउटा फोनले हामीलाई धेरै ठूलो मानवीय क्षतिबाट जोगायो भन्ने लागेको छ। 

यति हुँदाहुँदै पनि अहिलेसम्म मेलम्चीका १८ जना बेपत्ता हुनुहुन्छ। तीमध्ये केहीको ज्यान गएको पुष्टि भएको छ। नगरपालिकाले अब भोलि (बिहीबार)बाट मात्र प्रारम्भिक क्षतिको विवरण संकलन गर्न सुरु गर्ने तयारी गरेको छ। करिव ४०० परिवारलाई नगरपालिकाले ईन्द्रेश्वरी माविमा खाने र बस्ने व्यवस्था गरेका छौं। 

२०७२ सालको भूकम्पपछि यहाँ सबभन्दा ठूलो क्षति भएको छ। करिब २०० घर पूर्ण तथा आंशिक क्षति भएका छन्। मानिसहरु घरबारबिहीन भएका छन्। हिजो रातिको त्यो त्रासद हामी सम्झन पनि चाहन्नौं। त्यो त्रासदले हामीलाई नै बिछिप्त बनाएको छ। 

अब यो वजारलाई कसरी बस्न योग्य बनाउने? यसलाइ मानववस्तीका रुपमा कसरी फर्काउने भन्ने ठूलो चिन्ता थपिएको छ। यो क्षेत्रको पुनःस्थापनाको कार्य अब नगरपालिकाले मात्र गर्न सक्दैन। अहिले हामीले ज्यान जोगाउन सक्यौं, बिस्तारै ढलेको बस्ती उठाउन पनि त सकौंला !

प्रकाशित मिति: बुधबार, असार २, २०७८  २२:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी
सम्बन्धित सामग्री
यस्तो रहनेछ देशभरको मौसम आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच... मंगलबार, माघ ६, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ कांग्रेसको विशेष महाधिवेश पक्षले आयोगलाई ५२ करोड बुझाएर नतिजा आफ्नोमा पारेको भन्दै प्रसाईंले एक भिडियो सार्वजनिक गरेका थिए । सोमबार, माघ ५, २०८२
कुरुवालाई खाना पकाउने व्यवस्थासहित वीरमा थपियो आकस्मिक कक्ष अस्पतालका निर्देशक डा दिलीप शर्माले बिरामीको चापलाई ध्यानमा राखेर २५ वटा आकस्मिक कक्ष विस्तार गरिएको जानकारी दिए । यसअघि ३० आकस्मिक... सोमबार, माघ ५, २०८२
ताजा समाचारसबै
बेलायतमा नाबालिकाको विवाहमा संलग्न मुस्लिम इमामलाई जेल मंगलबार, माघ ६, २०८२
कालिकोटमा नेकपाका महेन्द्र शाहीविरुद्ध जीवन बुढाको बागी उम्मेदवारी मंगलबार, माघ ६, २०८२
रास्वपाकी सोबिता गौतमले चितवन- ३ मा दर्ता गराइन् उम्मेदवारी मंगलबार, माघ ६, २०८२
निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण मंगलबार, माघ ६, २०८२
उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते गरिने मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्