• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कोरोनाले घेरेको कोपा अमेरिका

64x64
नेपाल लाइभ आइतबार, जेठ ३०, २०७८  २०:२८
1140x725

काठमाडाैं- विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता मानिने महादेशीय प्रतियोगिता, कोपा अमेरिका सोमबारदेखि ब्राजिलमा शुरु हुँदैछ।

मिनी विश्वकप मानिने युरोकप सुरु भएको दुई दिनपछि ४७ औं संस्करणको कोपा अमेरिका पनि सुरु हुन लागेको हो।घरेलु टोली ब्राजिलले भेनेजुएलासँग खेल्दै प्रतियोगिता सुरुवात गर्दैछ। खेल ब्रासिलियास्थित स्टाडियो नासिओनाल माने गारिन्चामा नेपाली समय अनुसार सोमबार बिहान २:४५ बजे सुरु हुनेछ।

ब्राजिल घरेलु मैदानमा खेलिएको कोपा अमेरिकाको २० खेलमा अपराजित छ। पछिल्लो पटक ब्राजिल सन् १९७५ मा पेरुसँग घरेलु मैदानमा पराजित भएको थियो। 

ब्राजिल र भेनेजुएला कोपा अमेरिकामा नवौं पटक खेल्न लागेका हुन्।  ब्राजिललाई यसपटक उपाधि दाबेदारको रुपमा हेरिएको छ। यसअघिको ८ खेलमा ब्राजिल अपराजित छ।  यसपटक पनि ब्राजिल यो लयलाई कायमै राख्न चाहन्छ। पेरिस सेन्ट जर्मेनबाट खेल्ने स्टार नेयमार दुई वर्षअघि ब्राजिलले उपाधि जित्दा चोटका कारण टिममा थिएनन्। त्यसैले यसपटक नेयमारतर्फ धेरैको ध्यान केन्द्रित भएको छ। 

कोरोनाले प्रभावित प्रतियोगिता 
कोपा अमेरिका २०२० मा संयुक्त रूपमा दुई देश अर्जेन्टिना र कोलम्बिया ले आयोजना गर्ने जिम्मेवारी पाएका थिए। तर, कोरोनाका कारण प्रतियोगिता एक वर्ष पछि धकेलिएको थियो। तर, मे २० मा दक्षिण अमेरिकी फुटबल महासंघले १ सय ५ वर्षे इतिहासमा पहिलोपल्ट संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको आयोजकबाट कोलम्बियालाई हटाएको थियो।

सामाजिक र आर्थिक परिवर्तनको माग राख्दै पूरा देशमा प्रदर्शन चलिरहेको कारण सुरक्षाको प्रत्याभूति नहुने महासंघको भनाइ थियो। त्यसपछि प्रतियोगिता अर्जेन्टिनामा हुने तय भयो । 

तर, निर्णय भएको केही दिनमै महासंघले अर्जेन्टिनाबाट पनि आयोजकको जिम्मेवारी खोस्यो। महासंघले अर्जेन्टिनाबाट पनि प्रतियोगिता हटाउनुको कारण के भनेर ठ्याक्कै खुलाएको छैन तर, कोरोना भाइरस संक्रमणको दोस्रो लहर चलिरहेको कारण जिम्मेवारी खोस्यो भनेर बुझिएको छ। हुन त अर्जेन्टिनाभित्र पनि प्रतियोगिताको स्थगनबारे प्रश्न उठिरहेको थियो।

मे महिनायता अर्जेन्टिनामा संक्रमणको दोस्रो लहर चर्को रूपमा बढेको छ। यसक्रममा त्यहाँ कडा लकडाउन लागू भइरहेको छ। यस्तो स्थितिमा प्रतियोगिता गर्न नहुने त्यहाँका जनताको धारण थियो। त्यसपछि प्रतियोगिता शुरु हुने एक साता अघिमात्रै महासंघले ब्राजिललाई यसको जिम्मेवारी दिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रशिक्षक र खेलाडीकै विरोध
प्रतियोगिताका लागि भनेर युरोपबाट फर्केका केही प्रमुख खेलाडीले प्रतियोगिता हुनेमा शंका व्यक्त गरेका थिए। एक त कोरोना माहमारी, त्यसमा पनि ब्राजिलमा यसको जोखिम धेरै रहेको भन्दै धेरैले विरोध समेत गरेका थिए। 

प्रतियोगिता शुरु हुनुभन्दा केही दिन अगाडि मात्रै अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनीले ब्राजिल उपयुक्त ठाउँ नभएको बताएका थिए। ‘हामी जानुपर्छ भने जान्छौं,’ उनले भनेका थिए, ‘तर, अझै पनि आवासलाई लिएर धेरै अनिश्चितताहरु छन्। इमानदार भएर भन्नुपर्दा हामी चिन्तित छौं, ब्राजिल उपयुक्त ठाउँ होइन।’ 

हुन त अर्जेन्टिनाका खेलाडी पनि कोरोनाबाट संक्रमण भएका थिए। कोरोना संक्रमणका कारण अर्जेन्टिनका गोलकिपर फ्रान्को अर्मारी र फुलब्याक गोन्जालो मोन्टियलले प्रतियोगिता गुमाउने तय भइसकेको छ। ‘स्वास्थको कारण देखाएर अर्जेन्टिनालाई अधिकारबाट बन्चित गरियो र कोलम्बियालाई पनि गरियो। र, यो अवस्थालाई स्वीकार्न साँच्चै गाह्रो हुनेछ, उनले भनेका थिए। 

यता, चिलीका प्रशिक्षक मार्टिन लासर्टेले पनि ब्राजिल सुरक्षित नभएको प्रतिकृया दिएका थिए। ‘मेरा लागि यो  ठूलो जोखिम लाग्छ। सबैभन्दा पहिला स्वास्थ्य आउँछ,’ उनले भनेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चिलीलाई पनि कोरोना संक्रमणले पिरोलेको छ। कोरोना संक्रमणकै कारण अस्पतालमा उपचाररत चिलीका भेट्रान मिडफिल्डर अर्टुरो भिडालले पनि प्रतियोगिता गुमाउनेछन्। यता, उरुग्वेली खेलाडी लुइस स्वारेजले प्रतियोगिताभन्दा मानवीय हित मुख्य रहेको बताएका छन् । तर, महासंघले उनीहरुको कुरा सुनेन।  

झन्डै १० करोड डलरको टेलिभिजन अधिकार बिक्री भइसकेको अवस्थामा दक्षिण अमेरिकी फुटबल महासंघ प्रतियोगितलाई थप अर्को वर्ष सार्न तयार थिएन। आर्थिक कारण महासंघका लागि प्रतियोगिताको आयोजना अनिवार्यजस्तै भएको कारण उनीहरुको कुरा नसुनिएको आकलन गर्न सकिन्छ । युरोपेली च्याम्पियनसिप बराबर रहेको कोपा अमेरिकाको आयोजनाबाट सन् २०१९ मा महासंघले ११ करोड ८० लाख डलर नाफा कमाएको थियो।

पछिल्लो समय प्रतियोगिताको महत्त्व र महासंघको प्रतिष्ठामा आँच आइरहेको थियो। त्यसैले ब्राजिलमा हतारमा जुन १३ देखि चार सहरमा  कोपा आयोजना गर्न लागिएको हो। 

यद्यपि, महासंघको निर्णयबाट ब्राजिल पनि चिडिएको थियो। विश्वकप छनोटअन्तर्गत इक्वेडरविरुद्धको खेलपछि ब्राजिलियन कप्तान कासेमिरोले महासंघको कदमको विरोध गरेका थिए।

उनले खेलपछि प्रशिक्षक टिटेसहितका राष्ट्रिय टिमका खेलाडीको एकै स्वर हुने बताएका हुन्। यता, प्रशिक्षक टिटेले ब्राजिलमा हुने कोपाको विरोधमा केही खेलाडीले राष्ट्रिय टिमबाट नखेल्ने बताएका थिए। कोरोना भाइरसका कारण ब्राजिलमा मृत्यु हुने संख्या बढिरहेको बेला कोपा आयोजना गर्नु उचित नहुने उनीहरुको भनाइ थियो। 

खेलाडीहरुले देशले फुटबललाई भन्दा बढी ध्यान जनताको स्वास्थ्यलाई दिनुपर्ने भनाइ राख्दै आएका छन्। तर, ब्राजिलियन सरकारले कोरोनाको प्राथमिकता दिनुको सट्टा कोपा आयोजनाको पहल गरेको भन्दै कतिपयले असन्तुष्टि जनाइरहेका छन्। यसअघि एसियन राष्ट्र कतार र अष्ट्रेलियाले पनि गेस्ट टिमको रुपमा सहभागिता जनाउने भनिए पनि कोरोनाकै कारण नाम फिर्ता लिएका थिए।

कोरोनाबाट अछुतो रहेनन् टिम
उद्घाटन खेल खेल्नुभन्दा केही समय अगाडि मात्रै भेनेजुएला टिमका ९ खेलाडीसहित १२ जनालाई कोरोना संक्रमण देखिएको छ। संक्रमण पुष्टि हुनेमा ३ जना कोचिङ स्टाफ पनि रहेका छन्। कोरोना संक्रमण पुष्टि भएका खेलाडी र कोचिङ स्टाफलाई होटलमा आइसोलेसनमा राखिएको छ। भेनेजुएलाले थप १५ खेलाडीलाई खेल्न टिममा बोलाएको छ। 

कोरोना संक्रमणकै कारण डिफेन्डर विलकर एन्जल र रोल्फ फेल्ट्सचर ब्राजिल आएका छैनन्। दक्षिण अमेरिकन फुटबल महासंघले ब्राजिल र भेनेजुएलाबीचको खेल तोकिएको समयमै हुने बताएको छ। 

ब्राजिलका स्वास्थ्यमन्त्री मार्सेलो क्वइरोगाले कोरोना लागेका सबै खेलाडी आइसोलेसनमा बसेकाले तोकिएको समयमा खेल हुने बताएका छन्।हिजोमात्रै ब्राजिलको सर्वोच्च अदालतले कोपा अमेरिका ब्राजिलमा जारी राख्नुपर्ने आदेश दिएको छ। कोरोनाका कारण प्रतियोगिता रोक्नु पर्ने निवेदन परे पनि अदालतले प्रतियोगिता नरोक्न आदेश दिएको हो। ब्राजिलको संविधानले अदालतलाई कुनै पनि प्रतियोगिता रोक्न अधिकार दिएको छैन।

ब्राजिलमा अहिलेसम्म कोरोनाका कारण ४ लाख ७५ हजारभन्दा बढी नागरिकको ज्यान गइसकेको छ। यो कोरोना संक्रमणले मर्नेमा विश्वमै दोस्रो ठूलो संख्या पनि हो।

ब्राजिलको ओ ग्लोबो समाचारपत्रको खोजअनुसार प्रतियोगिता आयोजना गर्न छनोट गरिएका चार सहरका अस्पतालमा २० प्रतिशतभन्दा कम आइसीयु बेड तयार गरिएको छ। यस्तै, महासंघले प्रतियोगिता सुरु हुनुअघि नै सबै टिमका प्रतिनिधिलाई चीनमा निर्माण भएको सिनोभ्याकको ५० हजार खोप लगाउने तर्क गरेको छ। 

खोपका दुई डोजबीच तीन साताको समय हुनुपर्ने बताइएको छ। तर, खेल आजबाट शुरु हुनेछ। कतिले खोप फुटबल टिमलाई मात्र लगाएर नपुग्ने बताएका छन्। खेलाडीहरू बस्ने होटेल तथा रेस्टुरेन्ट, तिनलाई घुमफिर गराउने यातायात श्रमिक र प्रतियोगितामा विभिन्न कार्यमा सघाउने सहयोगीलाई पनि खोप आवश्यक हुन्छ। फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गर्ने बोल्सोनारोलाई महाभियोग लगाउनुपर्ने माग उठेको  छ।

दाबेदार टिम
सन् १९१६ मा सुरु भएको प्रतियोगितामा दक्षिण अमेरिकी महादेशका १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। केही संस्करणमा उत्तर अमेरिकी र एसियन टिमले गेस्ट टिमको रुपमा समेत खेलेका थिए। 

आयोजक ब्राजिल साविक विजेता पनि हो। ब्राजिललाई सधैं उपाधिको दाबेदारको रुपमा हेरिन्छ। ब्राजिलले छैटौं पटक कोपा अमेरिका फुटबलको आयोजना गर्दैछ। यसअघि पाँच पटक आयोजक हुँदा ब्राजिलले उपाधि जितेको थियो। जसमा ब्राजिलले ४० खेल खेल्दा २६ खेल जितेको थियो भने जम्मा २ खेल मात्र हारेको थियो। यस्तै, अर्जेन्टिनालाई पनि उपाधि दाबेदारको रुपमा हेरिएको छ। उरुग्वेले सर्वाधिक १५ पटक उपाधि जित्दा अर्जेन्टिनाले १४ पटक उपाधि जितेको छ। दक्षिण अमेरिकाको १० राष्ट्रले प्रतिस्पर्धा गर्ने कोपामा सहभागी टिमलाई यस पटक दुई समूहमा विभाजन गरिएको छ।

नर्थ जोनका ब्राजिल र भेनेजुएलासहित पेरु, इक्वेडर र कोलम्बिया समूह ‘बी’ मा छन्। यस्तै साउथ जोनका अर्जेन्टिना, चिली, पाराग्वे, उरुग्वे र बोलिभिया समूह ‘ए’ मा छन्। दुवै समूहबाट शीर्ष चार टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन्।

यता, जोस मोउरिन्होले कोपालाई ठूलो प्रतियोगिताको रुपमा लिन नहुने टिप्पणी गरेका छन्। ‘कोपा अमेरिकामा त खेल्ने टिम नै १० वटा मात्रै छन्, युरोकप खेल्ने २४ छन्। युरोकपमा १० वटा त मुख्य उपाधि दाबेदार छन्। १० टिममा दुई-तीन वटा दाबेदार भएको कोपा अमेरिका र २४ टिममा १० वटा दाबेदार भएको युरो कपमा ठूलो अन्तर छ,’ उनी भन्छन्। 

प्रतिस्पर्धाका हिसाबले कोपा अमेरिका र युरो कपमा तुलना नै हुन नसक्ने उनको भनाइ छ। ‘भलै यिनको महत्त्व आ–आफ्नै छ। तर, कोपा अमेरिका जित्नु र युरो कप जित्नुमा आकाश-धर्तीको अन्तर छ,’ उनी भन्छन्।

कोपा अमेरिकामा चार अर्जेन्टिनी प्रशिक्षक
यसपटकको कोपा अमेरिकामा चार अर्जेन्टिनी नागरिक प्रशिक्षक छन्। अर्जेन्टिना, पाराग्वे, इक्वेडर र पेरुका प्रशिक्षक अर्जेन्टिनी नागरिक हुन्।
अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कोलानी छन्। ने एडुवार्डो बेरिजो पराग्वे, गुस्ताभो अल्फारो इक्वेडर र रिकार्डो गारेसा पेरुको प्रशिक्षक छन्।

यस्तै, उरुग्वेली नागरिक ओस्कार ताबारेज उरुग्वेको र मार्टिन लार्टे चिलीका प्रशिक्षक छन्। ब्राजिलको प्रशिक्षकमा आफ्नै देशका टिटे छन्। यता, कोलम्बियाको प्रशिक्षक पनि आफ्नै देशका रेइनाल्डो रुएडा छन्। यस्तै, पोर्चुगलका जोस पेसेइरो भेनेजुएलाको प्रशिक्षक छन्। भेनेजुएलाका नागरिक सेजार फारियस भने बोलिभियाको प्रशिक्षक छन्।

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  २०:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी
एनआरएन नेताहरूले नेपाल सरकारलाई गरे डीएनए किट हस्तान्तरण
सम्बन्धित सामग्री
खेल पत्रकारहरु भन्छन्– एनपीएलले नेपाललाई खेल पर्यटनको ‘हब’ बनाउने सम्भावना बढायो अग्रज पत्रकारहरुले एनपीएल नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र पर्यटकहरुलाई नेपाल भित्राउने शसक्त माध्यमका रुपमा विकसित भइरहेको... आइतबार, कात्तिक ८, २०८३
अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल एनपीएलले नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय पहिचानमा योगदान पुर्याउने सम्भावना रहेको उनीहरुको भनाइ छ । शनिबार, कात्तिक ७, २०८३
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
ताजा समाचारसबै
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी सोमबार, कात्तिक ९, २०८३
एनआरएन नेताहरूले नेपाल सरकारलाई गरे डीएनए किट हस्तान्तरण सोमबार, कात्तिक ९, २०८३
मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल सोमबार, कात्तिक ९, २०८३
स्थानीय तहका उम्मेदवार कार्यकर्ताको डिजिटल मतदानबाट छानिने, पहुँचका आधारमा टिकट नदिइने सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्