कैलाली- कैलाली प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ। प्रहरीले आज विक्रान्त भनिने कृष्ण देउवा र राजकुमार चौधरीलाई पक्राउ गरेको हो।
हिजो धनगढीमा भएको गोलीकाण्ड र रकम लुटपाटको घटनामा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ गरिरहेको छ।
कैलालीका अलग-अलग स्थानबाट पक्राउ परेका देउवा र चौधरी एउटै आपराधिक कार्यमा संलग्न रहेको प्रहरीको दाबी छ। कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरे भने विभिन्न व्यक्तिहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताउँदै आवश्यक अनुसन्धानपछि मात्रै घटनाको सत्य-तथ्य सार्वजनिक गर्ने बताए।
प्रहरीले घटना भएलगत्तै ९ लाख रकम सहित पक्राउ परेका अत्तरियाका दुई जना युवालाई बोलाएको बेला उपस्थित हुनेगरी आइतबार राति नै रिहा गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।