काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक इजलासमा रहेका न्यायाधीशमाथि प्रश्न नउठाउन कानुन व्यवसायीहरुको ध्यानाकर्षण गराएका छन्।
संसद विघटनसम्बन्धी मुद्दाको संवैधानिक इजलासमा सुनुवाईका क्रममा अधिवक्ता मिथिलेस यादवले २ जना न्यायाधीशलाई इजलासबाट अलग गरिनुपर्छ भनेपछि प्रधानन्यायाधीश राणा आक्रोसित बनेका हुन्।
'तपाईंहरुलाई प्यानल दिउँ को–को बस्ने भनेर? यो बस्नुस् वा नवस्नुस् भनेर भन्न मिल्दैन। पक्षले भन्दैमा न्यायाधीश छान्ने होइन्,' प्रधानन्यायाधीश राणाले आक्रोशित हुँदै भने, 'कसलाई छान्ने कुरा पक्षले भनेर हुँदैन। किन बस्न हुदैन? सिद्वान्तमा वहस गर्नुस्।'
संसद विघटनसम्बन्धी मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको पहिलो दिन (शुक्रबार) नै संवैधानिक इजलासमाथि कानुन व्यवसायीहरुले प्रश्न उठाएका थिए।
रिट निवेदकका तर्फबाट बहसमा उत्रिएका कानुन व्यवसायीहरुले न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठ संवैधानिक इजलासबाट अलग हुनुपर्ने माग गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।