काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा वरिष्ठ न्यायाधीशहरूको संवैधानिक इजलास गठन गर्न सहमत भएका छन्।
मंगलबार सर्वाेच्च बारका प्रतिनिधिसँगको छलफलमा प्रधान्यायाधी राणा वरिष्ठ न्यायाधीशहरूको संवैधानिक इजलास गठन गर्न सहमत भएका हुन्।
संवैधानिक इजलासबारे विवाद देखिएपछि प्रधानन्यायाधीश राणा र सर्वाेच्च बारका प्रतिनिधिबीच छलफलपछि यस्तो सहमति जुटेको सर्वाेच्च बारका अध्यक्ष पूर्णमान शाक्यले बताए।
प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाका लागि गठन गरिएको संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीका विषयमा कानुन व्यवसायीहरूले प्रश्न उठाएका थिए। जसका कारण सुनुवाइले विषय प्रवेश समेत पाएको छैन।
सर्वाेच्च बारका अध्यक्ष शाक्यका अनुसार मंगलबारको सुनुवाइ स्थगित हुन सक्ने बताए। तर, अन्तिम सुनुवाइ भन्दा अघि नै वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन हुने उनले शाक्यले बताए।
‘संवैधानिक इजलास गठन सम्बन्धमा सहमति भएको छ। संवैधानिक इललासको नियममै आवश्यकता अनुसार परिवर्तन गरी वरिष्ठताको आधारमा इलजास गठन गर्ने र त्यसरी गठन गर्दा पनि वरिष्ठ सदस्यलाई पनि ‘कन्फ्लिट अब इन्ट्रेस्ट’ वा स्वास्थ्यको कारणबाट बस्न नसक्ने भयो भने उहाँले कारणसहित नबस्ने’, शाक्यले भने, ‘सूचना दिएपछि त्यसभन्दा तल वरिष्ठतामा जो छ, उसैसहितको इजलास गठन गर्ने कुरामा प्रधानन्यायाधीशज्यूले सहमति जनाउनुभएको छ। चाँडै नै संशोधनको प्रस्ताव ल्याएर ‘फुलकोर्ट’बाट छलफल गरी ‘अप्रुभ’ गरी न्याय परिषद्बाट संशोधन गरी एक हप्ताभित्र संवैधानिक विवाद अगाडि बढाइने छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।