• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
कोभिडले सम्झाएको खाद्य सुरक्षा

समृद्धिको बाटो- यसरी सुधार्न सकिन्छ कृषि क्षेत्र

64x64
राजेन्द्र देवकोटा आइतबार, जेठ ३०, २०७८  ०७:०२
1140x725

अहिले कोरोना भाइरस संक्रमणबाट हुने कोभिड–१९ को महामारी संसारभरको संकट र प्रमुख चिन्ताको विषय बनेको छ। विकसित शक्तिशाली देशहरु पनि यसका सामु निरीह बनेका छन्। कमजोर र कम विकसित देशको मात्र के कुरा, विकसित र शक्तिशाली देशको अर्थतन्त्रसमेत यो महामारीले हल्लिएको छ। जनजीवन उसैगरी संकटमा छ।

नेपालको कुल गार्हस्थ्य २७.२५ प्रतिशत योगदान दिने कृषि क्षेत्रमा पनि महामारीको असर देखिन थालेको छ। विश्व बैंकले गरेको एक अनुमानित प्रक्षेपणअनुसार अल्पविकसित र विकासोन्मुख देशहरुको यो वर्ष कुल गार्हस्थ्य उत्पादन ऋणात्मक अवस्थादेखि २ प्रतिशत र विकसित देशहरुको कुल गार्हस्थ्य उत्पादन २ देखि ७ प्रतिशतभित्र रहने अनुमान छ। संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमका अनुसार कोभिड–१९ महामारीको कारणबाट विश्वभर १३ करोड ५० लाख जनसंख्या भोकमरीको जोखिमतर्फ उन्मुख हुने आकलन छ। महामारीबाट खाद्य असुरक्षातर्फ उन्मुख हुने जनसंख्या नेपालमा पनि उच्च रहने सजिलै अनुमान गर्न सकिन्छ।

नेपालको वर्तमान कृषि प्रणालीलाई नियाल्दा करिब ३५ प्रतिशत कृषक परिवारले मात्र कृषिलाई जीविकोपार्जनको भरपर्दो पेशाका रुपमा अपनाएका छन्। बाँकी ६५ प्रतिशतले न कृषिलाई जीविकोपार्जनको मुख्य माध्यम बनाउन सकेका छन् न त यो पेशा त्यागेर अरु पेशा नै रोज्न सकेका छन्। परिणाम, नेपालको कृषियोग्य भूमिको ठूलो हिस्सा लगानी र लगावको अभावले क्रमिक रुपमा बाँझो, सीमान्त र अनुत्पादक बन्दै गइरहेको छ।

विविधतायुक्त भूगोल, संस्कृति र समुदाय भएकाले नेपालको खेतीपातीमा विविधता छ। यो वास्तविकताअनुसार कृषि विकासका योजना बनाइनु पर्ने हो। तर, त्यस्तो भइराखेको छैन। २१ प्रतिशत जनतासँग जमीनको स्वामित्व छैन जसमध्ये अधिकांश भनै कृषिसँगै जोडिएका छन्। देशका करीब आधा (४७ प्रतिशत) किसान परिवारसँग ०.५ हेक्टर (करीब १५ कट्ठा) भन्दा कम जमीन छ। उनीहरूसँग कुल खेतीयोग्य जमीनको १५ प्रतिशत मात्रै स्वामित्व छ।

सन् १९८० को दशकसम्म देश खाद्यान्नमा आत्मनिर्भर थियो। कृषिमा आउने विदेशी लगानी किसानसम्म पुग्ने गथ्र्यो। यो क्रम धेरथोर १९९० सम्म पनि जेनतेन जारी रह्यो। तर, पछिल्ला दिनमा कृषिमा बैदेशिक लगानीको प्रभाव समेत अति न्यून देखिएको छ। 

संयुक्त राष्ट्र संघ कृषि तथा खाद्य संगठनको आयोजनमा १९९६ मा इटालीको रोममा पहिलो विश्व खाद्य शिखर सम्मेलन भएको थियो। त्यो सम्मेलनले रोम घोषणपत्र जारी गर्दै विश्वमा ठुलो संख्यामा भोकमरीबाट मृत्यु भइरहेको प्रतिवेदन प्रस्तुत गर्‍यो। प्रतिवेदनमा त्यसबेला विश्वभर ८० करोड जनता भोकमरीवाट ग्रस्त रहेको उल्लेख थियो। सम्मेलनमा उपस्थित प्रतिनिधिहरुले संसारवाट भोकमरी अन्त्य गरेर गरिबी निवारण गर्ने लगायतका खाद्य सुरक्षा रणनीति तय गरेका थिए। सम्मेलनले भोकमरीमा पर्नेको संख्या सन् २०१५ सम्ममा आधा घटाउने कार्ययोजना समेत पारित गरेको थियो। त्यही सम्मेलनले खाद्य अधिकारलाई हरेक मानिसको सक्रिय र स्वस्थ जीवन जिउन आवश्यक पर्ने पोषणयुक्त, आफनो संस्कृति सुहाउँदो पर्याप्त खाद्यमा नियमित पहुँचको अधिकार भनेर परिभाषित गरेको छ।

राष्ट्रसंघको दिगो विकास लक्ष्य–२ मा शून्य भोकमरी अन्तर्गत् सन २०३० सम्ममा भोकमरी हटाउने, सबै किसिमका कुपोषण हटाउने, साना किसानहरुको कृषि उत्पादन र आयआर्जन दोब्बर बनाउने, दिगो खाद्य उत्पादन प्रणाली अपनाउने र कृषि तथा पशु जैविक विविधता संरक्षण गर्ने उल्लेख छ।

नेपालको संविधान २०७२ को भाग ३ अन्तर्गत् धारा ३६ मा खाद्य सम्बन्धी हकको ब्यवस्था छ। धारा ५१ को राज्यका नीतिहरुमा कृषि तथा भूमि नीतिको ब्यवस्था गरिएको छ। राष्ट्रिय कृषि नीति २०६१, आपूर्ति नीति २०६९, लक्षित वर्गका लागि विशेष सुविधा र चौधौं योजनामा खाद्य तथा पोषण सुरक्षाको सुनिश्चितताका लागि विभिन्न ब्यवस्था गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालमा कुल जनसंख्याकोे झण्डै ७० प्रतिशत कृषि–कृषि उत्पादनमा निर्भर छ। कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान करिव २८ प्रतिशत रहेपनि खाद्य उत्पादन तथा वितरण प्रणालीमा अझै सन्तुलन कायम हुन सकेको छैन।

कसरी घटाउने खाद्य असुरक्षा?
नेपालमा खाद्य र पोषण सुरक्षाको स्थिति सरकारी तथ्यांकमा हेर्दा ७५ जिल्लामध्ये ३५ जिल्ला खाद्य असुरक्षित जिल्लाका रुपमा रहेका छन्। त्यस्तै, १३ प्रतिशत अर्थात् करिब ३५ लाख जनसंख्या मध्यमदेखि अति खाद्य असुरक्षित सूचीमा छ। कोरोना महामारीको असरसँगै नेपाल सरकारले गरेको लकडाउन र निषेधाज्ञाको अवस्थामा करिब ८० प्रतिशत किसान कृषि उत्पादनका लागि नभई नहुने सामग्री (मल, बीउबिजन, किटनाशक औषधि, विषादी)को बजारबाट प्रभावित रहेको एक अध्ययनले देखाएको छ। आफैले बीउको जोहो गर्ने परम्परा बिस्तारै हराउँदै गएर बजारमा उपलब्ध बीउमा निर्भर रहने किसान अहिले बीउ किन्न जान नपाउने र पाएको बीउ, मल पनि उन्नत जातको नहुने समस्याबाट हैरान छन्। अर्कोतर्फ उत्पादित सामग्रीको ढुवानी र बजारको समस्याले कृषि उपज बारीमै खेर गइरहेका छन्। करिब ७२ प्रतिशत किसानले यातायातका कारण उत्पादनलाई बजारसम्म पुर्याउन असहज अवस्था भोगिरहेका छन्। 

नेपालमा कुल जनसंख्याकोे झण्डै ७० प्रतिशत कृषि–कृषि उत्पादनमा निर्भर छ। कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान करिव २८ प्रतिशत रहेपनि खाद्य उत्पादन तथा वितरण प्रणालीमा अझै सन्तुलन कायम हुन सकेको छैन। परिणाम, खाद्य सुरक्षा र कुपोषणको समस्यावाट नेपालले पूर्णरुपमा निकास पाउन सकेको छैन। खाद्य सम्प्रभुताले कृषकलाई आफना समस्या समाधान हुनेगरि विभिन्न नीतिहरु वनाएर कार्यान्वयन गर्ने अधिकार दिएको छ। यसको लागि राज्यले कृषकका समस्यालाई राम्रोसँग मनन गरेर निराकरण हुनेगरि नीति नियम तर्जुमा गर्ने र उत्पादनमा सरिक समूहहरुलाई प्रोत्साहन दिनुपर्ने हुन्छ। स्थानीय कृषकहरुलाई स्थानीय प्रविधिअनुकुल उत्पादनमा सरिक गराएर स्थानीय उत्पादनहरु नै खपत गर्ने वातावरणकोे सिर्जना हुनसके अवसरको खोजीमा खाडी मुलुक लगायतका देशमा जाने जनशक्तिलाई यहीँ रोक्न सकिन्छ। र, उत्पादनमा सरिक बनाई खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुताको अवस्था सुधार्न सकिन्छ। भन्नुको तात्पर्य जबसम्म समाज र राज्यले कृषक र कृषि पेशालाई सम्मान गर्ने वातावरण बन्दैन, तबसम्म उत्पादन र वितरण प्रणालीमा सुधार आउँदैन। परिणाम, खाद्य असुरक्षाको अवस्था रहिरहन्छ। 

यसरी हुन्छ कृषिमा सुधार
कृषिमा जनसंख्याको ठूलो हिस्सा सहभागी रहेकाले सबभन्दा पहिले त्यसलाई घटाउनुपर्छ। कुल जनसंख्याको ३० प्रतिशत कृषिमा, २० प्रतिशत उद्योगमा र बाँकी ५० प्रतिशत सेवा तथा व्यापार क्षेत्रमा संलग्न गराउँदा मात्र हामीले भन्नेगरेको समृद्धि हासिल गर्न सकिन्छ। अहिले सरकारको कृषि सेवाप्रवाह १५ देखि १८ प्रतिशत किसानले मात्र पाउन सकेका छन्।

Xtrem

Xtrem

साना किसानले अहिलेको क्षमताभन्दा २५ प्रतिशत मात्रै बढी उत्पादन गरे भने राष्ट्रिय स्तरमै ठूलो परिवर्तन आउँछ। अवस्था चाहिँ कस्तो छ भने साना किसान कृषिबाट विस्थापित हुँदा कुल कृषियोग्य भूमिको झण्डै एक चौथाइ जमीन बाँझै रहेको जानकारहरुले बताउँदै आएका छन्। समृद्धि–पथमा अघि बढेका हाम्रा छिमेकी तथा मित्रराष्ट्रहरु (जस्तै, भुटान, थाइल्याण्ड, भारत, भियतनाम र चीन)ले १९९० देखि २०१७ को अवधिमा औसत ४२ प्रतिशतले उत्पादकत्व वृद्धि गरेका छन्। सोही अवधिमा त्यहाँ कृषि पेशामा आवद्ध परिवार संख्या औसत ३० प्रतिशतले घटेको छ। गरिबीबाट गुज्रिरहेका अधिकांश मुलुकले भने न उत्पादन वृद्धि गर्न सकेका छन् न त कृषिमा आश्रित परिवार संख्या घटाउन। 

खाद्यान्न उत्पादनमा स्थानीय र राष्ट्रिय, दुवै तह आत्मनिर्भर हुनुपर्छ। कृषिले ग्रामीण अर्थव्यवस्थाका लागि मियोको काम गर्नसक्छ। कृषि क्षेत्रको उत्पादकत्व अति न्यून हुँदा उत्पादनले आन्तरिक माग पूर्ति गर्नसमेत सकेको देखिँदैन। यहीकारण ठूलो परिमाणमा कृषिजन्य वस्तुहरूको आयात गरिराख्नु परेको छ। परिणाम, कृषि पेसामा सलंग्न किसानहरू नै चरम गरिबीमा छन्। 

हामी आज खाद्य अधिकारको वकालत गरिरहेका छौं। यसका लागि मुख्यतः साना किसानको  सवालमा राज्यबाट नभई नहुने काम यसप्रकार छन्ः 

  • साना किसान, भूमिहीन र गरीव किसानहरुको जीविकोपार्जनका साधनहरुको विविधिकरण गरी उत्पादनका साथै उत्पादकत्व बृदि गर्नुपर्ने।
  • सरकारको जोखिम वहन संयन्त्रमार्फत् वित्तिय संस्थाहरुले साना उत्पादक किसानहरुको आर्थिक समावेशीकरण र मूल्य श्रृंखला, कृषि व्यावसायिक योजना तथा साना किसानहरु सम्मिलित कृषि समूहलाई विना धितो कृषि, कृषि व्यवसाय तथा कृषि मूल्य श्रृंखलामा लगानी वढाउनुपर्ने। वास्तविक र आधारभूत तहका किसानलाई सस्तो ब्याजमा सुलभ ऋणको प्रत्याभूति हुनेगरी कृषिको दिगो व्यवसाय, व्यवसायीकरण र उत्पादकत्वलाई अभिवृद्धि गर्नुपर्ने।
  • वास्तविक उत्पादक किसानलाई लक्षित गरि उन्नत बीउ–नश्ल, मल, सिँचाई, बिजुलीजस्ता उत्पादनका मुख्य सामग्रीमा सरकारी अनुदान तथा सहुलियतको ब्यवस्था गर्ने।
  • साना उत्पादकहरुको लागि स्थानीयस्तरमै कृषि वजार, उत्पादन पश्चातको भण्डारण, व्यवस्थापन, सामान्य प्रशोधन तथा स्तरोन्नती गरी उचित मूल्य उपलब्ध गराउने। साना किसानलाई वजार पहुँच सहायता उपलव्ध गराउने।
  • सबै किसानलाई समुदायस्तरमा किसान फिल्ड स्कुल तथा सामुदायिक कृषि प्रसार सेवा केन्द्रहरुको स्थापना गरि कृषि उपकरण, मल, विउ, विषादी, प्राविधिक सेवा, परामर्श, सूचना, कृषि अभ्यास सेवा तथा कृषि उपजको प्रमाणिकरण सहयोग आदि सेवाहरु किसानले नै समुदायस्तरमा व्यवस्थापन गरेका सस्तो भाडा, भौचर प्रणाली र कृिष सहजकर्ताहरुमार्फत् सुनिश्चित गर्ने।
  • जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रत्यक्ष प्रभावलाई कम गर्न जलवायु अनुकूल बाली, प्रजाती तथा खेती प्रणाली अपनाउन किसानलाई प्राविधिक तथा आर्थिक सहयोेग गर्ने।
  • किसानलाई वास्तविक समयको कृषि, मौसमी तथा हावापानी सम्बन्धी सूचना उपलव्ध गराउने।
  • कृषि तथा पशुपंक्षी बीमा कार्यक्रमलाई सहज र सुपथरुपमा किसानको पहुँचमा पुर्‍याउने र प्राकृतिक प्रकोप र जलवायु परिवर्तनजन्य जोखिमबाट कृषि बालीको हानी नोक्सानीबाट किसानलाई सुरक्षित गर्न मौसमी सूचाङ्क र विमा प्रविधिको विस्तार गर्ने।
  • किसानले उत्पादन गर्ने मुख्य बाली–वस्तुको उचित वजार नपाएको खण्डमा सरकारले न्यूनतम समर्थन मूल्यका आधारमा खरिद गर्ने व्यवस्था गर्ने र सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले साना किसान उत्पादकहरुको कृषि उपज खरिदको व्यवस्था गर्ने।
  • उत्पादनको दिगोपना, कृषिको व्यावसायीकरण र उत्पादकत्व वृद्धिका लागि जमिनको चक्लाबन्दी, कृषिमा यान्त्रिकीकरण, भण्डारण, प्रशोधनलगायत सिँचाई, विषादी व्यवस्थापन, रोग नियन्त्रण, नयाँ प्रविधि तथा उन्नत जात/नश्लको अनुसन्धान र विकास, पर्यावरणीय कृषि जस्ता नविनतम कार्यक्रमहरू एकिकृत रुपमा सञ्चालन गर्ने।
  • बाँझो जमीन, कम उपयोग भएका जमीनको कृषि प्रयोजनमा सदुपयोग गर्ने।
  • विपद्को समयमा खाद्यान्न पहुँच सुनिश्चितताको लागि खाद्य भण्डारण र न्यायोचित वितरण प्रणालीको व्यवस्था गर्ने।
  • खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी कानून कार्यान्वयन र कानूनले निर्दिष्ट गरेका नीतिगत, संरचनागत र योजनागत कामहरु यथाशिघ्र शुरु गर्ने।
  • खाद्य अधिकारको सुनिश्चतताका लागि आवधिक राष्ट्रिय खाद्य योजना तर्जुमा गरी तीन वटै तहका सरकारहरुको समन्वय, सहकार्य र विकास साझेदार संस्थाहरुसँगको साझेदारीमा प्रभावकारी रुपमा कार्यान्वयन गर्ने।

सन् १९७० ताकाको हाम्रो कृषि अन्य एशियाली राष्ट्रहरुको तुलनामा धेरै राम्रो थियो। तर, इतिहासको त्यो प्रगति विवरण अनुसार अहिले आशातीत सफलता हासिल भएको देखिन्न। भोक, रोग, गरिबी र साना किसानको आर्थिक उपार्जनमा प्रगति गर्न सकिएको छैन। खेतीको लागि सम्भावनासहितको जमीन व्यापक छ तर, अहिले धेरै जमीन बाँझै रहेको छ। कृषि उपजको आयात निरन्तर बृद्धि भइरहेको छ। भएको उत्पादन घट्दो छ। विधि र प्रविधिको अनुसरण, साना किसानमा अनुदान, ऋणको पहुँच, सेवा र प्रविधि लगायतमा हामी धेरै पछि छौं। धेरै नीति, रणनीति, योजना बनेका र आयोजना सम्पन्न भए पनि हाम्रो कृषि प्रगतिपथमा लम्किनुको सट्टा गिर्दो र घट्दो छ। कोभिड–१९ महामारीले हाम्रो कृषिलाई अझ ठुलो असर पुर्याएको छ। 

राष्ट्रको विकासमा कृषि निकै महत्वपूर्ण खुड्किलो हो। युवा रोजगारसहित युवा उद्यमको विकास र उत्पादन तथा उत्पादकत्व बृद्धि गरेर निर्यातमुखी कृषिमा अग्रसर हुने बेला आइसकेको छ। त्यसले नै हाम्रो खाद्य सुरक्षामात्र सुनिश्चित गर्नेछैन, हामीलाई आत्मनिर्भर बन्ने बाटोमासमेत अग्रसर गराउनेछ।  


(कृषिविज्ञ देवकोटा राष्ट्रिय कृषक समुह महासंघको सल्लाहकार छन्।)
 

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजेन्द्र देवकोटा
लेखकबाट थप
समृद्धिको बाटो- यसरी सुधार्न सकिन्छ कृषि क्षेत्र
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई बुधबार, असोज ७, २०८३
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्