• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३, २०८३ Thu, Apr 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकार टिक्ने र बन्ने सम्भावना नदेखिएपछि गण्डकी प्रदेश चुनावतर्फ !

64x64
नेपाल लाइभ शनिबार, जेठ २२, २०७८  १०:३०
1140x725

काठमाडौं- मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बहुमत जुटाउन पनि नसक्ने र नयाँ सरकार पनि गठन हुन नसक्ने अवस्थाले गण्डकी प्रदेश सभा विघटन भएर निर्वाचनतर्फ धकेलिने सम्भावना बढेको छ। वैशाख २९ मा प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको रुपमा गुरुङ नै मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्रीमा कायम रहन उनले संविधानको धारा १६८ (४) बमोजिम तीस दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ।

गण्डकी प्रदेशमा ६० जना सदस्य रहेकोमा राष्ट्रिय जनमोर्चाले बिहीबार मात्रै आफ्ना सदस्य कृष्ण थापालाई पदमुक्त गरिदिएको थियो। अब प्रदेश सभामा ५९ जना सदस्य बाँकी छन्। मुख्यमन्त्री गुरुङलाई विश्वासको मतका लागि ३० सांसद् चाहिन्छ। उनको पार्टी एमालेको प्रदेश सभामा २७ सांसद् छन्। एक जना स्वतन्त्र सांसद् पनि उनकै पक्षमा छन्। बहुमतका लागि उनलाई थप २ जना सांसद् आवश्यक पर्छ। राजमोका एक जना खिमविक्रम शाही उनको पक्षमा उभिन सक्छन्। तर, त्यो पनि पर्याप्त भने हुँदैन।

गुरुङले विश्वासको मत पाउन नसकेमा वा प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तै विश्वासको मत लिने प्रक्रियालाई छाडेर अघि बढ्न खोजेमा संविधानको धारा १६८ (५) अनुसार सरकार गठनको प्रक्रिया अघि बढ्न सक्छ। त्यस अनुसार, प्रदेश सभामा विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गरेर जोसुकै प्रदेश सभा सदस्यले मुख्यमन्त्रीमा दाबी गर्न सक्छन्। त्यसका लागि ३० मत आवश्यक पर्छ।

मुख्यमन्त्री गुरुङले नै त्यो दाबी गर्न सक्ने सम्भावना कम छ। किनकि, उनले थप सांसद् जुटाउन सक्ने सम्भावना देखिँदैन।

यसअघि मुख्यमन्त्री बन्नका लागि प्रयास गरेका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले पुनः प्रयास गर्न सक्छन्। प्रदेश सभामा कांग्रेसका १५, माओवादी केन्द्रका ११ (सभामुखबाहेक), जनता समाजवादीका दुई र राष्ट्रिय जनमोर्चाका दुई (थापालाई कारबाही पछि) सांसद् छन्। सभामुखले खास व्यक्तिलाई मुख्यमन्त्री बन्नका लागि हस्ताक्षर गर्दैनन्। तर, सभामुख बाहेक विपक्षी गठबन्धनमा रहेका दलका सांसद्ले पोखरेललाई सघाए भने उनी मुख्यमन्त्री बन्न सक्छन्। उनको पक्षमा ३० सांसद् पुग्छन्। तर, राजमोका सांसद् शाहीले उनको पक्षमा हस्ताक्षर गर्छन् वा गर्दैनन् भन्ने स्पष्ट छैन। 

यसअघि गत वैशाख १५ गते नै मुख्यमन्त्री गुरुङ विरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुने तय भइसकेको थियो। त्यसदिन शाही प्रदेश सभा बैठकमा अनुपस्थित भएका थिए। पार्टीलाई सूचना नै नदिई बैठकमा नआएका उनी कोरोना संक्रमित भई अस्पताल भर्ना भएको सार्वजनिक भएको थियो। उनको कोरोना रिपोर्ट र अस्पताल बसाइ विवादास्पद भएको थियो।

त्यतिबेला मतदान हुन बाँकी रहेको सो प्रस्तावमाथि वैशाख २७ गतेका लागि निर्वाचन हुने तय भएको थियो। तर, मुख्यमन्त्री गुरुङले २६ गते नै राजीनामा दिएका थिए। त्यसपछि नयाँ सरकार गठनका लागि तीन दिनको समय दिइएको थियो। राजमोभित्रैको विवादका कारण पोखरेलको मुख्यमन्त्रीमा दाबी सफल भएको थिएन। राजमोका थापा र शाहीले पोखरेललाई मुख्यमन्त्रीमा सघाउन अस्वीकार गरेका थिए। थापा त हस्ताक्षर गर्ने समयावधि गुज्रिँदै गर्दा पोखराबाट गृह जिल्ला प्रस्थान गरेका थिए। शाहीले पनि पोखरेलको पक्षमा हस्ताक्षर नगरेको स्पष्ट पारेका थिए।

‘नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा मेरो हस्ताक्षर छ भनी बाहिर विभिन्न सञ्चारमाध्यममा प्रकाशित/प्रशारित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। सो गठबन्धनमा मेरो सहभागिता र संलग्नता नरहेको सम्बन्धित सबैलाई स्पष्ट गर्न चाहन्छु। साथै, म कुनै पनि गठबन्धनमा नभएको र तटस्थ रहेको जानकारी समेत गराउँछु’, वैशाख २९ मा शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

शाहीले पोखरेललाई नसघाएमा उनको पक्षमा २९ सांसद्को मात्रै हस्ताक्षर पुग्छ। जुन पर्याप्त हुँदैन।

अर्कोतिर, थापाले आफूलाई असंवैधानिक रुपमा कारबाही गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्। उनको पुनर्बहाली भयो भने प्रदेश सरकार गठनको लागि शक्ति संरचना बदलिन सक्छ। त्यतिबेला मुख्यमन्त्रीमा दाबी गर्नका लागि ३१ सांसद्को हस्ताक्षर चाहिन्छ। त्यस अवस्थामा मुख्यमन्त्री गुरुङले शाही र थापाको समेत मत लिएर बहुमत जुटाउन सक्छन्। उनले मत पाएनन् भने पोखरेललाई बहुमतसहित दाबी गर्न झनै कठिन हुनसक्छ।

थापाले पदमुक्त भएपछि गाउँ जाने, लेखपढ गर्ने, खेती किसानी गर्ने सार्वजनिक प्रतिक्रिया दिएका थिए। तर, भोलिपल्टै उनी रिट हाल्न तयार भए। थापाले रिट हाल्नुमा गुरुङलाई सघाउने अन्तिम उपायको रुपमा समेत हेरिएको छ।

संविधानको धारा १६८ (५) अनुसार सरकार गठन हुन नसकेमा अहिलेका मुख्यमन्त्री गुरुङकै सिफारिसमा संविधानको धारा १६८ (७) अनुसार प्रदेश सभा विघटन हुनसक्छ। त्यतिबेला ६ महिनाभित्र प्रदेश सभाको अर्को निर्वाचन मिति तोकिने छ।

प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  १०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान
काँग्रेसद्वारा आगामी निर्वाचन तयारीलाई केन्द्रमा राख्दै विभिन्न कार्यसमिति गठन
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेनद्वारा समानुपातिक सांसदहरूसँग छलफल सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब पाँच घण्टासम्म चलेको उक्त बैठकमा सांसदहरूले आफ्ना क्षेत्रगत तथा समू... बुधबार, वैशाख २, २०८३
गृहमन्त्री गुरुङ र जापानी राजदूतबिच शिष्टाचार भेटवार्ता भेटमा राजदूत तोरुले गृहमन्त्री गुरुङलाई नयाँ कार्यकालको बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । बुधबार, वैशाख २, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो । बुधबार, वैशाख २, २०८३
ताजा समाचारसबै
पेट्रोलियम पदार्थको मूल्यवृद्धि बिहीबार, वैशाख ३, २०८३
पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना बिहीबार, वैशाख ३, २०८३
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान बुधबार, वैशाख २, २०८३
काँग्रेसद्वारा आगामी निर्वाचन तयारीलाई केन्द्रमा राख्दै विभिन्न कार्यसमिति गठन बुधबार, वैशाख २, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चद्वारा अस्वीकार बुधबार, वैशाख २, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा मन्त्रिपरिषद् हेरफेर, नयाँ मन्त्रीहरूले लिए शपथ बुधबार, वैशाख २, २०८३
०६२ यताका उच्चपदस्थ कर्मचारी र राजनीतिक पदाधिकारीको सम्पत्ति जाँचबुझ गर्न आयोग गठन बुधबार, वैशाख २, २०८३
पूर्वमन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्