काठमाडौं- संघीय 8वादी फोरम नेपाल र नेपाल कम्युनिस्ट पार्टीबीच दुईबुँदे सहमति भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबबीच करिब दुई घन्टा वार्ता भएपछि सहमति भएको हो। सहमति अनुसार फोरम नेपाल अब सरकारमा सामेल हुने भएको छ।
सहमति अनुसार संघीय समावादी फोरम, नेपालले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषय देश जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।