• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

आज रातिदेखि शुरु हुँदै 'मिनि विश्वकप'

64x64
नेपाल लाइभ शुक्रबार, जेठ २८, २०७८  ०७:०५
1140x725

काठमाडाैं- युरोपियन फुटबल महासंघ (युइएफए) को आयोजनामा हुन लागेको ‘मिनी विश्वकप’को रुपमा परिचित युरोकपको १६औं संस्करणको महादेशीय फुटबल प्रतियोगिता शुक्रबार रातिबाट शुरु हुँदैछ।

प्रतियोगिता जुन ११ देखि जुलाई ११ सम्म हुँदैछ। प्रतियोगिता ११ देशका ११ शहरमा आयोजना हुनेछ। शुरुमा सन् २०२० को जुन १२ देखि जुलाई १२ सम्म प्रतियोगिता आयोजना हुने तय भएपनि कोरोना महामारीको कारण एक वर्ष पछाडि धकेलिएको थियो।  एक वर्ष सारेर सन् २०२१ मा प्रतियोगिता आयोजना गर्न लागिए पनि नाम युइएफए युरो २०२० नै राखिएको छ। त्यसैले पहिलो पटक युरोकप विजोर वर्षमा हुन लागेको हो।

प्रतियोगिताको उद्घाटन खेल जुन ११ मा इटालीको रोममा हुँदैछ। उद्घाटन खेलमा टर्की र इटालीबीच प्रतिस्पर्धा हुँदैछ। फाइनल खेल लण्डनको वेम्बली स्टेडियममा जुलाई ११ मा हुनेछ।  कोरोना महामारीका कारण खेलमा सीमित दर्शकलाई मात्र प्रवेश दिइनेछ। 

प्रत्येक देशमा समूह चरणका तीन खेल र अन्तिम १६ वा क्वार्टरफाइनलको एक खेल हुनेछन्। ६ समूहका शीर्ष दुई टिम गरी १२ टिम अन्तिम १६ मा पुग्नेछन्। समूहमा तेस्रो हुनेमध्ये उत्कृष्ट ४ टिम पनि अन्तिम १६ मा पुग्नेछन्।समूह चरणका खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे,  राति ९:४५ बजे र मध्यरात १२:४५ बजे हुनेछन्। अन्तिम १६  र क्वार्टरफाइनल खेल राति ९:४५ बजे र मध्यरात १२:४५ बजे हुनेछन्। सेमिफाइनल र फाइनल खेल मध्यरात १२:४५ बजे हुनेछ।

५ नयाँ टोली 
युरोकपको ६० वर्षे इतिहासमा दोस्रो पटक २४ टिमबीच प्रतिस्पर्धा हुँदैछ। जसमध्ये १९ टिम अघिल्लो संस्करण खेलेका थिए। ११ वटा आयोजक देशमध्ये सात देशले युरो कपको छनोट सिधा पार गरेका थिए। हंगेरी र स्कटल्याण्डले प्लेअफ जितेका थिए। 

फिनल्याण्ड र नर्थ म्यासेडोनिया पहिलोपटक युरोकप खेल्दैछन्। फिनल्याण्ड, इटली रहेको समूह ‘जे’बाट दोस्रो हुँदै सिधै छनोट भएको हो। यता, नर्थ मेसेडोनिया प्लेअफ हुँदै छनोट हुन सफल भएको हो। 

यस्तै, स्कटल्याण्ड सन् १९९८ को विश्वकपपछि पहिलो मुख्य प्रतियोगिता खेल्दैछ। २५ वर्षपछि पहिलोपटक युरोकपमा छनोट भएको स्कटल्याण्डले सन् १९९६ मा युरोकप खेलेको थियो।

नेदरल्याण्ड्स २०१४ को विश्वकपछि पहिलो पटक मुख्य प्रतियोगिता खेल्दैछ। अघिल्लो संस्करणमा र डेनमार्क युरोकपमा छनोट हुन सकेको थिएन। नेदरल्याण्ड्स र डेनमार्क युरोकपका पूर्व विजेता राष्ट्रसम्मेत हुन्। यी दुवै राष्ट्र २०१६ मा छनोट हुन असफल भएका थिए। नेदरल्याण्ड्स र डेनमार्क छनोट चरण पार गरेपछि यसपटक पूर्वविजेता १० राष्ट्रमध्ये ९ राष्ट्र छनोट भएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै, यसअघि एक–एक पटक उपाधि जितेका सोभियत संघ र चेकोस्लोभाकिया भने अहिले विभिन्न राष्ट्रमा विभाजित भइसकेका छन्। यता, सन् २०१६ मा  डेब्यु गरेका वेल्स र स्लोभाकिया यसपटक पनि छनोट भएका छन्। यसपटकको युरोकपमा पूर्व विजेता ग्रिस प्रतियोगिता सहभागी छैन। २००४ को विजेता ग्रिस छनोट पार गर्न असफल भएको थियो। यता, अल्बानिया, आइसल्यान्ड, उत्तरी आयरल्यान्ड, आयरल्यान्ड गणतन्त्र र रोमानिया युरो २०२० मा छनोट हुन सकेनन्। उनीहरुले सन् २०१६ को युरोकप खेलेका थिए।

यस्तै, आयोजक देशमध्ये रोमानिया र अजरबैजान भने छनोट हुन असफल भए।  युरोकप २०२० को छनोटमा बेल्जियम र इटलीले शतप्रतिशत जित हात पारेका थिए। दुवै टिमले आफ्नो समूहमा समान १० खेल जितेका थिए। समूह ‘आई’ मा रहेको बेल्जियमले ४० गोल गर्दा जम्मा ३ गोल मात्र खाएको थियो। यस्तै, समूह ‘जे’ मा रहेको इटलीले ३७ गोल गर्दै ४ गोल खाएको थियो। छनोटमा बेल्जियमका रोमेलु लुकाकुले ७ गोल गरेका थिए भने इटलीका आन्द्रे बालोट्टीले ४ गोल गरेका थिए।

पूर्वविजेता १० मध्ये यसपटक ग्रीसबाहेक अरु टिम छनोट भएका छन्। जसमा ६ पूर्वविजेता अहिले पनि उपाधि दाबेदार हुन्। यस्तै, अहिलेसम्म उपाधि जित्न नसकेको इंग्ल्याण्ड र बेल्जियम पनि उपाधिको दाबेदारको रुपमा हेरिएकाे छ।

सन् १९६० को पहिलो संस्करणदेखि पाँचौ संस्करणसम्म युरोकप ४ टिमबीच खेलाइएको थियो। १९८० को छैटौ संस्करणदेखि टिम संख्या बढाएर ८ पुर्‍याइयो। १९९६ को दशौं संस्करणदेखि पुनः बढाएर १६ टिम पुर्‍याइएको थियो।पाँच वर्षअघि फ्रान्समा भएको १५औं संस्करणमा पहिलोपटक टिम २४ पुर्‍याइएको थियो।

Xtrem

Xtrem

युरोकप २०२० मा पहिलोपटक भिडियो सहायक रेफ्री (भिएआर) प्रयोग हुँदैछ।

हरेक टिममा २६ खेलाडी 
कोरोना महामारीका कारण युरोकप २०२० फुटबल प्रतियोगितामा सहभागी हरेक टिमले २६ खेलाडी राख्न पाउने भएका छन्।  महामारीका कारण यूईएफएको एक्जुकेटिभ कमिटीले खेलाडी र क्लबको लोड कम गर्न टिममा २६ खेलाडी राख्न पाउने निर्णय गरेको हो। 

यद्यपि, हरेक म्याचमा बढीमा एक टिमको २३ खेलाडी मात्र राख्न पाइनेछ। प्लेइङ ११ बाहेक १२ जना सब्स्टिट्युट खेलाडी बेन्चमा बस्न पाउनेछन्। यूईएफले गत मार्चमा युरोकपमा ५ खेलाडी सब्सिच्युट गर्न पाउने प्रावधान बनाएको छ। यूईएफए एक्जुकेटिभ कमिटीले ‘आईएफएबी ल अफ दि गे’मा राखेको ‘ल’ ३ अनुसार नै युरोकपमा पनि सहभागी टिमहरुले ५ खेलाडी एक खेलमा परिवर्तन गर्न पाउनेछन्।

खेल अतिरिक्त समयमा धकेलिएको अवस्थामा थप एक खेलाडी परिवर्तन गर्न पाइने नियम बनाइएको छ। नियमित समयमा तीन पटक मात्र खेलाडी परिवर्तन गर्न पाइनेछ। अतिरिक्त समय एक पटक खेलाडी परिवर्तन गर्न पाइनेछ। 

कुन खेल कहाँ
यसअघि युरोकप एक देशले वा एकभन्दा बढी देशले संयुक्त रुपमा मिलेर आयोजना गरेका थिए। अहिलेसम्म १५ संस्करण सम्पन्न हुँदा १२ पटक एकै देशले युरो आयोजना गरेको छ भने तीन पटक भने दुई देश मिलेर आयोजना गरेका थिए। तर, यसपटक भने युरोपका ११ देशमा युरोकप हुँदैछ। युरोकपको ६०औं वर्षगाँठको अवसरमा पहिलो पटक युरोकप एकभन्दा धेरै देशमा हुन लागेको हो। 

युरोकप २०२० मा भने ११ देशको ११ शहर आयोजकको रुपमा रहेको छ। यसअघि एउटा मात्र देशले आयोजना गर्दा त्यो देशको ११–१२ वटा रंगशालामा खेल हुने गरेको थियो। यसपटक देश फरक भए पनि ११ वटै रंगशालामा खेल हुनेछ। यसपटक युरोकपमा समूह चरणमा ३६ र नकआउट चरणमा १५ गरी कुल ५१ खेल हुनेछन्।
 
युरोकप २०२० को सबैभन्दा धेरै खेल बेलायतको लण्डनस्थित वेम्बली रंगशालामा हुनेछ। जहाँ सेमिफाइल र फाइनलसहित ८ खेल हुनेछ। वेम्बलीमा समूह चरणमा इङ्ल्याण्डले खेल्ने तीन खेल हुनेछ। यस्तै, प्रिक्वाटरफाइनलको दुई, सेमिफाइनलको दुई र फाइनल खेल पनि वेम्बलीमा हुनेछ। समूह चरणका खेलमध्ये समूह ‘ए’ का खेल अजरबैजानको बाकु र इटालीको रोममा हुनेछन्। समूह ‘बी’का खेल डेनमार्कको कोपेनहेगन र रसियाको सेन्ट पिटर्सवर्गमा हुनेछन्। 

समूह ‘सी’ का खेल नेदरल्याण्ड्सको आम्स्टर्डम र रोमानियाको बुचारेस्टमा हुनेछ। समूह ‘डी’ का खेल इंग्ल्यान्डको लण्डन र स्कटल्याण्डको ग्लाजगोमा हुनेछन्। 
यस्तै, स्पेनको सेभिया र रसियाको पिटर्सवर्गमा समूह ‘ई’ का खेल हुनेछन्। समूह ‘एफ’ का खेल जर्मनीको म्युनिखमा र हंगेरीको बुडापेस्टमा आयोजना हुनेछन्। 
युरो २०२० का लागि दक्षिण एसियाको प्रशारण अधिकार सोनी पिक्चर्स नेटवर्कले पाएको छ। नेपाली दर्शकले सोनी टेलिभिजनबाट युरो २०२० को प्रत्यक्ष प्रशारण हेर्न सक्नेछन्। 

सबैभन्दा धेरै युरोकप खेल्ने राष्ट्र जर्मनी, उपाधि ३
सबैभन्दा धेरै युरोकप खेल्ने राष्ट्र जर्मनी हो। शुरुका तीन संस्करण नखेलेको जर्मनीले सन् १९७२ देखि निरन्तर रुपमा प्रतियोगितामा भाग लिइरहेको छ। जर्मनीले सर्वाधिक ६ पटक फाइनल समेत खेलेको छ। जसमा तीन पटक उपाधि जित्दा तीन पटक उपविजेता बनेको थियो। जर्मनीले यसअघि १२औं संस्करण खेलिसकेको छ। यसपटक जर्मनीको १३औं सहभागिता हुनेछ।

अहिलेसम्म जर्मनी (पश्चिम जर्मनीसहित) र स्पेनले सर्वाधिक ३ पटक युरोकपको उपाधि जितेको छ। सन् १९७२ र  १९८० पश्चिम जर्मनीले उपाधि जितेकाे थियाे। पछि जर्मनी एक भएपछि १९९६ उपाधि जितेकाे थियाे। 

यस्तै, स्पेनले १९६४, २००८ र २०१२ मा युराेकप जितेकाे थियाे।  यस्तै, फ्रान्सले दुई पटक उपाधि जितेकाे छ। १९८४ र २००० मा फ्रान्सले उपाधि जितेकाे थियाे। 

यस्तै, सोभियत संघ (१९६०), इटली (१९६८), चेकोस्लोभाकिया (चेक रिपब्लिक १९७६), नेदरल्याण्ड्स (१९८८), डेनमार्क (१९९२), ग्रीस (२००४) र पोर्चुगल (२०१६) एक/एक पटक विजेता बनेका छन्।

जर्मनीले अहिलेसम्म सर्वाधिक १२ पटक युरो खेल्दा ६ पटक फाइनल खेलेको थियो । जसमा तीन पटक भने उपविजेता बनेको थियो। स्पेन, इटली र फ्रान्सले यसअघि आयोजक रहँदा उपाधि जितेको थियो।

पुरस्कार राशी कति ?
प्रतियोगिताको विजेताले १० मिलियन युरो प्राप्त गर्नेछ। उपविजेतालाई ७ मिलियन युरो तथा सेमिफाइनल पुग्ने टिमलाई ५ मिलियन यूरो दिइनेछ। फाइनल पुग्ने टिमले सेमिफाइनलदेखि समूह चरणको पनि नगद पुरस्कार प्राप्त गर्नेछन्। 

क्वार्टरफाइनल पुग्ने टिमले ३.२६ मिलियन युरो प्राप्त गर्दा अन्तिम १६ मा पुग्ने टिमलाई २ मिलियन युरो प्रदान गरिनेछ। 
समूह चरणमा जित हात पार्ने टिमले १.५ मिलियन युरो प्राप्त गर्नेछ, बराबरी भएमा दुवै टिमलाई ७ लाख ५० हजार युरो प्रदान गरिनेछ। यस्तै युरो कपमा छनोट हुने टिमले ९.२५ मिलियन युरो प्राप्त गर्नेछ। 

युरो २०२० सहभागी टिमले कम्तिमा ९.२५ र बढीमा विजेताले ३४ मिलियन युरो नगद पुरस्कार प्राप्त गर्न सक्नेछ। 

समूह विभाजन
समूह ए :  टर्की, इटाली, वेल्स, स्विट्जरल्यान्ड
समूह बी :  डेनमार्क, फिनल्यान्ड, बेल्जियम, रसिया 
समूह सी :  नेदरल्याण्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया
समूह डी :  इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्याण्ड, चेक गणतन्त्र 
समूह ई :  स्पेन, स्विडेन, पोल्यान्ड, स्लोभाकिया 
समूह एफ :  हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी 

समय हेर्नुहाेस्

प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री वालेन्द्रले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची
सम्बन्धित सामग्री
चेकविरुद्ध इङ्ल्यान्डको जित इङ्ल्यान्डले नेसन्स लिगमा चेक गणतन्त्रलाई २–० ले पराजित गरेको छ। प्रागमा भएको खेलमा घरेलु टोली २३औं मिनेटमै पाभेल शुल्च रातो कार्ड प... बुधबार, असोज १४, २०८३
स्पेनको जितमा यमलको २ गोल लामिन यमलले दुई गोल गरेपछि विश्वकप विजेता स्पेनले क्रोएसियालाई ४–१ ले पराजित गरेको छ। बुधबार, असोज १४, २०८३
क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार जर्गेन क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार बेहोरेको छ। यूईएफए नेसन्स लिगअन्तर्गत आइतबार भएको खेलमा दिमित्रिस कुर्बेलिसले निर्णायक ग... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बिहीबार, असोज १५, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, असोज १५, २०८३
दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री वालेन्द्रले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्