काठमाडौं– सरकारले नेपाल प्रहरीमा दुई वटा ब्यूरो स्थापना गर्ने भएको छ। बजेट भाषणमा जानकारी दिइएको साइबर र मानव बेचबिखन नियन्त्रण ब्यूरो गठन गर्न लागिएको हो।
साइबर क्राइम र मानब बेचबिखनसम्बधि अपराध धेरै बढेकाले दुई ब्यूरो स्थापना हुन लागेको हो।
सेनामा बंकरदेखि ब्यारेक कार्यक्रमलाई निरन्तरता दिने अर्थमन्त्री डा.युवराज खतिवडाले जनाएका छन्।
त्यस्तै बजेटमार्फत सरकारले कैदीको सिदा रकम बढाएको छ। यसअघि ४५ रुपैयाँ रहेकोमा उनीहरुले अब ६० रुपैयाँ पु¥याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।