काठमाडौं- नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारले मंगलबार ल्याएको बजेटबाट उत्साहित हुन नसकेको बताएका छन्।
संसदमा बजेट भाषण सकिएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै नेता थापाले अपेक्षा अनुसारको बजेट नआएको बताए। विगतमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रम र बजेट आएपछि धेरै विषयमा नयाँ फड्को मार्ने बताइए पनि त्यस अनुसार बजेट नआएको उनले टिप्पणी गरे।
'सरसर्ती बजेट सुन्दा कतैबाट पनि उत्साहित हुने ठाउँ देखिएन', उनले भने।
बलियो सरकारले संघीयता कार्यान्वयनको क्रमसँगै जोखिम उठाउनुपर्ने भए पनि बजेट त्यस्तो नभएको उनले बताए। निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट हटाउने आँट सरकारले नगरेको बताए।
समग्रमा जोखिम उठाउन सरकारले नसकेको नेता थापाले प्रतिक्रिया दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।