नेपालगन्ज– ५ नम्बर प्रदेश प्रहरी अनुसन्धान समूहले दुर्लभ वन्यजन्तु चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीको टोलीले बर्दियाको बाँसगढी नगरपालिका ९ का ६७ वर्षीय शेरबहादुर चन्दलाई पक्राउ गरेको हो। अवैध रुपमा वन्यजन्तुको छाला राखेको सूचनाका आधारमा चन्दको घरमा खानतलासी गर्दा चितुवाको छाला बरामद भएको हो।
बरामद भएको चितुवाको छालासहित चन्दलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय मोतीपुर मार्फत जिल्ला वन कार्यालय बर्दियामा पठाइएको अनुसन्धान समूहका प्रहरी निरीक्षक अर्जुन सिंहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।