काठमाडौं– सरकारले हरेक निर्वाचन क्षेत्रलाई ४/४ करोडका दरले बजेट छुट्याएको छ। विगतमा सांसद विकास कोषका नाममा यस्तो बजेट दिने गरिएकोमा यसपटक कार्यक्रमको नाम फेरेर बजेट विनियोजन गरिएको छ।
अर्थमन्त्री डा.युवराज खतिवाडले बजेट भाषणमा दिएको जानकारीअनुसार सडक, शिक्षा लगायत ५ क्षेत्रमा खर्च गर्ने गरी ४÷४ करोड रुपैयाँ छुट्याइएको हो। जून रकम संघीय सांसद, प्रदेश सांसद र स्थानीय तहका अधिकारीहरु मिलेर प्राथमिकताका आधारमा खर्च गरिने छ।
यस्तो बजेट दुरुपयोग हुने गरेको भन्दै आलोचना भएको थियो। तर, कार्यक्रमको स्वरुप फेरेर सरकारले बजेट छुट्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।