• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमाले प्रवेश गरेका नेताका कारण माओवादीलाई कति क्षति?

64x64
वीरेन्द्र ओली मंगलबार, जेठ २५, २०७८  २२:५२
1140x725

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का नेता रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह लागायत नेताहरु एमालेमा गएपछि त्यसले संगठनमा कस्तो असर पर्छ भन्ने विषयमा माओवादी वृत्तमा बेलाबेलामा चर्चा हुने गरेको छ। माओवादीबाट एमाले प्रवेश गर्नेमध्येका बादल सबैभन्दा शीर्ष नेता हुन्। तर, उनका कारण संगठनमा खासै असर नपरेको माओवादी नेताहरुको तर्क छ। तर, रायमाझी, भट्ट, साह लगायतका नेताका कारण भने पार्टी संगठनमा पनि क्षति पुगेको उनीहरु बताउँछन्।

तत्कालीन नेकपामा ध्रुवीकरण हुँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निकट नेतालाई आफ्नै पक्षमा राख्न प्रयास गरेका थिए। नेकपा विभाजनपछि पनि उनले त्यस प्रयासलाई निरन्तरता दिए। कार्यदल बनाएर माओवादी नेताहरुलाई फर्काउने प्रयास पनि गरे। तर, सफल भएनन्। अहिले एमाले गएका नेता पार्टीमै फर्किए भने पनि कार्यकर्ता फर्किने/नफर्किने ठेगान नभएकाले माओवादी नेतृत्वले यसतर्फ रुचि दिएको पाइँदैन। कोही कसैले स्वेच्छाले फिर्ता आए ठीकै छ भन्ने मानसिकतामा उनीहरु देखिन्छन्।

माओवादी नेतृत्व यतिबेला आफ्ना नेता फर्काउनेभन्दा पनि एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई आफ्नो कित्तामा तान्न मेहनत गर्न थालेका छन्। नेपाल र प्रचण्ड पक्ष एक ठाउँमा हुँदा बलियो शक्ति हुनसक्ने भएकाले प्रचण्ड सहित अन्य प्रभावशाली नेताहरु यसतर्फ लागेका छन्। नेपाल पक्षको तलैसम्म प्रभाव भएकाले उनलाई ओलीबाट अलग्याएर आफ्नो पक्षमा पार्ने माओवादी प्रयास देखिन्छ। 

माओवादी पृष्ठभूमिका एमाले नेताको अवस्था
एमालेमा गएका माओवादी पृष्ठभूमिका नेताहरुमध्ये सबैभन्दा शीर्ष तहका बादल नै हुन्। मोहन वैद्य किरणसँगै २०६९ सालमा विभाजित भई जाँदा समेत उनी प्रभावशाली भूमिकामा थिए। किरण नेतृत्वको पार्टीलाई पनि नेत्रविक्रम चन्द ‘विप्लव’ले विभाजन गरे, बादल पनि प्रचण्ड नेतृत्वको माओवादीमै फर्किए।

प्रचण्ड नेतृत्वको माओवादीमा हुँदा बादल निकट २६ जना केन्द्रीय सदस्य थिए। नेकपा हुँदासम्म त्यो संख्या यथावत् थियो। नेकपा विभाजन भएपछि भने सबै केन्द्रीय सदस्यहरु प्रचण्डसँगै रहे। बादल भने ओलीतिर लागे। बादलका राजनीतिक सल्लाहकार तथा केन्द्रीय सदस्य सूर्य सुवेदी ‘पथिक’ र स्वकीय सचिव विरु तामाङ ‘सुदीप’ पनि प्रचण्डतिरै लागे। एमाले प्रवेश गरेका बादलसँग पार्टीमा अहिले आफू निकट नेताहरु छैनन्।

बादलको चुनावी क्षेत्र पहिले चितवन- २ थियो। त्यो पनि अहिले चितवन- २ र ३ मा विभाजित भएको छ।  पहिलो संविधान सभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भए पनि दोस्रो संविधान सभा निर्वाचनलाई बहिस्कार गरेका थिए। २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्न खोजे पनि एमाले समेतलाई मिलाउनुपर्ने भएकाले उनले चुनाव लड्न पाएनन्। चुनावी क्षेत्रमा कांग्रेस र एमालेको बर्चस्व भएकाले माओवादी पृष्ठभूमि भएका बादललाई चुनाव जित्न समेत कठिन छ। त्यहाँ माओवादी नेता/कार्यकर्ताको संख्या उसै पनि कम भएकाले बादल एमालेमा हुँदा समेत आफूहरुले असर नपर्ने माओवादीका नेताहरुको भनाइ छ। उता एमालेमा भने बादलको योग्यता र क्षमता के हो, चिन्नै नपाइएको भन्दै उनलाई एक भोटको रुपमा चित्रित गर्दै व्यंग्य गर्न थालिएको छ।

टोपबहादुर रायमाझीको निर्वाचन क्षेत्र अर्घाखाँची भएकाले त्यस जिल्लामा केही असर परे पनि अन्य क्षेत्रमा असर नपर्ने माओवादी केन्द्रका नेता नेताहरु बताउँछन्। एमालेबाट उम्मेदवार भएमा उनलाई पराजित गर्न सकिने विश्लेषण माओवादीभित्र छ।

लेखराज भट्टको कैलाली र कञ्चनपुर क्षेत्रमा राम्रो प्रभाव रहेको मानिन्छ। तर, उनी एमाले प्रवेश गरेपछि उनलाई पछ्याएर जानेहरु कम मात्रै रहेको माओवादीमा आकलन गरिएको छ। माओवादी पृष्ठभूमि भएका नेता/कार्यकर्ताले भट्टलाई छोडेकोले भट्टका कारण क्षति नपुग्ने केन्द्रीय सदस्य खगराज भट्ट बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै, गौरीशंकर चौधरी कैलाली- ३ बाट निर्वाचित भए पनि पार्टीको केन्द्रीय सदस्य समेत नभएकाले त्यहाँ उनको भन्दा पनि पार्टी प्रभाव रहेको प्रष्ट हुने नेताहरुको भनाइ छ।

प्रभु साहले आफ्नो जिल्ला रौतहटमा मात्रै होइन, प्रदेश २ मा समेत असर पारेको माओवादीभित्र विश्लेषण गरिएको छ। एमालेले प्रदेश २ का जिल्लाहरुमा बृहत् आमसभा गर्न नसकेको अवस्थामा साह एमालेमा प्रवेश गरेपछि पहिलो पटक प्रतिनिधि सभा विघटनपछि धेरै ठाउँमा आमसभा गर्न सफल भएको थियो। साहले आफ्नो जिल्ला र अन्य जिल्लामा समेत माओवादी पृष्ठभूमिका नेता कार्यकर्तालाई आफ्नो पक्षमा उभ्याएका छन्। कतिपय प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख उनीतिर लागेका बताइन्छ।

प्रभु साहको पकडलाई एमालेले राम्रैसँग हेक्का राखेका छन्। तर, माओवादी केन्द्रीय सदस्य प्रह्लाद बुढाथोकी भने साह एमालेमा गए पनि पार्टीलाई खासै असर नपारेको बताउँछन्। नेताको रुपमा गएपछि रौतहटमा सामान्य असर गरे पनि अन्य जिल्लामा माओवादी पृष्ठभूमिका नेता/कार्यकर्ता एमालेमा प्रवेश नगरेको उनी बताउँछन्।

स्थायी कमिटी सदस्य रहेका मणि थापा र केन्द्रीय कमिटी सदस्य रहेका दावा लामाका कारण कुनै असर नपरेको बताइन्छ। उनीहरुको जनाधार बलियो नभएकाले एमालेमा जाँदा समेत सांगठनिक रुपमा असर नपरेको विश्लेषण गरिएको हो।

Xtrem

Xtrem

माओवादीमा नफर्किएपछि कारबाही
बादललाई माओवादीमै फर्काउन प्रचण्ड तीनपटक बादल निवास धाएका थिए। उनी सफल नभएपछि बादलनिकट स्थायी कमिटी सदस्य तथा केन्द्रीय सदस्यहरु समेत प्रयास गरे। तर, सफल भएनन्। बरु, प्रचण्डको आलोचना गर्दै ओलीतिरै लागे।

प्रचण्डले टोपबहादुर रायमाझीलाई फकाउन भित्री रुपमा प्रयास गरे पनि खुला प्रयास गरेनन्। रायमाझी लामो समय बाबुराम भट्टराई निकट रहेकाले प्रचण्डले खासै प्रयास गरेनन्। लेखराज भट्ट र प्रभु साहलाई आफ्नो कित्तामा ल्याउन प्रचण्ड निक्कै सक्रिय भएका थिए। तर, सफल भएनन्। लेखराजलाई भेट्न बारम्बार फोन सम्पर्क गर्दा समेत नउठाएको सार्वजनिक नै भइसकेको छ।

गौरीशंकर चौधरीलाई रोक्न माओवादीकै दोस्रो र तेस्रो तहका नेताहरु लागेका थिए। पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि उनी १० गतेसम्म प्रचण्डसँगै थिए। ओली विरुद्धको आन्दोलनमा सोही दिन माइतीघरमा दिनभर जस्तो बसेका थिए। तर, 'पिसाब फेर्न जान्छु' भन्दै गायब भएको एक माओवादी नेताले रोचक ढंगले सुनाएका थिए।

‘गौरीशंकर कमरेडलाई ओली पक्षले मन्त्री बनाएर आफ्नो पक्षमा तान्न निक्कै प्रयास गरेको थाहा पाएका थियौँ’, ती नेताले भने, ‘गत पुस ५ गतेसम्म नियमित जसो सँगै हुने गरेका थियौँ। पुस १० गतेको आन्दोलनमा माइतीघरमै थियौँ। मलाई पिसाब लाग्यो कमरेड भनेर निस्किनुभएको थियो। त्यसपछि मोबाइल अफ भयो। बेलुका मन्त्री हुनुभयो।’

तर, मणि थापा र दावा लामालाई रोक्न भने प्रचण्ड लगायत अरु नेता लागेनन्। थापा र लामा सांसद समेत नभएको र स्थानीय जनाधार समेत नभएकाले महत्त्व नदिइएको हो।

गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँत्याउने फैसला गरेपछि अधिकांश नेताहरु पुरानै पार्टीमा फर्किन बाध्य भएका थिए। माओवादीले एमालेतिर गएका नेताहरुलाई फर्काउन नारायणकाजी श्रेष्ठको नेतृत्वमा देव गुरुङ र वर्षमान पुन रहनेगरी कार्यदल समेत गठन गरेको थियो। त्यस कार्यदलले आफ्नो तर्फबाट गृहकार्य गरेर एमालेमा गएका नेताहरुलाई फर्काउन छलफल समेत चलाएका थिए। तर, सफल भएनन्।

पार्टीमा नफर्किएपछि माओवादीले प्रतिनिधि सभा सदस्य रायमाझी, भट्ट, साह र चौधरीलाई साधारण सदस्य समेत नरहने गरि कारबाही गर्‍यो। यस्तै पार्टी स्थायी कमिटी सदस्य मणि थापा र गौरीशंकर चौधरीलाई समेत कारबाही गर्‍यो।

माओवादीबाट एमाले गएका राष्ट्रिय सभा सदस्य बादल र चन्द्रबहादुर खड्कासहित प्रतिनिधि सभाका चार सदस्यलाई पनि पार्टीबाट निष्कासन गरियो। यस्तै सातै प्रदेशमा माओवादीबाट ७ जना प्रदेश सभा सदस्य एमाले प्रवेश गरेका छन्। प्रदेश सभातर्फ ताप्लेजुङका टंक आङबोहाङ, बाराका ज्वाला कुमारी साह, रुपन्देहीका दधिराम न्यौपाने, गुल्मीका दिनेश पन्थी, सुर्खेतका ठम्मर विष्ट, दैलेखका धर्मराज रेग्मी र अछामका झपट बोहोरा रहेका छन्।
 

प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  २२:५२
  • #पूर्व_माओवादी
  • #रामबहादुर_थापा
  • #माओवादी
  • #टोपबहादुर_रायमाझी
  • #लेखराज_भट्ट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा ‘जहाँ कांग्रेस, त्यहाँ सुशासन र विकास’ भन्ने अवधारणासहित पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उनले समयअनुसार कानुन, प्रक्रिया र कार्यशैलीमा सुधारको आवश्यकताबारे सर... सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि कांग्रेसको १५औँ महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार चार वर्षको अवधिमा पार्टीको आम्दानी र खर्... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्