काठमाडौं– अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार संसदमा प्रस्तुत गरेको बजेटमाथि कांग्रेसले नकारात्मक प्रतिक्रिया दिएको छ।
बजेट प्रस्तुत भएपछि एक ट्विट गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्– 'निजिक्षेत्र र रास्ट्रसेवक बाहेकलाई निराशाजनक नै त नभनौं तर सपना, प्रचार र होहल्ला ठुलो.. परिणाममा भने यो बजेट हात्ती आयो फुस्सा!'
उनले चुनावमा वितरित सपना र घोषणापत्र, केही अघि जारी गरिएको नीति तथा कार्यक्रम र आज जारी बजेट बीच तादम्यता टुटेको पनि लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।