काठमाडौं– मंगलबार सरकारले ल्याएको बजेटलाई प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले हावादारी भएको टिप्पणी गरेका छन्।
संसद भवनमा पत्रकारसँग प्रतिक्रिया दिँदै उनले बजेटको आलोचना गरेका हुन्।
‘करको दायरा मात्र बढाएर हुन्छ? आम्दानी बढाउनु पर्दैन?’ उनले भने, ‘यो हावादारी बजेट हो, कार्यान्वयन हुँदैन।’
कांग्रेस नेता गगन थापाले पनि बजेट अपेक्षा गरेअनुरुप नभएको प्रतिक्रिया दिएका छन्। बजेटमा उत्साहित हुने ठाउँ नभएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।