• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २७, २०८२ Thu, Nov 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

आज रातिदेखि शुरु हुँदै 'मिनि विश्वकप'

64x64
नेपाल लाइभ शुक्रबार, जेठ २८, २०७८  ०७:०५
1140x725

काठमाडाैं- युरोपियन फुटबल महासंघ (युइएफए) को आयोजनामा हुन लागेको ‘मिनी विश्वकप’को रुपमा परिचित युरोकपको १६औं संस्करणको महादेशीय फुटबल प्रतियोगिता शुक्रबार रातिबाट शुरु हुँदैछ।

प्रतियोगिता जुन ११ देखि जुलाई ११ सम्म हुँदैछ। प्रतियोगिता ११ देशका ११ शहरमा आयोजना हुनेछ। शुरुमा सन् २०२० को जुन १२ देखि जुलाई १२ सम्म प्रतियोगिता आयोजना हुने तय भएपनि कोरोना महामारीको कारण एक वर्ष पछाडि धकेलिएको थियो।  एक वर्ष सारेर सन् २०२१ मा प्रतियोगिता आयोजना गर्न लागिए पनि नाम युइएफए युरो २०२० नै राखिएको छ। त्यसैले पहिलो पटक युरोकप विजोर वर्षमा हुन लागेको हो।

प्रतियोगिताको उद्घाटन खेल जुन ११ मा इटालीको रोममा हुँदैछ। उद्घाटन खेलमा टर्की र इटालीबीच प्रतिस्पर्धा हुँदैछ। फाइनल खेल लण्डनको वेम्बली स्टेडियममा जुलाई ११ मा हुनेछ।  कोरोना महामारीका कारण खेलमा सीमित दर्शकलाई मात्र प्रवेश दिइनेछ। 

प्रत्येक देशमा समूह चरणका तीन खेल र अन्तिम १६ वा क्वार्टरफाइनलको एक खेल हुनेछन्। ६ समूहका शीर्ष दुई टिम गरी १२ टिम अन्तिम १६ मा पुग्नेछन्। समूहमा तेस्रो हुनेमध्ये उत्कृष्ट ४ टिम पनि अन्तिम १६ मा पुग्नेछन्।समूह चरणका खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे,  राति ९:४५ बजे र मध्यरात १२:४५ बजे हुनेछन्। अन्तिम १६  र क्वार्टरफाइनल खेल राति ९:४५ बजे र मध्यरात १२:४५ बजे हुनेछन्। सेमिफाइनल र फाइनल खेल मध्यरात १२:४५ बजे हुनेछ।

५ नयाँ टोली 
युरोकपको ६० वर्षे इतिहासमा दोस्रो पटक २४ टिमबीच प्रतिस्पर्धा हुँदैछ। जसमध्ये १९ टिम अघिल्लो संस्करण खेलेका थिए। ११ वटा आयोजक देशमध्ये सात देशले युरो कपको छनोट सिधा पार गरेका थिए। हंगेरी र स्कटल्याण्डले प्लेअफ जितेका थिए। 

फिनल्याण्ड र नर्थ म्यासेडोनिया पहिलोपटक युरोकप खेल्दैछन्। फिनल्याण्ड, इटली रहेको समूह ‘जे’बाट दोस्रो हुँदै सिधै छनोट भएको हो। यता, नर्थ मेसेडोनिया प्लेअफ हुँदै छनोट हुन सफल भएको हो। 

यस्तै, स्कटल्याण्ड सन् १९९८ को विश्वकपपछि पहिलो मुख्य प्रतियोगिता खेल्दैछ। २५ वर्षपछि पहिलोपटक युरोकपमा छनोट भएको स्कटल्याण्डले सन् १९९६ मा युरोकप खेलेको थियो।

नेदरल्याण्ड्स २०१४ को विश्वकपछि पहिलो पटक मुख्य प्रतियोगिता खेल्दैछ। अघिल्लो संस्करणमा र डेनमार्क युरोकपमा छनोट हुन सकेको थिएन। नेदरल्याण्ड्स र डेनमार्क युरोकपका पूर्व विजेता राष्ट्रसम्मेत हुन्। यी दुवै राष्ट्र २०१६ मा छनोट हुन असफल भएका थिए। नेदरल्याण्ड्स र डेनमार्क छनोट चरण पार गरेपछि यसपटक पूर्वविजेता १० राष्ट्रमध्ये ९ राष्ट्र छनोट भएका छन्। 

Ncell 2
Ncell 2

यस्तै, यसअघि एक–एक पटक उपाधि जितेका सोभियत संघ र चेकोस्लोभाकिया भने अहिले विभिन्न राष्ट्रमा विभाजित भइसकेका छन्। यता, सन् २०१६ मा  डेब्यु गरेका वेल्स र स्लोभाकिया यसपटक पनि छनोट भएका छन्। यसपटकको युरोकपमा पूर्व विजेता ग्रिस प्रतियोगिता सहभागी छैन। २००४ को विजेता ग्रिस छनोट पार गर्न असफल भएको थियो। यता, अल्बानिया, आइसल्यान्ड, उत्तरी आयरल्यान्ड, आयरल्यान्ड गणतन्त्र र रोमानिया युरो २०२० मा छनोट हुन सकेनन्। उनीहरुले सन् २०१६ को युरोकप खेलेका थिए।

यस्तै, आयोजक देशमध्ये रोमानिया र अजरबैजान भने छनोट हुन असफल भए।  युरोकप २०२० को छनोटमा बेल्जियम र इटलीले शतप्रतिशत जित हात पारेका थिए। दुवै टिमले आफ्नो समूहमा समान १० खेल जितेका थिए। समूह ‘आई’ मा रहेको बेल्जियमले ४० गोल गर्दा जम्मा ३ गोल मात्र खाएको थियो। यस्तै, समूह ‘जे’ मा रहेको इटलीले ३७ गोल गर्दै ४ गोल खाएको थियो। छनोटमा बेल्जियमका रोमेलु लुकाकुले ७ गोल गरेका थिए भने इटलीका आन्द्रे बालोट्टीले ४ गोल गरेका थिए।

पूर्वविजेता १० मध्ये यसपटक ग्रीसबाहेक अरु टिम छनोट भएका छन्। जसमा ६ पूर्वविजेता अहिले पनि उपाधि दाबेदार हुन्। यस्तै, अहिलेसम्म उपाधि जित्न नसकेको इंग्ल्याण्ड र बेल्जियम पनि उपाधिको दाबेदारको रुपमा हेरिएकाे छ।

सन् १९६० को पहिलो संस्करणदेखि पाँचौ संस्करणसम्म युरोकप ४ टिमबीच खेलाइएको थियो। १९८० को छैटौ संस्करणदेखि टिम संख्या बढाएर ८ पुर्‍याइयो। १९९६ को दशौं संस्करणदेखि पुनः बढाएर १६ टिम पुर्‍याइएको थियो।पाँच वर्षअघि फ्रान्समा भएको १५औं संस्करणमा पहिलोपटक टिम २४ पुर्‍याइएको थियो।

युरोकप २०२० मा पहिलोपटक भिडियो सहायक रेफ्री (भिएआर) प्रयोग हुँदैछ।

हरेक टिममा २६ खेलाडी 
कोरोना महामारीका कारण युरोकप २०२० फुटबल प्रतियोगितामा सहभागी हरेक टिमले २६ खेलाडी राख्न पाउने भएका छन्।  महामारीका कारण यूईएफएको एक्जुकेटिभ कमिटीले खेलाडी र क्लबको लोड कम गर्न टिममा २६ खेलाडी राख्न पाउने निर्णय गरेको हो। 

यद्यपि, हरेक म्याचमा बढीमा एक टिमको २३ खेलाडी मात्र राख्न पाइनेछ। प्लेइङ ११ बाहेक १२ जना सब्स्टिट्युट खेलाडी बेन्चमा बस्न पाउनेछन्। यूईएफले गत मार्चमा युरोकपमा ५ खेलाडी सब्सिच्युट गर्न पाउने प्रावधान बनाएको छ। यूईएफए एक्जुकेटिभ कमिटीले ‘आईएफएबी ल अफ दि गे’मा राखेको ‘ल’ ३ अनुसार नै युरोकपमा पनि सहभागी टिमहरुले ५ खेलाडी एक खेलमा परिवर्तन गर्न पाउनेछन्।

खेल अतिरिक्त समयमा धकेलिएको अवस्थामा थप एक खेलाडी परिवर्तन गर्न पाइने नियम बनाइएको छ। नियमित समयमा तीन पटक मात्र खेलाडी परिवर्तन गर्न पाइनेछ। अतिरिक्त समय एक पटक खेलाडी परिवर्तन गर्न पाइनेछ। 

कुन खेल कहाँ
यसअघि युरोकप एक देशले वा एकभन्दा बढी देशले संयुक्त रुपमा मिलेर आयोजना गरेका थिए। अहिलेसम्म १५ संस्करण सम्पन्न हुँदा १२ पटक एकै देशले युरो आयोजना गरेको छ भने तीन पटक भने दुई देश मिलेर आयोजना गरेका थिए। तर, यसपटक भने युरोपका ११ देशमा युरोकप हुँदैछ। युरोकपको ६०औं वर्षगाँठको अवसरमा पहिलो पटक युरोकप एकभन्दा धेरै देशमा हुन लागेको हो। 

युरोकप २०२० मा भने ११ देशको ११ शहर आयोजकको रुपमा रहेको छ। यसअघि एउटा मात्र देशले आयोजना गर्दा त्यो देशको ११–१२ वटा रंगशालामा खेल हुने गरेको थियो। यसपटक देश फरक भए पनि ११ वटै रंगशालामा खेल हुनेछ। यसपटक युरोकपमा समूह चरणमा ३६ र नकआउट चरणमा १५ गरी कुल ५१ खेल हुनेछन्।
 
युरोकप २०२० को सबैभन्दा धेरै खेल बेलायतको लण्डनस्थित वेम्बली रंगशालामा हुनेछ। जहाँ सेमिफाइल र फाइनलसहित ८ खेल हुनेछ। वेम्बलीमा समूह चरणमा इङ्ल्याण्डले खेल्ने तीन खेल हुनेछ। यस्तै, प्रिक्वाटरफाइनलको दुई, सेमिफाइनलको दुई र फाइनल खेल पनि वेम्बलीमा हुनेछ। समूह चरणका खेलमध्ये समूह ‘ए’ का खेल अजरबैजानको बाकु र इटालीको रोममा हुनेछन्। समूह ‘बी’का खेल डेनमार्कको कोपेनहेगन र रसियाको सेन्ट पिटर्सवर्गमा हुनेछन्। 

समूह ‘सी’ का खेल नेदरल्याण्ड्सको आम्स्टर्डम र रोमानियाको बुचारेस्टमा हुनेछ। समूह ‘डी’ का खेल इंग्ल्यान्डको लण्डन र स्कटल्याण्डको ग्लाजगोमा हुनेछन्। 
यस्तै, स्पेनको सेभिया र रसियाको पिटर्सवर्गमा समूह ‘ई’ का खेल हुनेछन्। समूह ‘एफ’ का खेल जर्मनीको म्युनिखमा र हंगेरीको बुडापेस्टमा आयोजना हुनेछन्। 
युरो २०२० का लागि दक्षिण एसियाको प्रशारण अधिकार सोनी पिक्चर्स नेटवर्कले पाएको छ। नेपाली दर्शकले सोनी टेलिभिजनबाट युरो २०२० को प्रत्यक्ष प्रशारण हेर्न सक्नेछन्। 

सबैभन्दा धेरै युरोकप खेल्ने राष्ट्र जर्मनी, उपाधि ३
सबैभन्दा धेरै युरोकप खेल्ने राष्ट्र जर्मनी हो। शुरुका तीन संस्करण नखेलेको जर्मनीले सन् १९७२ देखि निरन्तर रुपमा प्रतियोगितामा भाग लिइरहेको छ। जर्मनीले सर्वाधिक ६ पटक फाइनल समेत खेलेको छ। जसमा तीन पटक उपाधि जित्दा तीन पटक उपविजेता बनेको थियो। जर्मनीले यसअघि १२औं संस्करण खेलिसकेको छ। यसपटक जर्मनीको १३औं सहभागिता हुनेछ।

अहिलेसम्म जर्मनी (पश्चिम जर्मनीसहित) र स्पेनले सर्वाधिक ३ पटक युरोकपको उपाधि जितेको छ। सन् १९७२ र  १९८० पश्चिम जर्मनीले उपाधि जितेकाे थियाे। पछि जर्मनी एक भएपछि १९९६ उपाधि जितेकाे थियाे। 

यस्तै, स्पेनले १९६४, २००८ र २०१२ मा युराेकप जितेकाे थियाे।  यस्तै, फ्रान्सले दुई पटक उपाधि जितेकाे छ। १९८४ र २००० मा फ्रान्सले उपाधि जितेकाे थियाे। 

यस्तै, सोभियत संघ (१९६०), इटली (१९६८), चेकोस्लोभाकिया (चेक रिपब्लिक १९७६), नेदरल्याण्ड्स (१९८८), डेनमार्क (१९९२), ग्रीस (२००४) र पोर्चुगल (२०१६) एक/एक पटक विजेता बनेका छन्।

जर्मनीले अहिलेसम्म सर्वाधिक १२ पटक युरो खेल्दा ६ पटक फाइनल खेलेको थियो । जसमा तीन पटक भने उपविजेता बनेको थियो। स्पेन, इटली र फ्रान्सले यसअघि आयोजक रहँदा उपाधि जितेको थियो।

पुरस्कार राशी कति ?
प्रतियोगिताको विजेताले १० मिलियन युरो प्राप्त गर्नेछ। उपविजेतालाई ७ मिलियन युरो तथा सेमिफाइनल पुग्ने टिमलाई ५ मिलियन यूरो दिइनेछ। फाइनल पुग्ने टिमले सेमिफाइनलदेखि समूह चरणको पनि नगद पुरस्कार प्राप्त गर्नेछन्। 

क्वार्टरफाइनल पुग्ने टिमले ३.२६ मिलियन युरो प्राप्त गर्दा अन्तिम १६ मा पुग्ने टिमलाई २ मिलियन युरो प्रदान गरिनेछ। 
समूह चरणमा जित हात पार्ने टिमले १.५ मिलियन युरो प्राप्त गर्नेछ, बराबरी भएमा दुवै टिमलाई ७ लाख ५० हजार युरो प्रदान गरिनेछ। यस्तै युरो कपमा छनोट हुने टिमले ९.२५ मिलियन युरो प्राप्त गर्नेछ। 

युरो २०२० सहभागी टिमले कम्तिमा ९.२५ र बढीमा विजेताले ३४ मिलियन युरो नगद पुरस्कार प्राप्त गर्न सक्नेछ। 

समूह विभाजन
समूह ए :  टर्की, इटाली, वेल्स, स्विट्जरल्यान्ड
समूह बी :  डेनमार्क, फिनल्यान्ड, बेल्जियम, रसिया 
समूह सी :  नेदरल्याण्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया
समूह डी :  इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्याण्ड, चेक गणतन्त्र 
समूह ई :  स्पेन, स्विडेन, पोल्यान्ड, स्लोभाकिया 
समूह एफ :  हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी 

समय हेर्नुहाेस्

प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
डिम्ब तस्करीमा होप फर्टिलिटी मुद्दा नचलाउने निर्णय, महान्याधिवक्ता भण्डारीको लगानी र छोरी कार्यरत रहेको खुलासा
२ महिनामा शान्ति सुरक्षा सामान्य अवस्थामा ल्याउन सफल भयौँ : गृहमन्त्री अर्याल
श्रीलङ्काद्वारा अवैध शिकार गरेको आरोपमा ३२८ जना भारतीय माझी पक्राउ
सम्बन्धित सामग्री
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसद्वारा राजीनामा अखिल नेपाल फुटबल संघ(एन्फा) लाई उनले राजीनामा पत्र बुझाएको स्रोतले जनाएको छ। यस विषयमा एन्फाबाट हालसम्म कुनै आधिकारिक जानकारी आएको छ... बिहीबार, कात्तिक १३, २०८२
अर्जेन्टिनालाई हराउँदै मोरोक्कोले जित्यो फिफा यु–२० विश्वकपको उपाधि प्रतियोगिता जितेको हो। आइतबार चिलीको नेसनल जुलियो मार्टिनेज प्राडानोस रंगशालामा सम्पन्न फाइनलमा मोरोक्कोलाई जित दिलाउन दुवै गोल यासि... सोमबार, कात्तिक ३, २०८२
विधि र पद्धतिविपरीत काम गरेको आरोपमा एन्फा महासचिव किरण निलम्बित साधारणसभा र कार्यसमितिको म्याण्डेट समेतलाई बेवास्ता गर्दै संघको विधान, विधि र पद्धति विपरित काम गरेको भन्दै कार्यवाहक अध्यक्ष खड्काल... आइतबार, कात्तिक २, २०८२
ताजा समाचारसबै
डिम्ब तस्करीमा होप फर्टिलिटी मुद्दा नचलाउने निर्णय, महान्याधिवक्ता भण्डारीको लगानी र छोरी कार्यरत रहेको खुलासा बिहीबार, कात्तिक २७, २०८२
२ महिनामा शान्ति सुरक्षा सामान्य अवस्थामा ल्याउन सफल भयौँ : गृहमन्त्री अर्याल बिहीबार, कात्तिक २७, २०८२
श्रीलङ्काद्वारा अवैध शिकार गरेको आरोपमा ३२८ जना भारतीय माझी पक्राउ बिहीबार, कात्तिक २७, २०८२
निवर्तमान आईजीपी खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक बिहीबार, कात्तिक २७, २०८२
केपी ओली नै अबको अध्यक्ष हुनेमा शङ्का छैनः नेता अधिकारी बिहीबार, कात्तिक २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेकपामा मिसियो भीम रावलको जागरण अभियान, ७ बुँदे सहमति पत्रमा हस्ताक्षर बुधबार, कात्तिक २६, २०८२
इजरायली राष्ट्रपतिलाई ट्रम्पको आग्रह : प्रधानमन्त्री नेतान्याहूलाई माफी दिनुस् बुधबार, कात्तिक २६, २०८२
निर्वाचन आयोगले वामदेव गौतम नेतृत्वको पार्टी खारेज गर्‍यो बुधबार, कात्तिक २६, २०८२
ललितपुरमा स्कुटरलाई ठक्कर दिएर ११ लाखको सिक्री लुटपाट बुधबार, कात्तिक २६, २०८२
दुर्गा प्रसाईं समूहका २७ बुँदे माग : प्रदेश खारेज गरेर ५ विकास क्षेत्रदेखि ऋण मिनाहासम्म बुधबार, कात्तिक २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
ऋषि धमलाको संरक्षकत्वमा ‘जनादेश पार्टी नेपाल’ पार्टी दर्ताका लागि आयोगमा निवेदन मंगलबार, कात्तिक २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्