काठमाडौं- प्रतिनिधि सभा विघटन मुद्दामा सरकारी पक्षले संवैधानिक इजलास 'अवरोध गर्ने' तयारी गरेका छन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेपछि सरकारी पक्षले इजलास अवरोध गर्ने तयारी गरेको हो।
संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दप्रसाद भट्टराई अटाएका छन्।
न्यायाधीश कार्की र भट्टराईका विषयमा सरकारी पक्षले प्रश्न उठाउने तयारी गरेको हो।
महान्यायाधिवक्ता रमेश बडालले बालुवाटारमा ओली निकट कानुन व्यवसायीसँग यस बारेमा छलफल पनि गरेका छन्। न्यायाधीश कार्की र भट्टराईको एक प्रकारको राय आइसकेकाले उनीहरू इजलासमा बस्न नमिल्ने तर्क उनीहरूले उठाउने तयारी गरेका हुन्।
प्रधानमन्त्रीका कानुनी सल्लाहकार बाबुराम दाहाल, महान्यायाधिवक्ता बडाल, नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेय इजलासमा पुगेर बसेका छन्। बहस सुरु हुनुअघि नै प्रश्न उठाउने उनीहरूको तयारी रहेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।