• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कोरोनाले घेरेको कोपा अमेरिका

64x64
नेपाल लाइभ आइतबार, जेठ ३०, २०७८  २०:२८
1140x725

काठमाडाैं- विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता मानिने महादेशीय प्रतियोगिता, कोपा अमेरिका सोमबारदेखि ब्राजिलमा शुरु हुँदैछ।

मिनी विश्वकप मानिने युरोकप सुरु भएको दुई दिनपछि ४७ औं संस्करणको कोपा अमेरिका पनि सुरु हुन लागेको हो।घरेलु टोली ब्राजिलले भेनेजुएलासँग खेल्दै प्रतियोगिता सुरुवात गर्दैछ। खेल ब्रासिलियास्थित स्टाडियो नासिओनाल माने गारिन्चामा नेपाली समय अनुसार सोमबार बिहान २:४५ बजे सुरु हुनेछ।

ब्राजिल घरेलु मैदानमा खेलिएको कोपा अमेरिकाको २० खेलमा अपराजित छ। पछिल्लो पटक ब्राजिल सन् १९७५ मा पेरुसँग घरेलु मैदानमा पराजित भएको थियो। 

ब्राजिल र भेनेजुएला कोपा अमेरिकामा नवौं पटक खेल्न लागेका हुन्।  ब्राजिललाई यसपटक उपाधि दाबेदारको रुपमा हेरिएको छ। यसअघिको ८ खेलमा ब्राजिल अपराजित छ।  यसपटक पनि ब्राजिल यो लयलाई कायमै राख्न चाहन्छ। पेरिस सेन्ट जर्मेनबाट खेल्ने स्टार नेयमार दुई वर्षअघि ब्राजिलले उपाधि जित्दा चोटका कारण टिममा थिएनन्। त्यसैले यसपटक नेयमारतर्फ धेरैको ध्यान केन्द्रित भएको छ। 

कोरोनाले प्रभावित प्रतियोगिता 
कोपा अमेरिका २०२० मा संयुक्त रूपमा दुई देश अर्जेन्टिना र कोलम्बिया ले आयोजना गर्ने जिम्मेवारी पाएका थिए। तर, कोरोनाका कारण प्रतियोगिता एक वर्ष पछि धकेलिएको थियो। तर, मे २० मा दक्षिण अमेरिकी फुटबल महासंघले १ सय ५ वर्षे इतिहासमा पहिलोपल्ट संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको आयोजकबाट कोलम्बियालाई हटाएको थियो।

सामाजिक र आर्थिक परिवर्तनको माग राख्दै पूरा देशमा प्रदर्शन चलिरहेको कारण सुरक्षाको प्रत्याभूति नहुने महासंघको भनाइ थियो। त्यसपछि प्रतियोगिता अर्जेन्टिनामा हुने तय भयो । 

तर, निर्णय भएको केही दिनमै महासंघले अर्जेन्टिनाबाट पनि आयोजकको जिम्मेवारी खोस्यो। महासंघले अर्जेन्टिनाबाट पनि प्रतियोगिता हटाउनुको कारण के भनेर ठ्याक्कै खुलाएको छैन तर, कोरोना भाइरस संक्रमणको दोस्रो लहर चलिरहेको कारण जिम्मेवारी खोस्यो भनेर बुझिएको छ। हुन त अर्जेन्टिनाभित्र पनि प्रतियोगिताको स्थगनबारे प्रश्न उठिरहेको थियो।

मे महिनायता अर्जेन्टिनामा संक्रमणको दोस्रो लहर चर्को रूपमा बढेको छ। यसक्रममा त्यहाँ कडा लकडाउन लागू भइरहेको छ। यस्तो स्थितिमा प्रतियोगिता गर्न नहुने त्यहाँका जनताको धारण थियो। त्यसपछि प्रतियोगिता शुरु हुने एक साता अघिमात्रै महासंघले ब्राजिललाई यसको जिम्मेवारी दिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रशिक्षक र खेलाडीकै विरोध
प्रतियोगिताका लागि भनेर युरोपबाट फर्केका केही प्रमुख खेलाडीले प्रतियोगिता हुनेमा शंका व्यक्त गरेका थिए। एक त कोरोना माहमारी, त्यसमा पनि ब्राजिलमा यसको जोखिम धेरै रहेको भन्दै धेरैले विरोध समेत गरेका थिए। 

प्रतियोगिता शुरु हुनुभन्दा केही दिन अगाडि मात्रै अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनीले ब्राजिल उपयुक्त ठाउँ नभएको बताएका थिए। ‘हामी जानुपर्छ भने जान्छौं,’ उनले भनेका थिए, ‘तर, अझै पनि आवासलाई लिएर धेरै अनिश्चितताहरु छन्। इमानदार भएर भन्नुपर्दा हामी चिन्तित छौं, ब्राजिल उपयुक्त ठाउँ होइन।’ 

हुन त अर्जेन्टिनाका खेलाडी पनि कोरोनाबाट संक्रमण भएका थिए। कोरोना संक्रमणका कारण अर्जेन्टिनका गोलकिपर फ्रान्को अर्मारी र फुलब्याक गोन्जालो मोन्टियलले प्रतियोगिता गुमाउने तय भइसकेको छ। ‘स्वास्थको कारण देखाएर अर्जेन्टिनालाई अधिकारबाट बन्चित गरियो र कोलम्बियालाई पनि गरियो। र, यो अवस्थालाई स्वीकार्न साँच्चै गाह्रो हुनेछ, उनले भनेका थिए। 

यता, चिलीका प्रशिक्षक मार्टिन लासर्टेले पनि ब्राजिल सुरक्षित नभएको प्रतिकृया दिएका थिए। ‘मेरा लागि यो  ठूलो जोखिम लाग्छ। सबैभन्दा पहिला स्वास्थ्य आउँछ,’ उनले भनेका थिए।

Xtrem

Xtrem

चिलीलाई पनि कोरोना संक्रमणले पिरोलेको छ। कोरोना संक्रमणकै कारण अस्पतालमा उपचाररत चिलीका भेट्रान मिडफिल्डर अर्टुरो भिडालले पनि प्रतियोगिता गुमाउनेछन्। यता, उरुग्वेली खेलाडी लुइस स्वारेजले प्रतियोगिताभन्दा मानवीय हित मुख्य रहेको बताएका छन् । तर, महासंघले उनीहरुको कुरा सुनेन।  

झन्डै १० करोड डलरको टेलिभिजन अधिकार बिक्री भइसकेको अवस्थामा दक्षिण अमेरिकी फुटबल महासंघ प्रतियोगितलाई थप अर्को वर्ष सार्न तयार थिएन। आर्थिक कारण महासंघका लागि प्रतियोगिताको आयोजना अनिवार्यजस्तै भएको कारण उनीहरुको कुरा नसुनिएको आकलन गर्न सकिन्छ । युरोपेली च्याम्पियनसिप बराबर रहेको कोपा अमेरिकाको आयोजनाबाट सन् २०१९ मा महासंघले ११ करोड ८० लाख डलर नाफा कमाएको थियो।

पछिल्लो समय प्रतियोगिताको महत्त्व र महासंघको प्रतिष्ठामा आँच आइरहेको थियो। त्यसैले ब्राजिलमा हतारमा जुन १३ देखि चार सहरमा  कोपा आयोजना गर्न लागिएको हो। 

यद्यपि, महासंघको निर्णयबाट ब्राजिल पनि चिडिएको थियो। विश्वकप छनोटअन्तर्गत इक्वेडरविरुद्धको खेलपछि ब्राजिलियन कप्तान कासेमिरोले महासंघको कदमको विरोध गरेका थिए।

उनले खेलपछि प्रशिक्षक टिटेसहितका राष्ट्रिय टिमका खेलाडीको एकै स्वर हुने बताएका हुन्। यता, प्रशिक्षक टिटेले ब्राजिलमा हुने कोपाको विरोधमा केही खेलाडीले राष्ट्रिय टिमबाट नखेल्ने बताएका थिए। कोरोना भाइरसका कारण ब्राजिलमा मृत्यु हुने संख्या बढिरहेको बेला कोपा आयोजना गर्नु उचित नहुने उनीहरुको भनाइ थियो। 

खेलाडीहरुले देशले फुटबललाई भन्दा बढी ध्यान जनताको स्वास्थ्यलाई दिनुपर्ने भनाइ राख्दै आएका छन्। तर, ब्राजिलियन सरकारले कोरोनाको प्राथमिकता दिनुको सट्टा कोपा आयोजनाको पहल गरेको भन्दै कतिपयले असन्तुष्टि जनाइरहेका छन्। यसअघि एसियन राष्ट्र कतार र अष्ट्रेलियाले पनि गेस्ट टिमको रुपमा सहभागिता जनाउने भनिए पनि कोरोनाकै कारण नाम फिर्ता लिएका थिए।

कोरोनाबाट अछुतो रहेनन् टिम
उद्घाटन खेल खेल्नुभन्दा केही समय अगाडि मात्रै भेनेजुएला टिमका ९ खेलाडीसहित १२ जनालाई कोरोना संक्रमण देखिएको छ। संक्रमण पुष्टि हुनेमा ३ जना कोचिङ स्टाफ पनि रहेका छन्। कोरोना संक्रमण पुष्टि भएका खेलाडी र कोचिङ स्टाफलाई होटलमा आइसोलेसनमा राखिएको छ। भेनेजुएलाले थप १५ खेलाडीलाई खेल्न टिममा बोलाएको छ। 

कोरोना संक्रमणकै कारण डिफेन्डर विलकर एन्जल र रोल्फ फेल्ट्सचर ब्राजिल आएका छैनन्। दक्षिण अमेरिकन फुटबल महासंघले ब्राजिल र भेनेजुएलाबीचको खेल तोकिएको समयमै हुने बताएको छ। 

ब्राजिलका स्वास्थ्यमन्त्री मार्सेलो क्वइरोगाले कोरोना लागेका सबै खेलाडी आइसोलेसनमा बसेकाले तोकिएको समयमा खेल हुने बताएका छन्।हिजोमात्रै ब्राजिलको सर्वोच्च अदालतले कोपा अमेरिका ब्राजिलमा जारी राख्नुपर्ने आदेश दिएको छ। कोरोनाका कारण प्रतियोगिता रोक्नु पर्ने निवेदन परे पनि अदालतले प्रतियोगिता नरोक्न आदेश दिएको हो। ब्राजिलको संविधानले अदालतलाई कुनै पनि प्रतियोगिता रोक्न अधिकार दिएको छैन।

ब्राजिलमा अहिलेसम्म कोरोनाका कारण ४ लाख ७५ हजारभन्दा बढी नागरिकको ज्यान गइसकेको छ। यो कोरोना संक्रमणले मर्नेमा विश्वमै दोस्रो ठूलो संख्या पनि हो।

ब्राजिलको ओ ग्लोबो समाचारपत्रको खोजअनुसार प्रतियोगिता आयोजना गर्न छनोट गरिएका चार सहरका अस्पतालमा २० प्रतिशतभन्दा कम आइसीयु बेड तयार गरिएको छ। यस्तै, महासंघले प्रतियोगिता सुरु हुनुअघि नै सबै टिमका प्रतिनिधिलाई चीनमा निर्माण भएको सिनोभ्याकको ५० हजार खोप लगाउने तर्क गरेको छ। 

खोपका दुई डोजबीच तीन साताको समय हुनुपर्ने बताइएको छ। तर, खेल आजबाट शुरु हुनेछ। कतिले खोप फुटबल टिमलाई मात्र लगाएर नपुग्ने बताएका छन्। खेलाडीहरू बस्ने होटेल तथा रेस्टुरेन्ट, तिनलाई घुमफिर गराउने यातायात श्रमिक र प्रतियोगितामा विभिन्न कार्यमा सघाउने सहयोगीलाई पनि खोप आवश्यक हुन्छ। फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गर्ने बोल्सोनारोलाई महाभियोग लगाउनुपर्ने माग उठेको  छ।

दाबेदार टिम
सन् १९१६ मा सुरु भएको प्रतियोगितामा दक्षिण अमेरिकी महादेशका १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। केही संस्करणमा उत्तर अमेरिकी र एसियन टिमले गेस्ट टिमको रुपमा समेत खेलेका थिए। 

आयोजक ब्राजिल साविक विजेता पनि हो। ब्राजिललाई सधैं उपाधिको दाबेदारको रुपमा हेरिन्छ। ब्राजिलले छैटौं पटक कोपा अमेरिका फुटबलको आयोजना गर्दैछ। यसअघि पाँच पटक आयोजक हुँदा ब्राजिलले उपाधि जितेको थियो। जसमा ब्राजिलले ४० खेल खेल्दा २६ खेल जितेको थियो भने जम्मा २ खेल मात्र हारेको थियो। यस्तै, अर्जेन्टिनालाई पनि उपाधि दाबेदारको रुपमा हेरिएको छ। उरुग्वेले सर्वाधिक १५ पटक उपाधि जित्दा अर्जेन्टिनाले १४ पटक उपाधि जितेको छ। दक्षिण अमेरिकाको १० राष्ट्रले प्रतिस्पर्धा गर्ने कोपामा सहभागी टिमलाई यस पटक दुई समूहमा विभाजन गरिएको छ।

नर्थ जोनका ब्राजिल र भेनेजुएलासहित पेरु, इक्वेडर र कोलम्बिया समूह ‘बी’ मा छन्। यस्तै साउथ जोनका अर्जेन्टिना, चिली, पाराग्वे, उरुग्वे र बोलिभिया समूह ‘ए’ मा छन्। दुवै समूहबाट शीर्ष चार टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन्।

यता, जोस मोउरिन्होले कोपालाई ठूलो प्रतियोगिताको रुपमा लिन नहुने टिप्पणी गरेका छन्। ‘कोपा अमेरिकामा त खेल्ने टिम नै १० वटा मात्रै छन्, युरोकप खेल्ने २४ छन्। युरोकपमा १० वटा त मुख्य उपाधि दाबेदार छन्। १० टिममा दुई-तीन वटा दाबेदार भएको कोपा अमेरिका र २४ टिममा १० वटा दाबेदार भएको युरो कपमा ठूलो अन्तर छ,’ उनी भन्छन्। 

प्रतिस्पर्धाका हिसाबले कोपा अमेरिका र युरो कपमा तुलना नै हुन नसक्ने उनको भनाइ छ। ‘भलै यिनको महत्त्व आ–आफ्नै छ। तर, कोपा अमेरिका जित्नु र युरो कप जित्नुमा आकाश-धर्तीको अन्तर छ,’ उनी भन्छन्।

कोपा अमेरिकामा चार अर्जेन्टिनी प्रशिक्षक
यसपटकको कोपा अमेरिकामा चार अर्जेन्टिनी नागरिक प्रशिक्षक छन्। अर्जेन्टिना, पाराग्वे, इक्वेडर र पेरुका प्रशिक्षक अर्जेन्टिनी नागरिक हुन्।
अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कोलानी छन्। ने एडुवार्डो बेरिजो पराग्वे, गुस्ताभो अल्फारो इक्वेडर र रिकार्डो गारेसा पेरुको प्रशिक्षक छन्।

यस्तै, उरुग्वेली नागरिक ओस्कार ताबारेज उरुग्वेको र मार्टिन लार्टे चिलीका प्रशिक्षक छन्। ब्राजिलको प्रशिक्षकमा आफ्नै देशका टिटे छन्। यता, कोलम्बियाको प्रशिक्षक पनि आफ्नै देशका रेइनाल्डो रुएडा छन्। यस्तै, पोर्चुगलका जोस पेसेइरो भेनेजुएलाको प्रशिक्षक छन्। भेनेजुएलाका नागरिक सेजार फारियस भने बोलिभियाको प्रशिक्षक छन्।

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  २०:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी
बेपत्ता व्यक्तिको मृत्यु घोषणाका लागि अध्यादेशमार्फत कानुन संशोधन गर्दैछौं : कानुनमन्त्री
असोज २३ बाट दशैंका लागि अग्रीम टिकट बुकिङ खुला
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी मंगलबार, असोज २०, २०८३
बेपत्ता व्यक्तिको मृत्यु घोषणाका लागि अध्यादेशमार्फत कानुन संशोधन गर्दैछौं : कानुनमन्त्री मंगलबार, असोज २०, २०८३
असोज २३ बाट दशैंका लागि अग्रीम टिकट बुकिङ खुला मंगलबार, असोज २०, २०८३
दसैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सक्ने निर्णय मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्