• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २८, २०८३ Sun, Sep 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

‘डिजिटल नेपाल’ सरकारको गेम चेन्जर प्रोजेक्ट, तर खै आवश्यक बजेट?

निजी क्षेत्र डिजिटल इकोनोमीको संवाहक, बजेटसँगै सहकार्य र कार्यान्वयनमा जोड दिन विज्ञको सुझाव
64x64
नेपाल लाइभ आइतबार, जेठ २३, २०७८  २०:३९
1140x725

काठमाडौं- सरकारले 'डिजिटल नेपाल' निर्माण गर्ने भनेर विभिन्न कार्यक्रम ल्याए पनि त्यसलाई आवश्यक बजेट विनियोजन हुन नसकेको सरोकारवालाहरुले बताएका छन्। उनीहरुले कार्यक्रमको अभाव नभएको तर, त्यसमा बजेट, समन्वय र फोकस हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका आईसीटी डेभलपमेन्ट कमिटीका अध्यक्ष मंगेशलाल श्रेष्ठले यस वर्षको बजेटमा केही राम्रा कार्यक्रम ल्याइएको र भविष्यलाई राम्रो हुने कार्यक्रम ल्याइएको बताए। डिजिटल इकोनोमी अगाडि बढाउन निजी क्षेत्रसँग समन्वय गर्न आवश्यक रहेको उनले बताए। डेटा सेन्टरहरुमा स्थानीय निजी क्षेत्रलाई कतिपय विषयमा समावेश नगरेकाले यसमा सुधार गर्न आवश्यक रहेको उनको भनाइ थियो।

उनले एआई लगायतका नयाँ प्रविधिमा सरकारले नीति निर्माण गर्न आवश्यक रहेको भन्दै डिजिटल इकोनोमीमा यो आवश्यक भएको बताए। ‘निजी क्षेत्र डिजिटल इकोनोमीको कि फ्याक्टर हो,’ शनिबार आयोजित डिजिटल संवाद कार्यक्रममा बोल्दै श्रेष्ठले भने, ‘यसलाई प्राथमिकता दिनुपर्छ।’ उनले डिजिटल 'स्टार्टअप'लाई प्रवर्द्धन गरेर ज्ञानमा आधारित अर्थतन्त्र विकास गर्न आवश्यकता रहेको बताए।

नेपाल उद्योग वाणिज्य महासंघले लिएको एक मिलियन डलरको अर्थतन्त्र बनाउने २०३० भिजनको सफलता प्राप्त गर्न डिजिटल इकोनोमी आवश्यक रहेकोमा उनले जोड दिए।

क्यान महासंघका अध्यक्ष नवराज कुँवरले प्रविधिको विकास गर्ने हो भने आईटीको छुट्टै मन्त्रालय बनाउन आवश्यक रहेको बताए। सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएका केही कार्यक्रमहरु सकारात्मक रहेको बताउँदै त्यस्ता कार्यक्रम कोभिड-१९ को कारणले पनि आएको बताए। ‘बजेटमा आएका कार्यक्रम धेरै पुराना नै छन्,’ कुँवरले भने, ‘जति नयाँ आएका छन्, कोभिड-१९ का कारण आएको देखिन्छ।’

सूचना प्रविधि हरेक क्षेत्रमा जोडिने भए पनि यसलाई व्यवसायमा जोड्न नसकिएको उनको धारणा थियो। इन्टरनेटसँगै सफ्टवेयर र हार्डवेयरलाई अत्यावश्यक सेवामा राख्न आवश्यक रहेको उनले औंल्याए। ‘नेपालकै सफ्टवेयरलाई पहिलो प्राथमिकता दिनुपर्ने हो, तर यसमा दृष्टि पुगेको छैन,’ उनले भने, ‘हार्डवेयर, मोबाइल र सफ्टवेयर क्षेत्रलाई विशेष ध्यान दिएर हेर्नुपर्ने अवस्था छ।’
 
नेपाल इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधीर पराजुलीले कुन क्षेत्रमा कर लिने भन्ने कुरा राज्यले नबुझेको बताए। ‘हामीले इन्टरनेटमा धेरै कर लाग्यो घटाऊँ भनेर धेरैपटक भन्यौं,’ उनले भने, ‘मन्त्रीबाट आश्वासन पनि आएको थियो तर बजेटले सम्बोधन गरेन। अहिले इन्टरनेटमा विभिन्न थरीका ४६ प्रतिशत कर लाग्ने गरेको छ।'

अब नेपालमा कनेक्टिभिटीमा समस्या नभएको भन्दै पराजुलीले स्थानीय कन्टेन्ट र यसको उचित प्रयोगमा ध्यान दिनुपर्ने बताए। असारसम्म ९७ प्रतिशत क्षेत्रमा कनेक्टिभिटी पुगेको उनले बताए। सरकारले आईसीटी क्षेत्रमा गरेको लगानी एकदमै कम भएको उनले बताए। त्यस्तै, कार्यक्रम छरपस्ट भएको र फोकस गरेर लगानी हुन नसकेको उनको भनाइ छ।

व्यवस्थापन परामर्शदाता सुमना श्रेष्ठले डिजिटल क्षेत्रमा महिला सहभागिता एकदमै कम भएको भन्दै उनीहरुको सहभागिता बढाउन ध्यान दिनुपर्ने बताइन्। ‘डिजिटाइजेसनको कुरा गर्दा मुख्य समस्या नै हामीसँग डेटाको अभाव छ,’ उनले भनिन्, ‘डेटाको अभावले सामान्य जानकारी लिन र काम पनि हुन नसक्ने आवस्था छ।’
 
डिजिटल क्षेत्रबाट फड्को मार्ने सोच राख्ने हो भने आवश्यक डेटा, सही डेटा र नयाँ प्रविधिको प्रयोगमा ध्यान दिनुपर्ने उनले बताइन्। सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा धेरै कार्यक्रम आएको तर कार्यान्वयन हुन नसकेको बताइन्।

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले धेरै वर्षदेखि स्मार्ट सिटी भनिरहे पनि स्मार्ट सिटी भनेको के हो भन्ने बारेमा थाहा पनि नभएको बताइन्। ‘डिजिटल पूर्वाधार विकास गर्न टेक्नोलोजी एउटा माध्यम हो,’ उनले भनिन्, ‘रुपान्तणको लागि डिजिटल सोच हुनुपर्छ।’ उनले स्थानीय निकायसम्मको समन्वय र सचेतना आवश्यक रहेको बताइन्।

अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले अब मुलुकको विकास गर्न सूचना तथा सञ्चार प्रविधि क्षेत्रलाई छाड्नै नमिल्ने अवस्थामा पुगेको बताए। सरकारी सेवामा अझै पनि डिजिटल बनाउन आवश्यक रहेको बताए। सरकारले यसको काम क्रमश: गरिरहेको उनले बताए।

‘प्रविधिको प्रयोग गरेर जीवनस्तर सुधार्न कतिको सकेका छौं?,’ उनले भने, ‘प्रविधिलाई उत्पादनमुलक तरिकाले प्रयोगमा ध्यान दिनु आवश्यक छ।’ मुलुकको व्यापार घाटा कम गर्न प्रविधिको विकासले सघाउनसक्ने भन्दै सफ्टवेयरलगायतको उत्पादनको प्रवर्द्धन गर्न आवश्यक रहेको उनले बताए।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले यस वर्षको बजेट सकारात्मक र सबैले स्वागत गरेको बताए। सूचना प्रविधिमा हुलाकदेखि मिडियासम्मलाई राम्रो बजेट आएको उनको भनाइ छ। ‘टेलिकम, दूरसञ्चारको सबै समे्ट्दा सूचना तथा सञ्चार प्रविधिमा १५ देखि २० अर्बको बजेट छ,’ उनले भने।
 
डिजिटल नेपाल फ्रेमवर्क २०७६ लाई 'गेम चेन्जर प्रोजेक्ट'को रुपमा ल्याइएको र नागरिक एप यसअन्तर्गत कार्यक्रमहरु अघि बढाइएको उनले बताए।

बजेटमा आईसीटीको क्षेत्रमा के-के छन् कार्यक्रम?

सरकारले जेठ १५ गते आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेको थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सात अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। मन्त्रालयको बजेटअन्तर्गत आईटी, सञ्चार, मिडिया र सिनेमाको क्षेत्रसमेत समेटिएको छ। योसँगै विभिन्न मन्त्रालयको कार्यक्रमहरुमा पनि आईसीटीका कार्यक्रमहरु राखिएको छ। 

  • अवैध मोबाइल सेटको प्रयोग हटाउन सरकारले आगामी आर्थिक वर्षदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम सेवा सञ्चालन गर्ने।
  • सरकारले क्युआर कोडसहितको विद्युतीय भिसा जारी गर्ने।
  • दुई वर्षमा सबैलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने। 
  • आगामी आर्थिक वर्ष डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा ल्याइने। 
  • दूरसञ्चार सेवाको गुणस्तर सुधार गरिने। 
  • विद्युतीय भुत्तानीलाई सरल र सुरक्षित बनाइने। 
  • आगामी आर्थिक वर्षमा हुलाक सेवालाई आधुनिक प्रविधिमा जोड्दै सेवालाई व्यवस्थित हुलाक सेवा विस्तार गरिने। 
  • बैकल्पिक शिक्षाको व्यवस्थाका लागि एक अर्ब २० करोड बजेट विनियोजन। 
  • आगामी आर्थिक वर्षमा ६० प्रतिशत सरकारी विद्यालयमा ब्रोडव्याण्ड इन्टरनेट विस्तार गर्ने र तीन वर्षमा सम्पूर्ण विद्यालयमा ब्रोडव्यवाण्ड पुर्‍याइने। 
  • सार्वजनिक यातायातमा अनलाइन टिकेटको व्यवस्था गर्ने। मालवाहक ढुवानीमा जीपीएस प्रणाली राखिने।
  • स्टार्ट अपलाई पाँच वर्षसम्म कर छूट दिने।
  • शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिने।

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  २०:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो?
सम्बन्धित सामग्री
सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर–जी सेवा कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो। शुक्रबार, भदौ ५, २०८३
एक दशकपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले १० वर्षपछि आफ्नो वर्डमार्क लोगोमा परिवर्तन गरेको छ। मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले... शनिबार, साउन ३०, २०८३
चीनका कार्यस्थलमा ह्युमानोइड रोबोटको प्रवेश, उत्पादन क्षेत्रमा माग बढ्दो इन्धन भर्ने रोबोट ग्यास स्टेसनमा पठाउनुअघि अन्तिम चरणको परीक्षण गरिरहेको छ । फोशानको एउटा सेवा केन्द्रमा यस्तै एउटा रोबोटले यसअघि नै... सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय आइतबार, भदौ २८, २०८३
बाढीपहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्