• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत २३, २०८२ Mon, Apr 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सर्वदलीय बैठकमा प्रधानमन्त्रीप्रति आक्रोश- 'संविधान र लोकतन्त्र जोगाउन हामी जिउँदै छौं'

64x64
किशोर दहाल शुक्रबार, जेठ २८, २०७८  २१:५६
1140x725
शुक्रबार बानेश्वरस्थित संसद् भवनमा भएको छलफलमा सहभागी शीर्ष नेताहरु।

काठमाडौं- सभामुख अग्‍निप्रसाद सापकोटाले आह्वान गरेको पूर्वप्रधानमन्त्री तथा संघीय संसद्‌‍मा प्रतिनिधित्व गर्ने दलका नेताहरुको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति तीव्र आक्रोश व्यक्त भएको छ। बैठकमा सहभागी पूर्वप्रधानमन्त्री तथा दलका नेताहरुले पटक-पटक प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई रहस्यमयी भन्दै त्यसको सामूहिक प्रतिवाद गर्नुपर्नेमा जोड दिए।

पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री र राष्ट्रपतिले हुँदै नभएको अधिकार प्रयोग गरेर संविधानको धज्जी उडाएको बताएका थिए। उनले प्रतिनिधि सभा विघटन गर्ने कदम असंवैधानिक र अलोकतान्त्रिक भएको दोहोर्‍याएका थिए। ‘अहिले सडकमा गएर आन्दोलन गर्ने अवस्था छैन। त्यसैले सबै दलहरु एक ठाउँमा उभिएर प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमको प्रतिवाद गर्नुपर्छ,’ देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले नेपाल लाइभसँग भने।

मध्यरातमा प्रतिनिधि सभा विघटन गर्ने कदमलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले रहस्यमयी घटनाको रुपमा चित्रित गरे। प्रधानमन्त्री ओलीले महामारीलाई असंवैधानिक कदम चाल्ने महामारीको रुपमा प्रयोग गरेको भन्दै आक्रोश पोखेका थिए। प्रधानमन्त्रीका कदमहरुले विधि, पद्धति, मूल्य मान्यता, लोकतन्त्र र संविधानको उपहास गरेको उनको भनाइ थियो। उनले प्राप्त उपलब्धिहरु जनताको कठिन संघर्षबाट सम्भव भएको भन्दै त्यसलाई जोगाउन सबै दल मिलेर अघि बढ्नुपर्ने बताएका थिए। प्रचण्डले अध्यादेशबाट शासन गर्ने ओली शैली रहेको भन्दै आलोचना गरेका थिए।

शुक्रबार बानेश्वरस्थित संसद् भवनमा भएको छलफलमा सहभागी शीर्ष नेताहरु।

पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालले ओलीको आलोचना गर्दै उनको शैली ‘विनाशकाले विपरीत बुद्धि’ भएको उल्लेख गरे। स्वास्थ्यमा समस्याले घरमै आराम गरिरहेका उनी वानेश्वरको छलफलमा भौतिक रुपमा नभई 'भर्चुअल' माध्यमबाट सहभागी भएका थिए। उनले अहिले संसद् कोमामा रहेको तर मरिनसकेको बताएका थिए।

पछिल्लो समय ओलीसँगको तिक्त सम्बन्धमा रहेका पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बानेश्वरमा पनि कडा अभिव्यक्ति दिएका थिए। सरकारको आलोचना गर्ने क्रममा उनले सरकारले कूटनीतिक सम्बन्धमा गलत नजिर बसालेको बताए। प्रतिनिधि सभा पुनःस्थापनाको लागि जनताले विभिन्न उपायबाट आवाज बुलन्द बनाउनुपर्ने उनको धारणा थियो। उनले कोरोना नभएको भए गत पुस ५ प्रतिनिधि सभा विघटन गर्दा विरोधमा निस्किएका जनताभन्दा यसपटक दोब्बर जनता सडकमा हुने थिए भनेका थिए। ‘माधव नेपालले लोकतन्त्र तथा संविधान जनताको संघर्षबाट प्राप्त भएको र त्यसको रक्षाका लागि नेताहरू जिउँदै भएको बताउनुभयो,’ ती नेताले भने।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संविधान र लोकतन्त्र खतरामा रहेको बताएका थिए। उनले प्रतिनिधि सभा पुनःस्थापित भएमा वा नभएमा के गर्ने भनेर विपक्षी दलहरुले अहिलेदेखि नै विकल्प खोजिरहनुपर्ने बताएका थिए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिको चलखेलका विषयलाई जोड दिएका उनले त्यसको प्रतिवाद कसरी गर्ने भन्ने विषयमासमेत छलफल र विमर्श आवश्यक रहेको बताएका थिए। प्रतिनिधि सभा विघटन सदर भयो भने र तोकिएको मितिमा चुनाव भएन भने सभामुखले आफूमा रहेको अवशिष्ट अधिकार प्रयोग गरेर संसद्‌‍लाई जीवित मान्दै बैठक बोलाउने रणनीति तयार गर्नुपर्ने उनको सुझाव थियो।

बैठकपछि सञ्चारकर्मीहरुसँग भट्टराईले सभामुखको हातमा महत्त्वपूर्ण जिम्मेवारी रहेको बताए। ‘दलहरुलाई तपाईंले घच्घच्याइराख्ने र लोकतन्त्रको रक्षामा पहरेदारी गरिराख्ने जिम्मेवारी तपाईंको हुन्छ। तपाईं लाग्नुस्। यसमा तपाईंलाई हाम्रो साथ र सहयोग रहन्छ भन्यौँ,’ उनले सभामुखलाई दिएको सुझावबारे भने। 

जेठ ७ गते राति (८ गते बिहान) प्रतिनिधि सभा विघटन गरिएपछि तीव्र असन्तुष्टि राख्दै आएका समामुख सापकोटाले दलहरुसँग गरेको शुक्रबारको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि निमन्त्रणा गरिएको थियो। तर, उनी उपस्थित भएनन्।

nimb
nimb
Ncell 2
Ncell 2

जसपाकै केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्र बचाउन पाँच पार्टीको गठबन्धनलाई थप मजबुत बनाएर लैजानुपर्ने बताएका थिए। बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै यादवले लोकतन्त्रलाई जोगाउनका लागि आफूहरु संघर्ष गर्न तयार रहेको बताए। ‘तर अहिले हाम्रो आस्था सर्वोच्चमा छ। सर्वोच्चप्रति हाम्रो ठूलो आस्था भएकोले त्यहाँबाट न्याय पाइन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ,’ उनको भनाइ थियो।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता दीपक बोहराले प्रतिनिधि सभा विघटनका सम्बन्धमा अदालतबाट आउने फैसला सबैले मान्नुपर्ने भएकाले यस्ता छलफलबाट धारणा बनाउन नहुने बताए। उनले राप्रपा अदालतको निर्णय नै अन्तिम हो भन्ने पक्षमा रहेको पनि बताएका थिए। सरसल्लाह गर्न भनेर डाकिएको बैठक भएकाले कुनै निष्कर्ष भने ननिस्केको उनले बैठकपछि सञ्चारकर्मीहरुसँग भने।

शुक्रबार बानेश्वरस्थित संसद् भवनमा भएको छलफलमा सहभागी शीर्ष नेताहरु।

जेठ ७ गते राति (८ गते बिहान) प्रतिनिधि सभा विघटन गरिएपछि तीव्र असन्तुष्टि राख्दै आएका समामुख सापकोटाले दलहरुसँग गरेको शुक्रबारको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि निमन्त्रणा गरिएको थियो। तर, उनी उपस्थित भएनन्। उनीमात्रै होइन, एमालेको उनीपक्षका कोही पनि उपस्थित भएनन्। त्यस्तै, राष्ट्रिय जनमोर्चाबाट पनि कोही नेता उपस्थित भएनन्। नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट भने प्रेम सुवालको उपस्थिति थियो।

प्रतिनिधि सभा विघटन गर्ने कदमलाई सभामुख सापकोटाले असंवैधानिक र अलोकतान्त्रिक भनिसकेका छन्। जेठ ८ गते उनले वक्तव्य जारी गर्दै भनेका थिए- ‘संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेस भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदा-रहँदै सार्वभौम प्रतिनिधि सभा विघटनको निष्कर्षमा पुग्नु कदापि स्वाभाविक र संवैधानिक कदम मान्न सकिने अवस्था रहँदैन। राष्ट्रपति कार्यालयबाट २०७८ जेठ ७ गते जारी विज्ञप्ति नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन २०७३ र प्रतिनिधि सभा नियमावली २०७५ ले गरेको व्यवस्थासँग मेल खाएको देखिँदैन। जुन शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणको सिद्धान्तविपरीत हुन गएको छ।'

शुक्रबार बानेश्वरस्थित संसद् भवनमा भएको छलफलमा सभामुख अग्‍निप्रसाद सापकोटा।

त्यसयता सभामुखले औपचारिक र अनौपचारिक भेटघाटलाई तीव्रता दिएका छन्। उनले जेठ ११ गते पूर्वसभामुखहरुसँग छलफल गरेका थिए। छलफलमा पूर्वसभामुखहरु रामचन्द्र पौडेल, तारानाथ रानाभाट, ओनसरी घर्ती र कृष्णबहादुर महरासँग छलफल गरेका थिए। रानाभाट भने 'भर्चुअल' माध्यमबाट छलफलमा जोडिएका थिए। छलफलमा सहभागीहरुले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भनेका थिए। त्यस्तै, जेठ १३ गते उनले संविधानविद् तथा कानुनविद्हरुसँग छलफल गरेका थिए। सो छलफलमा कतिपयले सभामुखलाई थप सक्रियता देखाउन भनेका थिए। त्यसका अतिरिक्त उनले विषयका जानकार, नागरिक समाजका व्यक्तित्व तथा बौद्धिक व्यक्तित्वहरुसँग अनौपचारिक छलफललाई निरन्तरता दिइरहेको सभामुख सचिवालयको भनाइ छ।

प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  २१:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
सभामुख डीपी अर्यालले लिए शपथ आइतबार दिउँसो राष्ट्रपति कार्यालय भवन शीतल निवासमा आयोजित विशेष समारोहकाबिच राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई सभामुख पदक... आइतबार, चैत २२, २०८२
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लिला भण्डारीको नाम सर्वसम्मत दलहरूबीचको सहमतिमा उपाध्यक्ष एमालेलाई दिने सहमति भएको हो । आइतबार, चैत २२, २०८२
सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् । तर शैक्षिक संस्थाहरूको हकमा भने यो समय लागू हुने छैन। मन्त्री... आइतबार, चैत २२, २०८२
ताजा समाचारसबै
रेखा शर्मालाई हिरासतमुक्त गर्न काठमाडौं जिल्ला अदालतको आदेश आइतबार, चैत २२, २०८२
शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन आइतबार, चैत २२, २०८२
शुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले दियो अनुमति आइतबार, चैत २२, २०८२
डा. नारायण दत्त कँडेल महान्यायाधिवक्ता नियुक्त आइतबार, चैत २२, २०८२
सभामुख डीपी अर्यालले लिए शपथ आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म आइतबार, चैत २२, २०८२
कलाकार सागर लम्साल पक्राउ शनिबार, चैत २१, २०८२
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना समातिए शनिबार, चैत २१, २०८२
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लिला भण्डारीको नाम सर्वसम्मत आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्