काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमा संकल्प, कार्यक्रम र देश बनाउने योजना भएको बताएका छन्।
बजेट भाषणपछि संसद् बैठकबाट बाहिरिँदै प्रधानमन्त्री ओलीले 'कार्यान्वयनको विषयमा हेर्दै जाऊँ' भन्ने प्रतिक्रिया दिए। उनले विभिन्न राजनीतिक कारणले वृद्ध भत्ता बढाउन नसकिएको पनि बताए। वाम दलको घोषणा पत्रमा वृद्ध भत्ता ५ हजार पुर्याउने उल्लेख गरिएको थियो।
सांसद विकास कोषको पैसा दुरुपयोग नहुने प्रत्याभूति बजेटमा गरिएको ओलीले दाबी गरे। उनले बजेट देश र जनताको आवश्यकता अनुसार आएको बताए। करको दायरा नबढाइकोमा उद्योगपतिको असन्तुष्टि रहेको प्रश्नमा ओलीले भने, ‘करको दायरा अर्को बजेटमा बढाइन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।