• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

प्रशिक्षकले खेलाडीको माइन्डमा ‘वि क्यान प्ले फुटबल’ भरिदिनुभएको छ : किरण

64x64
नेपाल लाइभ सोमबार, जेठ ३१, २०७८  १८:२१
1140x725

कतार विश्वकप छनोट र एसियन कप छनोटमा नेपालले कुवेत भ्रमण गरेर आइतबार साँझ नेपाल फर्किएको छ। अघिल्ला भ्रमणभन्दा यो पटकको भ्रमण उपलब्धिमूलक रहेको नेपाली टोलीका कप्तान किरण चेम्जोङले बताएका छन्। 

किरणले विगतमा भन्दा राम्रो प्रदर्शन गरेको बताए। सधैँ रक्षात्मक रणनीति अपनाउने नेपालले यो भ्रमणमा आक्रामक खेल्नसक्छ भन्ने उदाहरण दिएको उनकाे भनाइ छ। 

समूह तालिकाको चौंथो स्थानमा रहँदै कतार विश्वकप छनोट यात्रा समाप्त हुँदा २०२३ चीनमा एसियन कपको झिनो आशा प्लेअफमात्रै बाँकी छ। तटस्थ स्थल कुवेत भ्रमण गरेको नेपालले कोरोना महामारी नेपालमा हुँदैनथ्यो भने नेपालले कुवेत भ्रमण गरेका खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल दर्शक माझ खेल्ने थियो।

कुवेतका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले राष्ट्रिय टोली सम्हाले पनि विगतको खेल्ने शैलीभन्दा फरक देखियो। साथै प्रशिक्षक अलमुताइरीले नेपाली टोली कुवेत भ्रमण गर्दा बलिया टोलीसँग पनि नेपालले प्रतिस्पर्धात्मक खेल देखाउन सक्छन् भन्ने मानसिकता थपिदिएका छन्।

नेपाल फर्किए पछि नेपाली टोलीका कप्तान किरणले न्यूज एजेन्सी नेपालसँग गरेकाे कुराकानी
कुवेत भ्रमण समग्रमा कस्तो रह्यो?
कुवेतको तीन वटै खेल हेर्दा, टिमले धेरै सकारात्मक खेल देखेको छु।  टिममा गएपछि सुधारिएको खेल देखेको छ। सकारात्मक र नकारात्मक दुबै पक्षलाई नियाल्नुपर्छ। सकारात्मक कुराहरुलाई ध्यान दिनुपर्छ। विशेष हामीले हाम्रो बलियो पक्षलाई केलाउँदै अगाडि बढ्नुपर्छ। आउँदा दिनमा सकारात्मक विषयमा विशेष ध्यान दिनुपर्छ। यसरी नै अगाडि बढ्दा नेपालको फुटबल विककासले गति लिनसक्छ।

चाइनिज ताइपेइसँगको खेलमा हामीले विगतको नतिजालाई निरन्तरता दिन सक्यौं। जोर्डन र अस्ट्रेलियासँगको खेलमा भने विगतको नतिजालाई क्रमभंग गर्ने लक्ष्य पूरा हुन सकेन। नसक्नुमा हामी कहाँ चुक्यौं?

पहिलो खेल चाइनिज ताइपेइसँग थियो। ताइपेइको घरेलु मैदानमा खेल्न जाँदा त्यो समयमा टोली निकै बलियो। दोस्रो लेगमा पनि सुखद् नतिजा निकाल्न हामी पूर्ण रुपमा तयार थियौं। 

कुवेत जानु अघि इराक भ्रमण गरेर लिएको उपलब्धिले हाम्रो मनोबल बढ्यो। पहिलो खेल चाइनिज ताइपेइसँग थियो। तयारी राम्रो भएकाले नतिजालाई निरन्तर दिन सक्यौं। भ्रमणमा रहेका कोच र एसिस्टेन्ट कोचले हाम्रो खेललाई राम्रोसँग नियाल्नु भएको थियो। उनीहरुको खेललाई पनि। जित्नुको विकल्प हामीलाई थिएन। सोही अनुसार कोचले दिएको निर्देशनलाई खेल अवधि भर पालाना गर्‍यौं। 

Ncell 2
Ncell 2
nimb
nimb

पेनाल्टीबाट अग्रतालिएसँगै खेलाडीमा हौसाल मिल्यो। पछि दोस्रो गोल पनि निसक्याे। बलमा पकड जमाउँदै दबाब दिएर खेल्यौं। राम्रो खेल्यौं। दोस्रो खेल जोर्डन खेल उसैको मैदानमा खेलेका थियौ। टफ म्याच थियो। पहिलो खेलमा गोलको मार्जिन धेरै लागेको थियो। पहिलो खेलमा पेनाल्टीबाट हामी पछि परेका थियो। दोस्रो लेगमा पनि सोही अवस्था भयो। नचाहँदा नचाहँदै गल्ती भयो। मानवीय त्रुटि र फुटबलको पाटो हो।

जाेर्डनसँगको खेलमा पनि पुरानो गल्ती भयो। सामान्य गल्तीले खेल गुमाउन पुग्यो। सुधारको प्रयास गरेपनि अलमलमा पर्‍यौं। यद्यपि, जोर्डनसँगका कमजोर पक्ष केलाउँदै खेल्ने प्रयास गरे पनि सफल हुन सकेनौं। अंक खोस्ने लक्ष्यका साथ मैदान उत्रिएका थियौं। ३–० ले नै हार्ने सोच थिएन। तर, खेलमा सोही नतिजा दोहोरियो। समग्रमा प्रदर्शनले राम्रा गरेका हौं।

एसियाली पावर हावस र विश्वकपको अनुभव लिएको अस्ट्रेलियासँगको खेललाई कसरी नियाल्नु भयो त?

अस्ट्रेलियासँग पहिलो लेग नै टप टोली र खेलाडीसँग खेल्न पाउनु हाम्रो लागि मौका रह्यो। पहिलो खेलभन्दा दोस्रो लेग फरक थियो। पहिलो  लेगमा फिल्ड सेयर गर्न पाउनु हामीलाई उपलब्धिमूलक थियो।

Xtrem

Xtrem

पहिलोमा हामी अनुभव बटुल्ने लक्ष्यमा थियौं भने दोस्रो लेगमा प्रतिस्पर्धात्मक फुटबल खेल्ने लक्ष्य राखेका थियौं। सोहीअनुसार तयारी पनि गरेका थियौं। पहिलो हाफमा १० खेलाडीमा सिमित भए पनि सम्रग टोली एक बनेर खेल प्रदर्शन गर्न सफल भयौं। वान म्यान डाउनमा पनि हामीले बलियो अस्ट्रेलियालाई रोक्यौं। 

अस्ट्रेलियासँगको खेलमा टिम मेट्सले गरेको प्रदर्शनमा निकै सन्तुष्ट छु। तारिफ गर्नचाहन्छु। देशका लागि मरेर खेलेका थिए। तारिफ योग्य खेल रह्यो। राम्रो खेले। अस्ट्रेलियासँगको दोस्रो लेग पनि राम्रो भयो। सुखद नै मान्नुपर्छ। एसियाको पावर हाउससँग खेल्न पाउँदा हाम्रो लागि अनुभव भयो। आउँदा दिनमा अब अन्य एसियाका पावर हाउससँग खेल्नुपर्छ र पाउँ भन्ने हाम्रो अपेक्षा छ। कोरिया, जापान, इरान जस्ता टोलीसँग खेल्न पाउँ।

नतिजा जे होला केही फरक पर्दैन। पहिलो खेल गुमाए पनि दोस्रो खेलमा सुधारका अवसर पाउँछौं। यसरी आउँदा दिनमा बलियो  टोलीसँग खेल्न पाउँदा नेपाली  फुटबलको स्तर सुधारिन्छ भन्ने मेरो विश्वास छ। जितका लागि  खेल्नुभन्दा पनि अनुभवलाई यस्ता खेलले सुधारका लागि धेरै सहयोग गर्छ। 

सधैँ हार्छ भन्ने आकलन भएपनि नेपालले पनि प्रतिस्पर्धात्मक फुटबल खेल्न सक्छ भन्ने सन्देश विश्वभर जान्छ। ठूलो अन्तरले हारेको भएपनि दोस्रो पटक आमने सामने हुने अवसर पाउँदा सुधारिएको खेल देखायो भन्ने सन्देश दिन सक्छौं भन्ने अस्ट्रेलियासँगको खेलले प्रमाणित गरेको छ। 

अस्ट्रेलियाको प्रशिक्षकले पनि हाम्रो खेलको तारिफ गरेका छन्। अब यस्तै बलियो अस्ट्रेलियासँग आउँदा दिनमा पनि खेल्नपाए स्कोर गर्न सकिन्छ भन्ने विश्वास छ। समग्रमा अन्तिम खेल पनि राम्रो मान्छु।

छोटो समय टोलीलाई सम्हालेका प्रशिक्षक अल्मुताइरीको रणनीति भ्रमणमा सफल भएको हो ? अनि यस्तो सम्भव कसरी भयो ?

कोचले मात्र सम्भव हुँदैन। टोलीले युनाइटेड खेल देखाउँदा नतिजा निक्लने हो। कोचको निर्देशनले धेरै अर्थ राख्छ। नयाँ कोचले वे देखाउने हो। नेपाली टोलीलाई सम्हाल्नुभएका नयाँ प्रशिक्षक अबदुल्लाहले सबै खेलाडीको माइन्डमा ‘वि क्यान प्ले फुटबल’  भरिदिनु भएको छ। यस्तो वातावरण सबै खेलाडीको दिमागमा राख्दिनुभएको छ। जति बलियो प्रतिद्वन्द्वी भएपनि हामीले फुटबल खेल्न सक्छौं भन्ने मानसिकता भरदिनु भएको छ।  

नतिजा जे पनि एट्याकिङ फुटबल खेल्नुपर्छ। उहाँको प्रेरणाले नयाँ खेलाडीमा प्रतिस्पर्धात्मक खेल खेल्न सक्छौ भन्ने मानसिकता विकास भएको छ। युवा खेलाडीमा यस्तो मानसिकता परेको छ। अन पिच अफ पिचमा सबै खेलाडीलाई मोटीभेसन दिनसक्नु भएको छ। नयाँ खेलाडीमा फाइटिङ स्प्रिट विकास भएको छ। 

प्रशिक्षको मात्र भन्दापनि समग्र टिमको प्रदर्शन रह्यो। प्रशिक्षकको योजना फुटबललाई एक स्टेप माथि लग्ने लक्ष्य रहेको छ। सोही अनुसार उहाँले परीक्षण गर्नुभएको छ। त्यसका लागि हामीले उहाँलाई साथ दिएका छौं। सोही अनुसार हामीले पालना गरेका छौं।

विगतको भन्दा फरक शैलीको फुटबल प्रदर्शन गरेको नेपालले एट्याकिङ फुटबल खेलेको छ। युवा खेलाडी र पाका खेलाडी पनि टोलीमा रहेका छन्। आउँदा दिनमा नेपाली टोलीले कुवेत भ्रमणमा गरेको प्रदर्शनलाई निरन्तरता दिन कस्तो किसिमको योजना आवश्यक छ ?

खेलाडीहरु वर्ष भरिनै व्यस्त हुनु पर्‍यो। व्यस्त तालिका पनि हुनुपर्छ। शीर्ष डिभिजनका लिगहरु निरन्तर हुनु पर्‍यो। पहिलो पटक फ्रेन्चाईज फुटबल प्रतियोगिता सम्पन्न भएको छ। सम्पन्न एनएसलले खेलाडीमा राम्रो सन्देश दिएको छ। 

खेलाडीलाई एनएसएल राम्रो भएको छ। यस्ता प्रतियोगिताले नेपाली खेलाडीलाई ब्यस्त र अवसर खेज्नका लागि निकै मद्दत गरेको छ। लिगहरु लामो समयसम्म हुनुपर्छ। व्यवसयिक हिसाबले लिगहरु सञ्चालन हुनुपर्छ। राष्ट्रिय खेलाडीलाई अन्तर्राष्ट्रिय भ्रमण गराएर ब्यस्त गराउनुपर्छ। 

फुटबल खेलाडीलाई फुटबलमा नै व्यस्त बनाउनुपर्छ। हामीभन्दा माथिल्लाे र तल्लो स्तरको देशहरुसँग बारम्बार मैत्रिपूर्ण खेल धेरैभन्दा धेरै मिलाएर खेलाडीलाई धेरै अनुभव दिनुपर्छ। सबैभन्दा ठूलो कुरा खेलाडीलाई व्यस्त राख्नुपर्छ।

खेलाडीलाई फुर्सद हुने किसिमको वातारण भन्दा पनि व्यस्त बनाउँदै फुटबल मात्र सोच्न वातारण जरुरी छ। यसले गर्दा नेपाली फुटबलको नतिजा राम्रो हुन्छ। 

खेलाडीका लागि पनि यस्ता योजनाले हौसला मिल्छ। ठूलो टोलीसँगको पटक पटक खेल्न पायौं भने अवस्य नै हामीले सुधाएिको खेल देखाउँन सक्छौं। कमी कमजोरीहरुलाई नियाल्न सक्छौं। 

अनुभव हुन्छ, पहिलो, दोस्रो अनि तेस्रो खेलमा सुधार अवस्य देखिन्छ। यसरी नै फुटबल सुधार गर्न सकिन्छ। नेपालको तुलनामा विदेश तिर लामो समय सम्म लिग सञ्चालन हुन्छ। एन्फा र नेपाल सकरकारले खेलाडीलाई व्यस्त बनाइराख्ने तालिका बनाउनुपर्छ।

बलियो टोलीसँग पटक पटक मैत्रिपूर्ण खेल खेल्दै कमी कमजोरी सुधारदै समग्र खेल सुधारको बाटो अंगाल्न सकिन्छ। समग्रमा भन्नुपर्दा खेलाडीलाई व्यस्त राख्नुपर्छ, अन्तर्राष्ट्रिय भ्रमण गराउँदै टोलीलाई अनुभव बटुल्ने मौका दिनुपर्छ। 

ठूलो क्लब, लिग खेल्ने क्लब देखी माथिल्लो स्तरको टोलीसँग खेल्ने अवसर धेरेभन्दा धेरै हुनुपर्छ।  यस्ता खेलले युवा खेलाडीलाई राम्रा अनुभव हुन्छ र हौसल पनि मिल्छ। यस्तै यस्तै विषयमा ध्यान दिइयो भने नेपाली फुटबलले विकासको गति छिटै लिन्छ। विकास गर्न मद्दत गर्दछ। 

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १८:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
२ करोड ५१ लाख बराबरको गहनासहित इला पटेल पक्राउ, थप अनुसन्धान हुँदै
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था?
राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश
सम्बन्धित सामग्री
म फुटबलमा ‘डिक्टेटर’ बन्न आएको होइन : कर्मा छिरिङ शेर्पा [अन्तर्वार्ता] हाम्रो जुन ‘चेन्ज एन्फा’को नारा छ, त्यो निरन्तर चलिरहेकै छ। अब जसलाई ‘चेन्ज कर्मा’को नारा लगाउनु छ, त्यो उहाँहरूको विवेकमा म छोड्छु।... बिहीबार, असार २, २०७९
राखेप सदस्यसचिवको अन्तर्वार्ता: अब नवौं राष्ट्रिय खेलकुदका लागि होमिउँ अब सिंगो खेलकुदका संघ, प्रशिक्षक, खेलाडी र पदाधिकारीलाई नवौं राष्ट्रिय खेलकुद सफल बनाउने गरी होमिन आग्रह गर्न चाहन्छु। शुक्रबार, वैशाख २, २०७९
‘व्यापारीक घरानालाई आकर्षण गर्ने कोसिस गरेका हौं, एनएसएललाई ‘ए’ डिभिजनको विकल्प बनाउन खोजेका होइनौं’ नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण चैत अन्तिम साताबाट काठमाडौं र पोखरामा आयोजना हुँदैछ। विगतको संस्करणमा सात टिमले सहभागिता ज... बिहीबार, चैत ३, २०७८
ताजा समाचारसबै
२ करोड ५१ लाख बराबरको गहनासहित इला पटेल पक्राउ, थप अनुसन्धान हुँदै बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश बिहीबार, असोज १५, २०८३
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज बिहीबार, असोज १५, २०८३
एआई अनुवाद सुविधासहितको हनर च्वाइस टी१० नेपालमा सार्वजनिक, मूल्य १६ हजार ४९९ रुपैयाँदेखि सुरु बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्