काठमाडौं– दरबारमार्गस्थित महानगरीय ट्राफिक प्रहरी प्रभागमा आगलागी भएको छ। बिद्युत् लाइन सट भएर मंगलबार दिउँसो आगलागी भएको हो।
ट्राफिकको नयाँ भवनमा आगो लागेको हो। दमकल बोलाएर आगजनी नियन्त्रणको प्रयास भइरहेको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जनाएको छ।
आगलागीमा कुनै मानवीय क्षती भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।